भाद्र २३,२०८१ / ०९ : २१ पूर्वान्ह / 2024-09-08 09:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      लक डाउन आफैलाई बुझ्ने समय हो : कलाकार सरिता गिरी

      - ४ वर्ष अगाडि
      वैशाख ९,२०७७

      विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले नेपाल लकडाउन छ । नागरिक घरभित्र छन् । सरकारले नेपालमा यसले महामारीको रूप नलियोस् भनेर देश लकडाउन गरेको हो । लकडाउनसँगै देशका नागरिक घरभित्र छन् । दैनिक कामकाज छोडेर घरभित्र बसेका अभिनेता तथा अभिनेत्रीहरु के गरिरहेका छन् । कसले कसरी समय कटाइरहेको छ ? नाट्यकर्मीहरुको दैनिकी कस्तो होला ? यि प्रश्नहरु धेरैको मनमा उब्जिन सक्छ । यही विषयमा केन्द्रित रहेर कलाकार तथा नाटक विधाको अभिनयमा आफूलाई स्थापित गराउन सफल सरिता गिरीसँग लक डाउन अनुभवबारे कुरा गरेका छौँ । चिनारी पोस्टका लागि गिरीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

      नेपालीहरुले लक डाउनको पहिलो अनुभव लिएका छन् । तपाईलाई चाँही कस्तो लागिरहेको छ ?

      मलाई चाँही नौलो अनुभब खासै केही लागेको छैन् । किन कि म २४ घन्टा एउटै कोठामा बसिराख भने पनि बस्न सक्छु । तर कोठामा लेख–पढ् गर्ने व्यवस्था हुनुपर्छ । त्यसैगरी फिल्म हेर्नको लागि इन्टरनेट र चिया वा कफीको व्यवस्था हुनुपर्छ ।अहिले लक डाउनका बेला पनि आफूले चाहेको काम जे मन लाग्यो त्यही गर्न पाएको छु रमालो नै अनुभव भैराछ ।

      लक डाउनले तपाईको जीवन शैली कस्तो बनाएको छ ? अर्थात अरुबेला र लक डाउनका बेलाको फरक के छ ?

      लक डाउनले मलाई खासै असर गरेको छैन । जीवन शैलीमा पनि केही फरक पारेको छैन् । तर नियमित गर्ने काममा चाँही अनुशासित बनाएको अनुभव गरेको छु । घरमा परिवारसँग समय बिताउने प्रशस्त समय मिलेको छ । आफूले गर्न चाहेको काम र भोलिका दिनमा कसरी अगाडी जाने भन्ने कुरा सोच्नको लागि प्रशस्त समय मिलेको छ । आफैलाई बुझ्ने समय पनि हो यो ।

      /pagegallery/2020042170.jpg

      सेल्फ क्वारेन्टाइनमा बसिरहनुभएको छ । कोरोना संक्रमणको जोखिम महसुश भएको छ कि छैन ?

      घरबाट बाहिर नगएकोले कोरोनाको खासै जोखिम महशुस गरेकी छैन् । पूर्ण रुपमा सावधानी अपनाईरहेको छु । अध्यात्म र विपश्यनामा बसेको महसुस भएको छ ।

      सामाजिक सञ्जाल कतिको प्रयोग गर्नुहुन्छ ? आफ्ना विचारहरु राख्ने बानी छ कि छैन ?

      सामाजीक संजालमा खासै सक्रिय त छैन् । तर आफूले दिनु पर्ने अन्तरवार्ता, सजकता अपनाउनु पर्ने कुराहरु र आफ्ना बिचारहरु बेलाबेलामा लेखिराखेको हुन्छु । कहिलेकाँही कविताहरु पनि लेखिराखेको छु ।

      कलाकारहरुले यो समयमा फेसबुक लाइभमा आएर दर्शकहरुलाई मनोरन्जन दिइरहेका छन् । तपाईले त्यस्तो केही गर्नुभएका छ ? वा तपाईको विधा नाटकलाई कुनै माध्यमबाट प्रस्तुत गर्ने योजना छ ?

      अहिले रंगकर्मी साथीभाइहरूले घरमै बसेर विभिन्न काम गर्दै आउनु भएको छ । विभिन्न विधाका स्रस्टाहरुलई प्रत्यक्ष प्रशारणमा ल्याएर अन्तरक्रिया गरिरहनुभएको छ । मैले पनि घरमै बसेर सहभागिता हुने मैका पाएकी थिए । यो एउटा राम्रो कामको थालनी हो । थिएटर मलको आयोजनामा भर्चयल लिटरेचर फेस्टिबल किताब जात्रा २०२० सम्पन्न भयो । शैली थियटरले विश्व बाल कविताको प्रतियोगिता गर्दैछ । अब हामी पनि चाँडै एउटा फोरम थिएटर लिएर आउँदै छौ । यो प्रत्यक्ष्य प्रसारण गर्नेछौँ । समय र मिती चाडै घोषणा हुदैछ ।

      /pagegallery/2020042122.jpg

      कलाकारहरु यतिबेला घरभित्रका कामहरु गरिरहेको देखिन्छ । तपाईले विगतमा नगरेका घरायसी काम यतिबेला गर्नुभएको छ ?

      हाहाहाहा... खासै त्यस्तो विषेश केही गरिन । किताबहरु पढँे, फिल्म र राम्रा सिरिज हेरेँ । अलि धेरै लेख्ने काम गरे । पकाउने काममा मलाई घरमा सबैले तारिफ नै गर्नुहुन्छ । र बाँकि रहेको समय आफूलाई मन लागेको काम गरेर बिताएको छु ।

      अन्त्यमा के भन्न चाहानुहुन्छ सबै देश बिदेशमा बसेका नेपालीका लागि ?

      अहिले संसारभर माहामारी कोभिड १९ कोरोना भाईरसले गर्दा विश्वभरीमै त्रास फैलिएको छ । यो माहामारीले गर्दा धेरैले ज्यान गुमाई सकेका छन् । हामीहरु जाहँ जाहँ छौँ त्यही सुरक्षीत भएर बसौ । घरबाट बाहिर नजानुनै यो संक्रमणको औषधी उपचार हो । र अहिले यो संक्रमणले विशेष गरि उमेर पुगिसका आमा बुबाहरुलाई यो संक्रमण लाग्ने भएकोले उहाँहरुको बिशेष ध्यान दिन जरुरी छ । आफूलाई मन लागेका काम गरौँ, ध्यान–योग गरौँ, घरमै बसौँ भन्न चाहन्छु ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d