वैशाख ८,२०८१ / ०४ : ४८ पूर्वान्ह / 2024-04-20 04:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      उद्यमी बन्नकै लागि नेपाल फर्किएको हुँ अब घर फर्कने युवाहरुको लर्को हुने छ: गिर्जा प्रसाद

      - ४ वर्ष अगाडि
      श्रावण १,२०७६

      अधिकार सम्पन्न स्थानिय सरकार, करिव २ तिहाईको समाजवादी भनिएको प्रादेशिक र संघिय सरकारले युवालाई स्वरोजÞगार वनाउन नसकिरहेको बेला रतुवामाई नगरपालिकाका प्रवासी युवाहरु आँफै उद्यमी वन्न कम्मर कसिरहेका छन । केही समय पहिले स्थापित रतुवामाई वैदेशिक रोजगार समन्वय समिती मातहत उपसमिती, वडा समिती निर्माण तिव्र गतिमा वडिरहेको छ । सामुहिक खेती हुदै उद्यमी र स्वरोजÞगार बन्ने यो अभियान समिती निर्माणमा मात्र नरोकिने प्रष्टै देखिन थालेको छ । आकर्षक वैदेशिक रोजगारीलाई त्याग्दै कार्तिक १० मा तोकिएको विधान सम्मेलनमा आफ्नो योजना सहित घर फर्कने प्रवासी युवाहरुको लर्को जस्तै देखिने निश्चित छ । वाहिर सामाजिक सन्जाल (फेसवुक) मार्फत घरफर्क महाअभियान झट्ट हेर्दा कल्पना जस्तो देखिए पनी समितीको आन्तरिक तयारी निकै अघि रहेको सहसंयोजक गिर्जा प्रसाद सिंह (गन्गाई) ले जानकारि दिनुभयो । प्रस्तुत छ चिनारी पोष्टका लागि सविना कार्कीले उहाँसंग गर्नु भएको अन्तरवार्ताको सम्पादित अंश 

      तपाईहरुको उदेश्य उद्यमी र स्वरोजÞगार बन्ने छ झट्ट हेर्दा सबै गतिवीधी राजनितीक जस्तो देखिन्छन नी ?

      आजको दिनमा राजनितीलाई पद पाउनु, विल्ला लगाउनु र सलामी लिनु चुनाव जित्न लाखौ खर्च गर्नु चुनावमा अनावश्यक आश्वासन देखाउनु मात्र वुझियो । त्यती धेरै राजनिती म वुझ्दिन तर राजनिती त्यसकारण गरिन्छ श्रमिक र तल्लो वर्गको हितको निमीत्त गरिन्छ । अधिकारवाट वञ्चितहरुलाई अधिकारको निमीत्त र राज्यका निकाय, स्रोत र साधनहरुको समुचित प्रयोगको निमीत्त गरिन्छ । जस्को निमीत्त हरेक नागरिक स्वावलम्वी र आत्मानिर्भर हुन जरुरी छ त्यो कोणवाट अवश्य यो राजनितीकनै देखिन्छ ।

      उद्यमको निमीत्त यति हल्ला गर्नै पर्दैन यो कसैको राजनितीक प्रेरित समिती हो फेरी युवालाई आश्वसन देखाउदै भ¥र्यांग चड्ने बाटो यसलाई के भन्नु हुन्छ ?

      बाहिरबाट झट्ट हेर्दा अनि दशकौ युवालाई सपना देखाएर भोटकै सम्झने राजनितीकर्मीहरुले चलाएको हल्ला वाहेक केही हैन यस्तोको कुनै तुक छैन । म स्वयम १८ वर्सको उमेरवाट आमवाडी वजारमा सानो व्यवसाय सन्चालन गरेर वसेको मान्छे संयोजकको अहिलेपनि काठमान्डौमा कपड़ा पसल पनि रहेछ, सहसंयोजक सदानन्द ज्युको पनि काठमान्डौमा पसल अहिलेपनि छ, सहसंयोजक निरज ज्यु डाम्राभिट्टामा फोटो स्टुडियो चलाएर वस्नु भएको छ । यो समितीमा रहनेहरु विदेश जानुअघि केही न केही पेशा गरेकै रहेछन । यो कुनै कागजमा पेशा गरेर चोकमा फोगटिया गफ चुट्दै वेरोजगार भए भन्नेहरुको जमात हैन । कसैले वाईकमा तेल हाल्देला, २ चोक्टा मासु, १ प्याक रस पिलाएकै भरमा जीिन्दाबाद र मुर्दावाद गर्ने हामी कसैको स्वभाव छैन । जे प्रचार गरिएको छ पुरानो राजनितीक चिन्तनवाट उठ्न नसक्ने र तिनैका भरौटेहरुले चलाएको हल्ला हो । हाम्रो सपना धेरै लामो छ, गन्तव्य सहि निसानीमा छ ।

      आज सम्म कुनै काम भएको छैन देखाउनैको लागी भएपनि काम गरौ प्रचार आफै हु्न्छ भन्ने पनि यदाकदा आउन थालेको छ । कुनै खेती सामुहिक गरेर त्यो देखाएर विश्वास जित्न सकिदैन ?

      तपाई सहि प्रश्नमा आईपुग्नुभयो । हो तपाईको कुरा एकदमै जायज छ एउटा टिम वा केही व्यक्ती उद्यमी वनौ भन्न तर यो पुरा नगरव्यापी एउटै उर्जाको साथ सवैको अपनत्व हुनेगरि गरिएको अभियान हो । न कसैलाई देखाउनु छ, न कसैलाई जित्नु तसर्थ सवैलाइ कम्तिमा यो अभियानको वारेमा जानकारी एकचोटी गराएर, प्रशिक्षित गराएर गरिन्छ । देखाउन त देशव्यापी असार १५ मा कार्यक्रम भएनी हैनर ? यो गर्न गरिएको र परिणाम निकाल्न गरिएको हो जति धेरै प्रचार उती धेरै सहभागिता ।

      प्रचार व्यापक हुने काम नहुने होकी भन्ने भयले कतिपय युवा संगठित हुन नमानी रहेको अवस्थामा भोलिको दिनमा काम हुन नसके तपाईहरुमा असर पर्दैन ?

      यो प्रश्न गलत छ युवाले स्वतस्फु्र्त सन्चालन गरेको अभियान असफल भएको विरलै ईतिहास छ । विज्ञानमा पनी अपवाद र दिकपात हुन्छ । कथम कथाचित सवै तपाईले भनेजस्तै भयो उधमी वन्न सकिएन प्रयास विफल भयो अव भन्नुस रातारात वालुवाटार नाम सारी हुने, भुकम्प पिडीतको त्रिपाल वोकेर हिड्ने राजनितीज्ञ वसेको देशमा एउटा प्रवासिएको पिडालाई शुत्र मान्दै निष्ठाको साथ उधमी वन्न प्रयास गर्दा सकिएन । हामीले कसैलाई अनाहकमा नेपाल फर्काउने हैन पहिले हामी जानेछौ, कोहीसंग समाजसेवा भन्दै १ रुपैया लिने छैनौ । हामीलाई त्यो वेला प्रश्न उठाउने कस्ले ? युवाको लागि, युवाले नै कल्पना गरेको भिजन सहितको अभियान हो यो रोक्न र रोकिन कलियुगना ठुलै प्रलय आउनुपर्छ ।

      तपाईको क्षेत्र अलि विकट र अशिक्षित रहेछ अरुभन्दा कठिन त हुदैन नी ?

      यो अरु र म भनिने अभियाननै हैन । यो कसैलाई जित्ने कोही हार्ने पनि हैन मैले जति सक्छु निष्ठाको साथ समितीलाई समय दिन्छु । मेरो छुट्टै प्यानल छुट्टै माग यस्तो केही हुदैन हामी सवै समान छौ । स्वभाविक मेरो क्षेत्र आदिवासी (सिंह,गन्गाई,ताजपुरिया) लगायत अति पिछडिएको वर्ग र अशिक्षित वर्ग छ । जस्लाई यो अभियान वुझाउन मात्र सके भोलि हेर्न ुहोला यो समितीको केन्द्र त्यही एरिया हुनेछ । धेरै मान्छे अरुतिरका राजनितीक भन्ने आफै राजनिती वाहेक १ मिनेट नशोच्ने मैले पाएको अनुभव हामी कामप्रती जÞिम्मेवार टिम चाडै निर्माण गर्छौ ।

      यो घर फÞर्कÞ महाअभियानले प्रवासिएका युवा फर्किएर आए तिनलाइ रोजगारी दिन सक्नु भएन भनेनी ?

      यो अभियान हो । यसैको आधारमा कसैलाई घर फर्कनुस हामीले भनेकै छैन । जुनदिन वातावरण वन्दै जान्छ आउ भन्नै पर्दैन आँफै आउनुहुन्छ । समिती के रहेछ के हुने रहेछ भनेर प्रचार होस मान्छेले वुझ्न खोजुन भनेर सन्चालित हो । पहिले हामी जान्छौ जस्तो मेरो एरियामा ईन्टरनेटको पहुच नहुँदा समिती वनेन म भिसा छोडेर जाँदैछु । दाइत्ववोध भएरै होलानी हैन र ? संयोजक, सहसंयोज प्राय सवै तोकिएको कार्तिक १० भित्र पुगिसक्छौ । केही प्राविधाक तलमाथी होला लगभग ९०५ समिती मातहत साथीहरु चाडै फर्कन तयार हुनुहुन्छ ।

      यो प्रचार,संगठन,लोकप्रियताकै आधारमा काम भए देशकै नमुना वन्ने प्राय निश्चित छ त्यो अवस्थामा सम्माल्न सक्नुहु्न्छ ?

      फेरी तपाइले गलत मोड्नुभो यो नमुना, देखाउने, उदाहरण यस्ता कुरै हाम्रो मानसपटलमा छैन । हामी उधमी, स्वरोजÞगार वन्न चाहन्छौ सेलिब्रिटी हैन विसयलाइ यसरी मात्र वुझि दिनुस । समयले जसरी पकाउदै लैजान्छ त्यही अनुसार आकार लिदै जाने हो । २१ औ शताव्दीलाई मुखले हैन अनुभव र व्यवहारले भोगेको आजको प्रवासिएको युवापुस्तालाई यो समाज सम्माल्न कुनै आइतवार हुने छैन । हेर्दै जानुस, साथदिनुस, सहकार्य गरौ । विश्वास लाग्दैन नविर्सनुस कुनैदिन फेरी अवस्य ठोक्कीने छौ ।

      सविना कार्की



        सम्बन्धित समाचारहरु