वैशाख १७,२०८१ / ०७ : ३५ अपरान्ह / 2024-04-29 07:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी प्रदेश बाट दुइ सिरियल निर्माणको घोषणा, बाहुनी कान्छीको छायांकन सुरु

      - एक हप्ता अगाडि
      फागुन ३,२०८०

      विराटनगर, कोशी प्रदेशको बिराटनगरबाट टेलि सिरियल बाहुनी कान्छी बन्ने भएको छ । गत सोमबार साँझ बिराटनगरमा एक कार्यकर्मको आयोजना गर्दै बाहुनी कान्छी 

      टिमले सो टेलि सिरियलको नाम अनाउन्स्मेण्ट गरेका छन् । उक्त कार्यक्रममा सोहि सिरियलका कलाकार ,दृश्य सम्पादक , तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत बाहुनी कान्छी सिरियलको नाम सार्वजनिक गरिएको हो ।

      केहि महिना देखि सिरियल सुटिंग फ्लोरमा रहेको छ । सिरियल सुटिंगको काम धमाधम भै रहेको र चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बार देखि प्रशारणमा आउने कुराको जानकारी दिने सिरियलका लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिए । 

      कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेत पनि उपस्थित थिए । उनले प्रतिकलाई जन्मदिनको शुभकामना दिदै सिरियलका सम्पूर्ण टिमलाइ बधाई दिए । बिस्व बस्नेतले उक्त कार्यक्रममा क्यान्सर रोगले अब मर्नु पर्दैन  शिर्षकको किताब जसको लेखन उनि आँफैले गरेका हुन् । सोहि किताबको सार्वजनिक हुन् लागेको कुरा पनि जानकारी दिएका थिए । आउने दिनमा यो टिम संग सहकार्य गर्ने चाहना रहेको उनले बताए । 

      /pagegallery/2024021570.jpg

      उक्त कार्यक्रममा बिमल भट्टराई को पनि उपस्थित रहेको थियो । दिपा पोखरेल , राधा आचार्य , कल्पना पाण्डे , अनिशा न्यौपाने, पंकज बर्मा , दिव्या रेग्मी ,भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ , विकल श्रेष्ठ , बाल कलाकार  साइना छहार, आश्रेया श्रेठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल बाहुनी कान्छी थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ । सिरियलको टेलिभिजन प्रसारणमा भने टिम अहिले सम्म अन्योलमा रहेको छ । 

      /pagegallery/2024021578.jpg

      सामाजिक पारिवारक कथामा बन्न लागेको बाहुनी कान्छी सिरियलमा देशमा भएका बेथिति विसंगति , बेरोजगारीका कारण युवा हरु बिदेशिनुको बाध्यता , गरिबीमा बाच्नु पर्दाको पिडा , धनि हरुले गरिबलाइ गर्ने थिचो मिचो, छुवाछुत जस्ता बिषयहरुको पेरिफेरीमा सिरियलको कथा रहेको लेखक ,निर्देशक विकल श्रेष्ठ बाताउछन । तराइको सिनारियोमा चलन चल्तीको जस्तो सिरियल बनाउन सुटिंगको लागि लोकेसन नै भेटिदैन भन्ने सोचाइलाइ चुनौती दिदै बाहुनी कान्छी टिमले पुर्वान्चल मै सम्भव रहेको बताए ।

      /pagegallery/2024021581.jpg

        सम्बन्धित समाचारहरु