चैत ६,२०८१ / ०१ : ३४ पूर्वान्ह / 2025-03-20 01:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      गायक र संगीतकारको भेटबिना नै गीत तयार हुन्छन्,अनि कसरी राम्रो हुन्छ:गायक मदन गोपाल [हेर्नैपर्ने भिडियो]

      - ४ वर्ष अगाडि
      वैशाख १०,२०७७

      मदन गोपाल नेपाली गीत संगीतको क्षेत्रमा एउटा सुपरिचित नाम हो । मोरङ्गको सिजुवामा जन्मेर आफ्नो कर्मथलो काठमाण्डौ बनाएका मदनले हालसम्म पचासको हाराहारीमा गीतहरु बजारमा ल्याइसकेका छन् । उनका आधुनिक, लोक पप लगाएतका गीतहरु हामी सुन्न पाउछौ । त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्तानकोत्तर गरेका गोपाल रेडियो नेपालबाट पनि शास्त्रीय स्वर परीक्षा उत्तीर्ण गरेका गायक हुन् । नेपालका विभिन्न विद्यालय तथा माइती नेपाल र म्युजिक नेपालको नेपाल म्युजिक संगीत विद्यालयमा पनि प्रशिक्षकका रुपमा कार्यरत छन् । चलचित्रका गितमा पनि संगीत दिँदै आएका गोपालका करीब आधा दर्जन गिती एल्बमहरु म्युजिक नेपालमार्फत यसअघि नै सार्वजनिक भइसकेका छन् । त्यस्तै उनका बाल गीत, शास्त्रीय गीतहरु ५ दर्जन भन्दा धेरै छन । अहिले भने लकडाउनको समयलाई सदुपयोग गर्दै उनले युट्यूवबाटै संगीत  कक्षा संचालन गरेका छन् । नेपाली श्रोता दर्शक माझ लोकप्रिय रहेका गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालसगँ लकडाउन पछी सन्चालन गरेको अनलाईन संगीत कक्षाको बिषयमा चिनारी पोष्टका लागि डेभिड पाण्डेले गरेको कुराकानी ।

      /pagegallery/2020042247.jpg

      नेपाली गीत तथा संगीतको इतिहास र यसको विकासक्रमका विषयमा के भन्नुहुन्छ ? 

      नेपालको गीत रेकर्डिङ्गको इतिहास लगभग ११० वर्षको छ । पहिलो रेकर्डिङ्ग गीत शायद सेतुरामले गाउनुभएको थियो होला । शुरुवाती चरण निकै गाह्रो थियो । गीत रेकर्ड गर्न कलकत्ता जानु पथ्र्यो । जब २००७ सालमा आएर रेडियो नेपालको स्थापना भयो । त्यसपछि भने चालिसको दशकसम्म स्वर्णिम यूगको रुपमा रह्यो । त्यसबेला बनेका गीतहरु उत्कृष्ट थिए । गीतकार संगीतकार गायक सबै सँगै भएर काम गर्ने चलन थियो । सबैको आत्मा र विवेक मिल्ने हुनाले गीत राम्रो हुन्थ्यो । गीत पनि पुरै रेकर्ड गर्नुपर्दथ्यो त्यसैले सबैको राम्रो संयोजन हुने हुनाले गीतहरु राम्रा र उत्कृष्ट थिए । अहिले हेर्ने हो भने गायक र संगीतकारको भेट नहुन सक्ने, गीतकारले पनि मेलबाट फेसबुकबाट गीत पठाउने आदि इत्यादि कारणले सबैको संयोजन नहुने हुनाले राम्रो गीतहरु कम पाइन्छ ।

       तपाई प्रशिक्षक पनि हुनुहुन्छ । तपाइलाई गाउन र सिकाउन कुन कुरामा आनन्द आउछ ? 

      मैले सानैदेखि गित सुनेको नै गायक बन्ने रहरले हो । जब मैले संगीत सिक्नु भनेको निकै गहिरो कुरा हो भन्ने थाहा भयो तथा संगीत प्रतिको बुझाइ बदल्नका लागि पनि मैले खास संगीतको प्रशिक्षण गर्न थालेको हो । 

      अब पछिल्लो समयको कुरा गरौँ, लकडाउनपछिको समयलाई कसरी सदुपयोग गर्नु भएको छ ? 

      कोरोनाभाइरसको महामारीका कारण मुलुक लकडाउन भएसँगै अरु जस्तै म पनि घर मै बन्द अवस्थामा छु । यो समयलाई सहज र सरल तरिकाले बिताउन अनी सकारात्मक चिन्तनको लागि भनेर युट्युबमार्फत संगीत कक्षा सन्चालनमा ल्याएको छु । घरमा नै बसी बसी संगीतको ज्ञान लिन चाहनेको लागि संगीत अनलाइन कक्षा संचालन गरेको हुँ ।

      /pagegallery/2020042245.jpg

      युटुबमार्फत चलाउनुभएको कक्षा कस्ता कस्ता समुह अथवा नागरिकको लागि लक्षित छ ?  

      विदेशमा हुनुभएका नेपालीहरु, कतिपय गाउँमा भएर संगीत सिक्न नपाएका, रहर भएकाहरु तर अवसर नपाएकाहरुलाई लक्षित गरेर यो अभियान सन्चालन गरेको हुँ । विशेष गरेर स्कूल, कलेजका विद्यार्थी अझ संगीत कै शिक्षा लिइरहेका विद्यार्थीहरुका लागि बढी उपयोगी हुन सक्नेछ ।

      अनलाइनमार्फत पनि संगीत सिकाउन सकिन्छ भन्ने सोच चाँही कहाँबाट आयो नि ?

      नेपालमा अनलाइनमार्फत नै संगीतको शिक्षा लिने कुनै सुविधा नभएको अवस्थामा लामो समयदेखि नै अनलाइन माध्यमबाट संगीत सिकाउने रहर थियो । तर अरुबेला तयारीको लागि पर्याप्त समय नपाउँदा गर्न सकिएको थिएन । तर अहिले त्यो चाहना लकडाउनले पुरा गरिदिएको छ । 

      संगीतमा पनि विभिन्न बिधा हुन्छन् । तपाईंको संगीत कक्षा मार्फत कस्ता कस्ता संगीतको ज्ञान लिन सकिनेछ ? 

      मेरो युट्युब च्यानल मार्फत जो कोहिले पनि शास्त्रीय संगीत, आधुनिकलगायतको अभ्यासका साथै सैद्धान्तिक ज्ञान पनि पाउन सकिनेछ । मैले सैद्दान्तिक र प्राक्टिकल रुपमा आफुले गाउदै सिकाइरहेको छु । जसले गर्दा सिकाइ प्रकृयामा अत्यन्तै सहज हुनेछ । 

      तपाईबाट सिक्नेहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ?

      मैले जुन प्रकारबाट सिकाइरहेको छु, अत्यन्तै सहज भएकाले धेरैले राम्रो प्रतिकृया दिनुभएको छ । जसले गर्दा मलाई पनि सिकाउनको लागि थप हौसला मिलिरहेको छ ।

      अन्त्यमा संगीत प्रेमी संगीत सिक्न चाहानेलाई के भन्नुहुन्छ ?

      मेरो आफ्नो मदन गोपाल युटुब च्यानालमा मेरा संगीतका कक्षाहरु छ्न त्यहाँ गएर मसंग सङ्गै अभ्यास अनि सैद्धान्तिक कुरा बुझ्न सिक्न सक्नु हुन्छ भने प्रत्यक्षरुपमा नेपाल संगीत बिधालयमा, पिङ्गलास्थान, काठमाडौं फोन 014465463 र देश वा देशबाहिर चाँहीं अनलाईन बाट सिक्न सक्नुहुनेछ त्यसको लागि मदन गोपालको फेशबुकको म्यासेन्जरमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ  म रेस्पोन्स गर्ने छु हाल मैले अमेरिका र अष्ट्रेलियामा चाँहिं कक्षा शुरु गरिसकेको छु । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d