कार्तिक २८,२०७६ / १० : ४३ पूर्वान्ह / 2019-11-14 10:43 am

        किन नेपाल फर्किए कोरीयाबाट ३ लाखको कमाई छोडेर ठगेन्द्र ?[ भिडीयो सहित]

        - २ हप्ता अगाडि
        असोज ९,२०७६

        पछील्लो समय देशका युवा जनशक्ती बिदेश पलायन हुने क्रम केही हदसम्म घट्दो भएपनी देशको अर्थतन्त्र रेमिट्यान्समा नै भर परेको छ । मुलुकमा केही गर्ने खालको बातावरण नभएको भन्दै दैनिक सयौ युवा विदेश पलायन हुने गर्छन् । तर कतिपय युवाहरु भने नेपालमै केही गर्न सकिन्छ भनेर यही पसिना बगाएका समाचारहरु हामीले सुनिरहेका छौ । कतिपय युवाहरु विदेशका काम गर्दा सिकेको सिपलाई नेपालमै उपयोग गर्न लागि परेका छन । त्यसको एउटा ज्वलन्त उदारहण हुन् रतुवामाइका ठगेन्द्र प्रशाद न्यौपाने । उनी केही बर्ष अगाडि रोजगारिको शिलशिलामा दक्षिण कोरिया गएका थिए । त्यहा काम गर्दा सिकेको सिप र दक्षतालाई नेपाल मै प्रयोग गर्नुपर्छ भनेर उनी निरन्तर लागिरहेका छन । वैदेशिक रोजगारिमा गएका र नेपालमा फर्किएका युवालाई उनले एकिक्रित गर्दै मुलुकमै केही गर्नको लागि रतुवामाइ वैदेशिक रोजगार समन्वय समिती पनि बनाएका छन । यो समितीले विदेश बाट केही सिप सिकेर नेपाल आएका युवाहरुलाइ ब्यवसायिक बनाउन प्रेरणा दिने समितिका सम्योजक समेत रहेका ठगेन्द्रको भनाइ छ । आखिर रतुवामाइ वैदेशिक रोजगार समन्वय समितीले के के गर्छ त , अनी नेपालमा युवाहरुलाई ब्यवसायिक बनाउन के के पहल गर्न सकिन्छ भन्ने बिषयमा उनै ठगेन्द्र प्रशाद न्यौपाने सँग चिनारीपोस्टका लागि ॐ प्रकाश निरौलाले गर्नुभएको कुराकानीको छोटो अंश ।   

        रतुवामाइ वैदेशिक रोजगार समन्वय समिती कस्तो प्रकारको समिती हो ? के गर्नेछ यो समितीले ? 

        यो समिती बिशेष गरेर युवालाई स्वरोजगार र रतुवामाइ वैदेशिक रोजगार समन्वय समिती उद्ययमी बनाउने र आफ्नै देशमा बाँच्न सिक्ने बनाउने , स्वाबलम्बी बनाउने उदेश्यले स्थापना गरिएको हो । 

        अहिले युवाहरु विदेशिन चाहिरहेको अवस्थामा तपाईं काम गर्दा गर्दै बिचमै छोडेर केही गर्नको लागि नेपाल आउनुभएको छ । यो अल्ली अन्र्तविरोधी भएन र ?

        देख्दा अन्र्तविरोध जस्तो देखिन्छ । बिकासइत मुलुकमा जान चाहने युवाहरु पनि थुप्रै छन । मैले छोडेर आउँदा , सतही रुपमा हेर्ने भने उरन्ठेउलो जस्तो देखिन्छ तर मैले यो बिषयलाई गहिराइमा हेरेको छु । र त्यो अनुसार मैले नेत्रित्व गर्दैछु र म सफल हुन्छु भन्ने विश्वास छ । 

        तपाईं समितिको सम्योजक हुनुहुन्छ । अब यो समितिले कस्तो कस्तो काम गर्नेछ ?

        हामीले त्यो नगरभित्र रहेका साधन स्रोतहरुलाई अधिकतम प्रयोग गर्दै त्यसमा हामीले कमाएको पैसालाई केही मात्रामा लगानी गर्दै त्यहा भएको स्रोत साधनलाई प्रयोग गर्दै जानेछौ । अहिले हाम्रो अभियान सुरुवातबाट केही माथि पुगेको छ । जसरी अभियान १ , २ , ३ गर्दै अगाडि बढ्दै जान्छ त्यो अनुसार व्यबहार र काम पनि बढ्दै जान्छ । 

        नेपालमा अहिले उत्पादन गरेका बस्तुहरुलाई बजारमा बेच्नु सबैभन्दा ठुलो चुनौती बनेको छ । तपाईंहरुले कस्तो क्षेत्रमा तपाईंका उत्पादनहरु बेच्दै हुनुहुन्छ ? 

        म यो बिषयमा सचेत छु । म के फलाउदै छु ? त्यो फलिसक्दा कहाँ बेच्नुपर्छ भन्ने कुराको एउटा गाइडेड प्लान लिएर त्यो अनुसार परिक्षालन गर्ने गरी उत्पादन गरिसक्दा उत्पादनलाई वितरण गर्नेगरी अगाडि बढ्दै छौ । 

        के के उत्पादन गर्नुहुन्छ ? 

        पहिलो चरणमा हामी कृषिबाट जान्छौ । जसले गर्दा हाम्रो नगदलाई कृषिमा आत्मनिर्भर गराउन सकियोस । त्यसपछाडी हामी कृषि सँगै सेवा पनि हुन्छ । सेवा भनेको ब्युटी पार्लर , टेलर्स लगायतमा सँगै जान्छौ । हाम्रो एक नम्बर स्टेप भनेको कृषिमा हुनेछ ।

          सम्बन्धित समाचारहरु