मंसिर २०,२०७९ / ११ : ५६ पूर्वान्ह / 2022-12-06 11:56 am

        ‘कहिले आउँछ पालो’पछि अब अर्को नयाँ गीतको तयारीमा छु : शशी नेपाल (भिडियो सहित)

        - २ वर्ष अगाडि
        पौष २४,२०७६

        नेपाली गीत संगितको क्षेत्रको दायरा निकै फराकिलो बन्दै गएको छ । नयाँ नयाँ प्रतिभाहरुको आगमन बढिरहेको छ । जसले गर्दा गीत संगितको बजार प्रतिस्पर्धात्मक हुनुका साथै विकृति पनि बढिरहेको छ । चर्चामा आउनकै लागि जस्तो गीत पनि तयार गर्ने प्रवृत्ति बढ्न थालेको जानकारहरु बताउँछन् । यस्तो अवस्थामा पक्कै पनि यो क्षेत्रमा स्थापित हुन ठूलै संघर्ष गर्नुपर्ने छ । यही भिडमा आफ्नो गायन कलालाई दर्शक श्रोतामाझ पस्किएर गीत संगितको क्षेत्रमा  प्रवेश गरेकी सुमधुर स्वरकी धनी हुन्–शशी नेपाल । केही महिनाअघि राष्ट्रियता झल्कने गीतमा मोडलिङ गरेकी नेपालले पछिल्लो समय देशको समसामयिक विषयलाई उजागर गरेर कहिले आउँछ पालो बोलको गीत बजारमा ल्याइन् । आफ्नो पहिलो प्रयासलाई दर्शक श्रोताले मन पराइदिएपछि उनी उत्साहित छिन् । अब छिटै एकल स्वर, शब्द र संगितमा गीत तयार पार्ने योजनामा रहेकी नेपालसँग चिनारीपोस्टका लागि ॐ प्रकाश निरौलाले गर्नुभएको कुराकानीको छोटो अंश ।  यहाँ प्रस्तुत गरिएको छ ।

        शशी नेपाल, गायिका, संचारकर्मी

        तपाई टेलिभिजनमा समाचार पढ्नुहुन्छ । गित गाउनुहुन्छ । मोडलिङ पनि गरिसक्नुभयो । कुन विधा यहाँलाई बढि मन पर्छ ?

        मेरो सानैदेखिको रुची गायनमा थियो । अहिले पनि गित गाउँदा बढि आनन्द लाग्छ । 

        तपाई यति सुन्दर हुनुहुन्छ । तपाईले समाचार पढ्दा दर्शकहरुले हेर्छन कि सुन्छन् ?

        रमाइलो प्रश्न गर्नुभयो । टेलिभिजनमा समाचार पढ्दा दर्शकले मलाई हेर्नुहुन्छ । तर मेरो बिचारमा समाचार के कस्ता छन् भन्नेमा बढि ध्यान हुन्छ । 

        /pagegallery/2020010912.jpg

        केही दिनअघि मात्रै यहाँले कहिले आउँछ पालो भन्ने देशको समसामयिक बेथितीलाई समेटेर गीत ल्याउनुभयो । त्यो गीतको बारेमा थप जानकारी दिनुस् न ।

        हामीले ल्याएको गितमा मेरो मात्र नभै अन्य धेरै साथीहरुको पनि मिहिनेत छ । गित राम्रो छ । देश र जनताले भोगिरहेका समस्या र सरकारले गर्न नसकेका कामलाई गितमार्फत उजागर गरेको छु । दर्शक श्रोताहरुले मन पराइदिनुभएको छ । जति पनि दर्शकले हेर्नुभयो, सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यसका लागि दर्शक श्रोताप्रति आभारी छु । 

        तपाईको गितमा देश र जनताको बारेमा धेरै चिन्ता व्यक्त गरिएको छ । वास्तवमा चाँही तपाईलाई देशको चिन्ता छ कि छैन ?

        देशको चिन्ता नहुने नागरिक को होला र ? वास्तवमै मलाई देशको चिन्ता भएकाले नै यो गित तयार पारेको हुँ । 

        गित गाउनुअघि पनि एउटा राष्ट्रिय भावनाले भरिएको गितमा मोडलिङ गर्नुभएको थियो । अहिले आफ्नै गितमा पनि मोडलिङ गर्नुभयो । अनुभव सुनाउनुस न ।

        तपाईले नै लेख्नुभएको गितमा मैले मोडलिङ गरे । त्यसबेला पनि धेरै रमाइलो भयो । अहिले आँफैले गाएको गितमा पनि मैले मोडलिङ गरे । यसबाट पनि धेरै खुशी छु । 

        तपाईलाई मोडलिङमा लाग्नको लागि कसरी इच्छा जाग्यो ?

        सानैदेखि नेपाली चलचित्र हेरिन्थ्यो । त्यसबेलाकी सफल नायिका निरुता सिंह मन पथ्र्यो । उहाँले अभिनय गरेको देखेर मोडलिङमा लाग्ने रहर जागेको हो । 

        तपाईको पहिलो रोजाई त गायन नै हो । यसका लागि औपचारिक शिक्षा पनि लिनुभएको छ ?

        /pagegallery/2020010972.jpg

        लिएको छु । विद्यालय तहको अध्ययन सकेपछि काठमाण्डौँ आएँ । के पढ्नेहोला भन्नेमा एक किसिमको अन्योल थियो । पछि आफूलाई मन पर्ने विधा संगित नै पढ्ने निर्णय गरेँ । ललितकला क्याम्पसबाट संगितको अध्ययन गरेको हुँ । 

        अहिलेको संगित बजार खुला पनि छ, चुनौति पनि छ । यहाँलाई कस्तो लाग्छ ?

        एउटा गित तयार पार्नका लागि धेरै मिहिनेत गर्नुपर्छ । अहिले गित सुन्ने मात्र नभै हेर्ने समय छ । जसले गर्दा राम्रो गितको राम्रो म्युजिक भिडियो बनाउनु अनिवार्य जस्तै भएको छ । त्यसैले खर्चिलो पनि छ । सबै चुनौतिलाई अवसरमा परिणत गरेर अझै यही क्षेत्रमा केही गर्ने प्रयास गरिरहेको छु । 

        आगामी योजना केही छ ?

        अब एकल गायनमा गित तयार पार्ने योजना बनाएको छु । सम्भवत अब मेरो आफ्नै शब्द, संगित र स्वरमा आधुनिक गित बजारमा ल्याउनेछु । यद्यपी साथीहरुसँगको सहकार्य पनि गर्ने नै छु । 

        गित संगितसँगै टेलिभिजन कर्म पनि गरिरहनुभएको छ । घर परिवारबाट तपाईलाई कतिको सहयोग छ ?

        धेरै सहयोग छ । आमा, बुबा, दिदी बहिनी, सासु ससुरा सबैबाट सहयोग छ । त्योभन्दा पनि महत्वपूर्ण मेरो श्रीमानले धेरै हौसला दिइरहनुभएको छ । मेरो गित संगितप्रतिको रुचीलाई उहाँले सम्मान गर्नुभएको छ ।

          सम्बन्धित समाचारहरु