नेपालमा खुला अर्थतन्त्र लागु भएसँगै निजी क्षेत्र फस्टाउँदै गयो । औपचारिक रुपमा नै मुलुकको अर्थतन्त्रको कुरा गर्दा सरकारी, सहकारी र निजी क्षेत्र गरी तीन क्षेत्रमा बर्गिकरण गरियो । योसँगै निजी क्षेत्रको लगानी बढ्ने क्रम सुरु भयो । विभिन्न क्षेत्रमा अहिले निजी क्षेत्रको लगानी बढ्दै गएको छ । तिनैमध्येको एक हो स्वास्थ्य क्षेत्र । निजी क्षेत्रको लगानीमा खुलेका अस्पतालहरुको संख्या बढ्दै गएको छ । संख्या बढ्दै जाँदा गुणस्तरमा कमी आएको बहस पनि भइरहेको छ । एकाध अस्पताल पूर्ण रुपमा व्यापारमुखी बन्दा समग्र निजी अस्पताल नै बदनाम हुने गरेको छ । यतिबेला त झन कोरोना भाइरसको महामारीले नेपालका स्वास्थ्य संस्था अग्नि परीक्षामा छन् भन्दा फरक नपर्ला । समग्र स्वास्थ्य क्षेत्र र कोरोनाको महामारीकाबीच हामीले काठमाण्डौको एक निजी अस्पताल चिरायु नेशनल हस्पिटल प्रालिलाई नजिकबाट नियाल्ने प्रयास गरेका छौँ । अस्पतालले के कस्ता सेवा दिइरहेको छ भन्ने चासो जुनसुकै बेला हुन सक्छ, तर यतिबेला देश लक डाउन भएको अवस्था र कोरोनाको सम्भावित जोखिम कम गर्नका लागि निजी अस्पतालहरुले खेलेका भूमिका कस्तो छ भन्ने विषयमा चिनारीपोस्टका लागि यो अस्पतालका चिकित्सक सहायक प्राध्यापक डा. अमित शर्मा भट्टराई र उप प्रबन्धक रवी खड्कासँग कुराकानी गरेका छौँ । उहाँहरुसँगको कुराकानी कोरोना संक्रमणसँग केन्द्रित त छँदै छ, चिरायु नेशनल हस्पिटलले यो समयमा के कसरी सेवा दिइरहेका छ भन्ने कुरा पनि जोडिएको छ ।
कोरोना निको भएको व्यक्तिले पनि सावधानी अपनाउनुपर्छ
स.प्रा. डा. अमित भट्टराई
एनेस्थेसिया एण्ड क्रिटिकल केयर, आइसियु चिफ, चिरायु नेशनल हस्पिटल प्रालि
संक्रमित भेटिएपछि उक्तव्यक्तिले भेटेका अन्यव्यक्ति बढि जोखिममा हुने रैछन् । उनीहरुलाई पत्ता लगाउन गरिने कन्टयाक्ट ट्रेसिङ कतिको प्रभावकारी विधि हो ?
कन्ट्याक्ट ट्रेसिंग कुनै पनि महामारीको रोकथाम रोकथामका लागि अत्यन्त उपयोगी र महत्वपूर्ण उपाय हो। यस अन्तर्गत बिरामी पत्ता लागेपछि ती बिरामीका सम्पर्कमा को को आए भन्ने निर्क्यौल गरिन्छ। त्यसपछि सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई क्वारेन्टाइनमा अथवा अरुसँग सम्पर्कमा नआउन भन्ने बिशेष ध्यान राखेर निगरानी गरिन्छ। कुनै पनि महामारी नियन्त्रण गर्न यो एकदम महत्वपूर्ण जना(स्वास्थ्यको एउटा कदम हो। बिगतमा सार्स, मर्स र इबोलाका माहामारिमा पनि यस विधिले धेरै सहयोग गरेका धेरै उदाहरण छन् ।
कन्टयाक्ट ट्रेसिङका लागि नागरिकले के गर्दा सरकारलाई सहज हुन सक्छ ?
कन्ट्याक्ट ट्रेसिंगका लागि नागरिकले आफु कुनै कोरोन प्रभावित क्षेत्रबाट आएको हो अथवा, कोरोन प्राभावित क्षेत्रबाट आएका मान्छे संग सम्पर्क भएको हो भने त्यस्ता कुरा नलुकाई सम्बन्धित निकायमा तुरुन्त खबर गर्ने अनि आफ्नो सम्पूर्ण विवरण उपलब्ध गराएर लगातार सम्पर्कमा बस्ने गर्नुपर्छ। साथै आफुलाई कुनै लक्षण देखिएमा पनि तुरुन्त त्यसको रिपोर्टिंग गर्ने गरेमा यो बढी फलदायी हुन्छ।
कोरोना संक्रमण भएर पनि निको भएकाहरु धेरै छन् विश्वमा । नेपालमा पनि अहिलेसम्म तीन जना निको भए । अब उनीहरुको स्वास्थ्य अवस्था पहिलको जस्तै होला वा जोखिम कायमै रहन्छ ?
कोरोना एउटा नौलो रोग भएकोले अहिले नै यसको दिर्घकालिन असरहरुको बारेमा भन्न सकिदैन तर अहिलेसम्म देखिएका रिपोर्टहरुका अनुसार एकपटक निको भए पछि पुनस् नर्मल जीवनयापन गर्न सकिन्छ। अनि एकपटक संक्रमण भैसकेपछि फेरी हुन्छ वा हुँदैन अथवा यसले कत्तिको रोग प्रतिरोधात्मक शक्ति ९एन्टीबडी० बनाउँछ र कालान्तरमा सो रोग संग लड्न मद्दत गर्छ भन्ने कुरा चाहिं शोधको विषय नै हो। यद्यपि एक पटक निको भैसकेका बिरामीको प्लाज्मा अरु रोगीहरुलाई प्रयोग गर्न मिल्छ कि भनेर पनि रिसर्च भैराखेका छन्। अहिलेको अवस्थामा चाहिं रोग निको भैसके पनि फेरी रोग विरुद्ध लिनुपर्ने सावधानी चाहिं छुटाउनु हुँदैन।
विभिन्न सरुवा रोग बेलाबेलामा देखा पर्छ । अझ २–४ वर्षको अन्तरमा नयाँ नयाँ भाइरसले विभिन्न देशलाई सताएको पाइन्छ । यसको रोकथामका लागि केही पूर्व तयारी गर्न सकिदैन ?
कोभिड १९ मात्रै हैन अहिले पनि संसारमा सयौं रोगहरु अझै पनि महामारीको रूपमा फैलिरहेका छन्। यी रोगहरुले प्रायस् थोरै आम्दानि हुने तथा गरिबीको रेखा मुनि रहेका देशहरुलाई बढी असर गरिरहेको हुन्छ। जसमा एशियाका धेरै मुलुकहरु, अफ्रिका र दक्षिण अमेरिकाका धेरै मुलुक छन्। यी रोगहरु प्रायस् संक्रमण गराउने खालका हुन्छन। सबै रोगको कीटाणुले एकै तरिकाले काम गर्दैनन् र सर्ने एकै किसिम पनि हुँदैन। जस्तै मलेरिया लामखुट्टेको टोकाईबाट सर्छ भने हैजा पानीमा किटाणुको संक्रमणले, त्यस्तै कोविड़ १९ चाहिं मुख्यतस् स्वाश(प्रश्वासबाट। त्यसैले यी रोगहरुसंग लड्ने तरिकाहरु पनि फरक फरक हुन सक्छन। कुनै पनि महामारीबाट देशलाई बचाउन त्यो देशको स्वास्थ्य मन्त्रालय तथा विभागले अनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कस्तो नीति लिएको छ भन्ने कुरा अति महत्वपूर्ण हुन्छ। यसका साथै कुनै पनि विपद वा माहामारी आयो भने त्यसलाई कसरि नियन्त्रणमा लिने भनेर हरेक देशका स्वास्थ्य सम्बन्धि निकायले समय समयमा तालिम र गोष्ठी लगायत नीति(निर्माण गरिरहेका हुन्छन।
उपचार प्रकियामा संगलग्न हुदाँ बिरामी तथा चिकित्सकहरुले के कस्तो सुरक्षा सतर्कता अपनाउनुहुन्छ ?
संदिग्ध कोभिड बिरामी वा कोभिड भैसकेका बिरामीको सम्पर्कमा आउने हरेक व्यक्तिले अति सावधानी अपनाउनु पर्ने हुन्छ। यसका लागि कस कसले कस्तो व्यक्तिगत सुरक्ष्य सामग्री ९पी। पी। ई ० प्रयोग गर्ने भन्ने नेपाल सरकार तथा नेपाल मेडिकल काउन्सिलको निश्चित मापदण्ड छ। सोहि अनुरुप सामग्रीको प्रयोग गरेमा आफु पनि सुरक्षित हुन सकिन्छ र अरुलाई पनि सुरक्षित राख्न सकिन्छ। आफुलाई रोग लागेको शंका लागेमा चाहिं पहिले फोनबाट सम्पर्क राखेर परामर्श लिने गर्नुपर्छ, न कि सिधै अस्पताल जाने। त्यस्तै खोक्दा अनि हाछ्युं गर्दा मुख छोप्ने अनि हातको सरसफाईमा ध्यान दिने गर्नुपर्छ। यदि आफुमा लक्षण देखिएको छ भने अरुलाई नसरोस भनेर पनि सावधानी लिनुपर्ने हुन्छ।
कोरोना संक्रमितको उपचार गरिरहदाँ वा गर्नुपर्दा तपाई चिकित्सकहरु त्था स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी को मनोविज्ञान कस्तो हुन्छ ?
महामारीलाई उपचार गर्ने डाक्टर नर्स तथा अस्पतालका सम्पूर्ण कर्मचारीहरु निकै दबाबमा हुन्छन जुन स्वाभाविक हो । यस्तो बेला आफ्नो तथा आफ्ना सहकर्मीको मानसिक स्वास्थ्यको ख्याल राख्नु हरेक स्वास्थ्यकर्मीको दायित्व हुन्छ। साथै मानसिक स्वास्थ राम्रो राख्न नियमित रूपमा व्यायाम गर्ने तथा सकारात्मक सोचाइ राख्ने गर्नु अति नै उत्तम हुन्छ। हरेक स्वास्थ्यकर्मीले बिरामीको सेवा तथा सुरक्षा गर्ने शपथ लिएको हुन्छ र महामारीमा त झन् युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आफ्नो नैतिकतालाई ध्यानमा राखेर कर्मठ भएर काम गर्नुपर्छ। न कि आफ्नो दायित्वबाट पन्छिने। अहिले संसारभर का चिकित्साकर्मी हरु एकजुट भएर बिरामीको सेवामा तत्पर भैराखेका छन्। कति प्या डाक्टर तथा नर्स हरुले ते आफ्नो प्राणको आहुति दिएर पनि सेवा गरिरहेका छन। आफ्नो व्यक्तिगत तथा निजि कुराहरु थाति राखेर दिन रात बिरामीको सेवामा तत्पर छन्। समग्र रुपमा भन्नुपर्दा तनाव घटाउने, मानसिक रूपमा आफुलाई तयार राख्ने तथा एक अर्काको मनोबल उच्च बनाउने कुराहरुले नै स्वास्थ्यकर्मी तथा बिरामी दुवैलाई फाइदा हुन्छ।
अस्पतालले कुनै पनि विरामीलाई उपचार नगरी फिर्ता पठाएको छैन
रवी खड्का
उप प्रबन्धक, चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि
कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि चिरायु नेशनल हस्पिटलले आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई तयारी अवस्थामा राखेको छ । केके तयारी गर्नुभएको छ ?
चिरायु हस्पिटलले कोरोनाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा त्रिभुवन शिक्षण अस्पतालको बैठकले गरेको निर्णयअनुसार हामीले काम गरिरहेका छौँ । अस्पतालमा सम्भावित कोरोनाको विरामी आएको खण्डमा नियमित काममा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा उपचार गछौँ । आधारभूत परीक्षणपछि आवश्यकताअनुसार स्वास्थ्य मन्त्रालय र त्रिवि शिक्षण अस्पतालको निर्देशन बमोजिम नियम पालना गरेर आइसोलेसनमा पठाउने गरिएको छ ।
अहिलेसम्म कोरोना परीक्षण कति गर्नुभयो ? वा चिरायु अस्पतालमार्फत कति जनाको नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालामा पठाउनुभयो ?
वैशाख ५ गतेसम्म ४ जना विरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरु सबैको नतिजा कोरोना नेगेटिभ आएको छ ।
लक डाउन अवधिमा चिरायुले के कसरी स्वास्थ्य सेवाको प्रबन्ध मिलाएको छ ? विरामी र डाक्टरबीच भेटघाट गर्न नसक्ने अवस्थाको विकल्प के गर्नुभएको छ ?
चिकित्सकहरुसँग भेटघाट नै गरेर उपचार गराउन नमिलेको खण्डमा मोबाइल नम्बर दिएर सल्लाह, सुझाब तथा परामर्श दिने काम भइरहेको छ । आकस्मिक सेवा प्रदान गर्नुपर्ने अवस्था रहेछ भने आवश्यकताअनुसार चिकित्सहरुलाई अस्पताल मै उपस्थित गराइएको छ । साथै अब टेलि मेडिसिनको व्यवस्था गर्ने बारेमा पनि छलफल गरिरहेका छौँ ।
यो अवधिमा अस्पतालले केही बैठक तथा छलफल गर्यो ?
अस्पतालले विश्व महामारीको बेलामा केही परिआएको खण्डमा के गर्न भनेर लक डाउन घोषणा गरेकै दिन विशेष छलफल अर्थात कन्फ्रेन्स कल गरेको थियो । त्यसैगरी दोस्रो दिन अध्यक्ष साङ्गे गुरुङको नेतृत्वमा कार्यकारी निर्देशक हेम गुरुङ, बोर्ड अफ डाइरेक्टर सुरज नारायण जोशी, अस्पतालका निर्देशक संजिव राजभण्डारी, अपरेशन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्य, मेडिकल डाइरेक्टर प्रो.डाक्टर उत्तम कुमार शर्मा, डेपुटी मेडिकल डाइरेक्टर डा. अजय प्रधान, वरिष्ठ चिकित्सक ज्यू, मेट्रोन गिता श्रेष्ठ, सिनियर स्वास्थ्यकर्मी, र प्रशासनका कर्मचारीसहित मेरो पनि सहभागितामा सल्लाह गरेका थियौँ ।
चिरायुले कोरोनाको जोखिम कम गर्न प्रयोग गर्ने विभिन्न वस्तुहरु पनि वितरण गरिरहेको रहेछ । अहिलेसम्म केके सामग्री कति वितरण गर्नुभयो ?
कोरोनाको जोखिमका कारण स्वास्थ्यकर्मी निकै जोखिममा छन् । घर परिवारबाट पनि कार्य क्षेत्रमा नजान जोड दिएको अवस्था छ । तर यस्तो बेलामा स्वास्थ्यकर्मी जिम्मेवारीबाट पछि हट्नु हुँदैन । तर सुरक्षित भएर काम गर्नुपर्ने हुन्छ । यसैलाई मध्येनजर गर्दै यस अस्पतालमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीलाई फ्रन्टलाइन पीपीइ दिन नसके पनि नेपालमै बनेको सेकेण्ड लाइण्ड पीपीइ सेट उपलब्ध गराएका छौँ । त्यसैगरी विभिन्न कार्यालयमा कार्यरत संचारकर्मी तथा फिल्डमा खटिनुपर्ने सुरक्षाकर्मीलाई स्यानिटाइजर, मास्क, पन्जा, साबुन जस्ता सामग्री वितरण गरेका छौँ । त्यस्ता सामग्रीको प्रयोग कसरी गर्ने भन्ने विषयमा चिकित्सक र म आफैँ पनि तालिम प्राप्त भएकाले सिकाउने गरेका छौँ । जस मध्ये पन्जा प्रयोग जर्ने भन्ने बारेमा बिशेष जानकारी दिएका छौ ।
कोरोना संक्रमणको त्रास भएका बेला नेपालका निजी अस्पतालले अन्य सेवा पनि नदिएको गुनासो आइरहेको छ । चिरायुले चाँही के गरिरहेको छ ?
अरु अस्पतालले के गरिरहेका छन् भन्ने विषयमा हामी टिप्पणी गर्न चाहँदैनौँ । तर यो अस्पतालले कुनै पनि विरामीलाई उपचार नगरी फिर्ता पठाएका छैनौँ । अहिलेसम्म लक डाउन अवधिमा आकस्मिक सेवामा ३ सय ४१ जना र कोरोना क्लिनिकमा ४५ जनाले सेवा लिइसक्नुभएको छ । त्यसैगरी आकस्मिक शल्यक्रिया पनि गरिएको छ ।
अन्त्यमा यो अस्पतालको जानकारी केही दिन चाहनुहुन्छ ? जुन सबैका लागि उपयोग होस् ।
नव वर्ष २०७७ सालको पावन अवसरमा सम्पूर्ण देशवासीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । साथै विश्वव्यापी कोरोना महामारीको अवस्थामा सुरक्षित रहन सुझाब दिन चाहन्छौँ । त्यसैगरी आफू र आफ्नो परिवार अनि समाजलाई कोरोनाबाट सुरक्षित राख्न सबैले भूमिका खेलौँ भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
रवी खड्का
उप प्रबन्धक, ९८०११३८२२२
सह प्राध्यापक डा. अमित शर्मा भट्टराई
परामर्शदाता, एनेस्थेसिया र आलोचनात्मक हेरचाह विशेषज्ञ, ९८५१२१५४०७
गहन देशभाल इकाई प्रमुख
चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि
बसुन्धरा, काठमाण्डौ, त्रिवी शिक्षण अस्पताल