डा. मिनेन्द्र रिजाल
नेता, नेपाली कांग्रेस
पछिल्लो ५ दिनदेखि नेपाली राजनीति तरङ्गित छ । सरकारले दुईवटा अध्यादेश ल्याएर हतारमा राष्ट्रपतिमार्फत जारी गराएपछि चौतर्फी विरोध भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त अध्यादेशविरुद्ध अन्य प्रतिपक्षी दलहरुलाई पनि एक बनाउन सफल भयो । केपी ओली नेतृत्वको सरकारको कांग्रेसले विरोध गर्दा संसदमा सांसद तथा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको प्रस्तुति निकै प्रभावकारी हुँदै आएको छ । स्पष्ट मात्रै होइन, हरेक विषयमा गहन अध्ययन गरेर तथ्यसहित बोल्ने रिजालसँग चिनारी पोस्टका लागि डेभिड पाण्डेले संक्षित अअन्तर्वार्ता लिएका छन् । उक्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल हुने गरेको छ । अध्यादेशको विषयमा त्यस्तो केही हुन सक्छ ?
होइन, अन्तरराष्ट्रिय चलखेल् किन हुने ? प्रधानमन्त्री केपी ओली र उहाँको मन्त्रिपरिषदले निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राष्ट्रपती विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको हो । त्यसैले यसमा अन्तर्राष्ट्रिय दबाब हुने कुरै होइन । यदी अन्तर्राष्ट्रिय दबाब हो भने जनतालाई भन्नुप¥यो । हिजो चुनाव लड्ने बेलामा अन्तर्राष्ट्रिय समुदायसँग लड्ने एकमात्र नेपाली आफु हो भनेर चुनाव जित्ने आज अन्तर्राष्ट्रिय दाबाबका कारण यस्तो भयो भनेर भन्न कसरी मिल्छ ?
सरकारले जसरी हतारमा अध्यादेश ल्याउने निर्णय गर्यो, त्यसैगरी राष्ट्रपतिले पनि हतारमै जारी गरेको देखियो । राष्ट्रपतिको कामलाई चाँही कसरी लिनुभएको छ ?
यसले राष्ट्रपतिको संस्थाको गरिमा कमजोर देखिएको छ । आम नागरिकहरुले जुन किसिमको राजनीतिक दायित्व निर्वाह गर्नु पर्ने थियो, त्यसो भएन । जसले गर्दा राष्ट्रपतिको गरिमा अनुरुप भएन भन्ने जुन नागरिकस्तरको धारणा छ, त्यो भन्दा फरक धारणा मेरो पनि छैन ।
अध्यादेश ५ दिनपछि नै खारेज भयो । जसरी हतारमा अध्यादेश जारी भयो, त्यसैगरी आज फिर्ता भयो । समग्रमा यो घटनाक्रमलाई कसरी व्याख्या गर्नुहुन्छ ?
अध्यादेश फिर्ता गरेर सरकारले अत्यन्तै राम्रो काम गर्यो । जसरी हतार गरेर अध्यादेश जारी गरियो, त्यसरी नै छिटो फिर्ता गर्ने कदम चालेर राम्रो भयो । यसरी अबदेखि संविधानको मर्मविपरित काम गरेर लोकतन्त्रलाई धरापमा पार्न भएन । प्रधानमन्त्रीले लोकतन्त्र र संविधानलाई दिगो बनाइरहन धेरै सोच विचार गरेर काम गर्नुपर्छ । यसो गर्न सके देश र जनताका लागि मात्रै होइन, स्वयम् प्रधानमन्त्री र उहाँकै पार्टीलाई पनि राम्रो हुन्छ ।
अब फरक प्रसंग, समग्रमा सरकारको कामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
सरकारसँग मेरो आम रुपमा निराशा छ । मेरो मात्र होइन सबैको यही नै हो धारणा । सरकारले जसरी ठूला सपना देखाउने ग¥यो, सुख बाहेक केही हुँदैन भनेर भन्यो त्योअनुसार काम गर्न सकेन । अहिले जनता निराश छन् । उतिबेला जसले ति सपनाको पछी लागेर भोट् दियो आज त्यही मान्छे पछुताउनु परेको छ । न अर्थतन्त्र अगाडि बढेको छ, न शान्ती सुरक्षा कायम भएको छ । सरकारबाट यो कारणले गर्दा सन्तुष्ट छु भन्ने ठाउँ नै छैन । प्रधानमन्त्री अहिले जनतालाई सुख दिने भन्दा पनि सत्ता को खेलमा लागेर जनतालाई चिढाउने गरेका छन । जनताले केही ढाडस खोजेको भए पनि प्रधानंन्त्रीले त्यसो गर्न सकेका छैनन् । जसले गर्दा कता कता लोकतन्त्र नै धरापमा परेको हो कि भन्ने भान हुन थालएको छ । त्यसैले म अहिलेको सरकारको काम कारबाहीप्रती सन्तुष्ट छैन ।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसको भूमिका पनि प्रभावकारी देखिएन भन्नेहरु पनि छन् नि ?
तपाईंले भनेको कुरामा म सहमत छैन । तर हामीले जती गर्नुपर्ने थियो त्यती गरेका छैनौँ । हामीले हिजो जती गरेका थियौ त्यो भन्दा धेरै गर्नुपर्ने छ । जनताले पत्याउने गरी केही गर्नुपर्ने छ । तर केही गरेको छैन भन्ने बिषयमा म सहमत् हँुदिन ।
कांग्रेसको महाधिवेशन पनि नजिकिदै छ । तयारी कस्तो छ नि ?
महाधिवेशनको काम अहिले पुरै रोकिएको छ । चैतको महिनाभर नयाँ क्रियाशिल सदस्य लिनुपर्ने थियो । तर त्यो पनि भएन । अब कोरोनाको कारणले गर्दा सबै काम रोकिएको हुनाले महाधिवेशन प्रभावित भएको छ । अब यतिबेला कोरोनाको बिषयमा मिलेर सहकार्य गर्नुपर्ने भएकाले महाधिवेशनको कामलाई एकछिन थाती राख्न बाध्य भएका छौँ । स्थिती सामान्य बन्ने बित्तिकै हामी अधिवेसनको लागि प्रकृया सुरु गर्छौँ ।
अहिले सरकारले कोरोनाको जोखिम न्युनिकरण गर्नको लागि भनेर जती पनि कदम चालेको छ, त्यो कोरोनाविरुद्वको युद्द जित्न पर्याप्त होला त ?
जसरी राहत बाड्नुपथ्र्यो, स्वास्थ्य क्षेत्रमा जुन तयारी गर्नुपर्ने थियो । त्यो अनुसार भएन । सौभाग्यवश अहिलेसम्म कोरोनाको महामारी त्यस्तो डरलाग्दो छैन । तर सरकारले लकडाउन गर्दा सुरुसुरुमा आम नागरिकलाई बुझाउनै सकेन । पछी सानेपाका नेताहरु (नेपाली कांग्रेसका नेताहरु)ले केही सुझाव दिएपछी केही सुधार भएको थियो । तर अझै पनि गर्नुपर्ने धेरै छ । ढिर्ल भए पनि राहत वितरण तथा स्वास्थ्य सेवा तत्काल प्रभावकारी बनाउनु प¥यो । यस्तो आपतको बेलामा कमिसन र भ्रस्टाचार गर्ने खेल खेल्नु भएन । केन्द्र सरकारले स्थानीय सरकारको भरपुर प्रयोग गरेर जनतालाई सुरक्षित छु भन्ने आभास दिलाउनुप¥यो । देशको अर्थतन्त्र सुधार्न केही कदम चालोस् । सरकारले एक्लै गर्न खोजेको कारणले गर्दा पनि सोचे जस्तो काम हुन सकेको छैन ।
अन्त्यमा लकडाउनमा बसेका सम्पूर्ण नेपालीहरुलाई नागरीक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मी लगायत अतिआवश्यक क्षेत्रमा खटिएकालाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा त लकडाउनमा बस्नुहुनेलाई लकडाउन नै हामी सुरक्षित हुने एउटामात्र बाटो हो भन्न चाहन्छु । संक्रमण फैलिएमा हाम्रो कमजोर स्वास्थ्य ब्यवस्था भएको ठाउँमा गाह्रो हुन्छ । त्यसैले सबैले लकडाउनको पालना गरौँ । सबैले जोखिम मोलेर काम गर्नुभएको छ । काम गर्दा सुरक्षित भएर काम गर्नुहोस् । केही समस्या भए हामीलाई खबर गर्नुहोस् हामी सहयोग गर्न तयार छौँ ।