कार्तिक २८,२०७६ / १० : ४३ पूर्वान्ह / 2019-11-14 10:43 am

        क्लिन फिड लागु भए नेपाललाई फाईदै फाईदा , अरबौको विदेशी विज्ञापन नेपाली मिडियामा (भिडियो सहित)

        - २ हप्ता अगाडि
        असार ११,२०७६

        नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम एडभरटाइजिङ्ग एण्ड मार्के्टिङ्ग प्रा.लि. का प्रबन्ध निर्देशक निर्मल राज पौडेल आनको स्थापना कालदेखि नै नेपाली विज्ञापन व्यवसायमा मात्र नभई नेपाली मिडिया जगतको दीर्घकालिन समुन्नतिको लागि क्रियाशिल छन् । पौडेल नेपालकै एक मात्र बिज्ञापन क्षेत्रको हस्ती हुन । उनले अहिलेसम्म पाचँ सय भन्दा बढी बिज्ञापन निर्माण गरिसकेका छन । विज्ञापन क्षेत्रमा उनले गरेको योगदानलाई कदर गर्दै नेपाल सरकारले एड गुरुको पदवी पनि उनलाई प्रदान गरेको छ । विज्ञापन निर्माण गर्ने देखि, विभीन्न इभेन्टहरुको मेनेजमेन्ट तथा क्लीन फीडको अभियानको सुरुवातकर्ता हुँदै निर्मललाई विज्ञापन क्षेत्रको एकमात्र विज्ञको रुपमा लिन सकिन्छ । नेपालको विज्ञापन क्षेत्र तथा सरकारले ल्याउन थालेको क्लिन फिडको बिषयमा उनै पौडेल सँग चिनारी मिडियाका लागि डेभिड पाण्डेयले लिएको भिडियो अन्तरवार्ताको सम्पादित अंश –

        सरकारले संसदमा दर्ता गरेको विज्ञापन विधेयक अन्तर्गतको क्लिन फिड पछील्लो समय अत्यन्तै विवादमा तानिएको छ , खास के थियो त्यस्तो विवादमा तानिनुपर्ने ?

        यो विवादमा आउनुपर्ने अवस्था नै थिएन । आज भन्दा १२ १३ बर्ष अगाडि यो क्लिन फिडको अवधारणा आएको थियो । हामीले त्यो बिषयमा विभिन्न अध्ययन अनुसन्धान गर्यौ । त्यतिबेला तत्कालिन सरकारसँग यो बिषयमा छलफल पनि गर्यौ ।  सबै सकरात्मक नै हुनुन्थियो । तर क्लिन फिड सकरात्मक भएपनी विविध कारणले सरकार परिवर्तन भईरहेको कारणले गर्दा कमिटीहरु विघटन हुने कारणले गर्दा लम्बिदै आएर आज यो अवस्था सम्म आईपुगेको हो । सरकारले ल्याएको अन्य विधेयकहरु विवादमा परीरहँदा यो विधेयकले जनस्तर देखी नै साथ पाइरहेको छ । सबैले सहयोग गरिरहेको अवस्थामा , सरकारले राम्रो निर्णय गरेको अवस्थामा यसको विरोध गर्नुको औचित्य नै छैन ।   

        केवल टिभी प्रदायक सस्थाहरुले विरोध जनाइरहदा हिजो मात्र २४ घण्टा विदेशी च्यानललाई बन्द गरे । जसले गर्दा विदेशी गीत संगीत सुन्न रुचाउने , फिल्म हेर्न रुचाउने तथा खेलप्रेमिको लागि त अन्याय जस्ताइ भयो नि ?

        अवस्य पनि , उहाँहरुले जनतासँग पैसा उठाउने अनी आफ्नो स्वार्थको लागि टिभी च्यानल बन्द गर्नु एकदमै अन्याय पूर्ण हो । त्यसमा उहाहरुले क्षतिपुर्ती दिनुपर्छ । 

        केही न केही त होला नि जसले गर्दा विरोधका आवाजहरु उठे ?

        समय सापेक्ष परिवर्तन हुन आवश्यक छ । अहिले मुलुकमा धेरै नै परिवर्तन भएको छ , देश यो अवस्था सम्म आईपुगेको छ । अब हामीले सिस्टम नबद्ल्ने ? त्यो बेला पनि एक पक्षले त विरोध गरी नै रहेका थिए नि । हामी समय सँग नचल्ने ? पुरानै सोचमा चल्ने ? केही सम्भावना छ कि ? यसले सबै इण्डस्ट्रीलाई नै राम्रो गर्छ कि भनेर नसोच्ने ? सरकारले ल्याउन लागेको निती हचुवाको भरमा ल्याउन लागेको निती होइन होला । जुन क्लिन फिडको लागि १२ बर्ष अगाडि देखी जुन सल्लह दीईयो पक्कै पनि नजानीकिन , नबुझिकिन , अरुलाई असर पर्ने गरी ल्याएको होइन यो । तर कुनै पक्षलाई यसले असर गर्छ भने एउटा टेबलमा बसेर कसरी निराकरण गर्ने भनेर , कसरी क्षतिपुर्ती गर्ने भनेर त्यो बस्ने अलग्गै कुरा हो ।        

        टिभी सेवा प्रदायक कम्पनिहरुले त हामी वार्ताको लागि तयार छौ भनेर भन्दा पनि संचार मन्त्रालयले खासै वास्ता गरेन भनेर भनेका छन नि ?

        हिजो एउटा पक्षले स्क्रिनमै बिरोध स्वरुप भन्ने अनी अर्काे पक्षले हामीले क्लिन फिडको लागि ट्रायल गरेको भन्ने गर्नु भएको छ । जे पायो त्यही गफ गरेर त भएन नि । यत्राो सिस्टम परिवर्तनको कुरा छ । राष्ट्रिय नितिको कुरा छ । एउटै बोली हुन पर्याे नि । हामीले विगत १२ बर्ष देखी क्लिन फिड लागु हुनु पर्छ ढिला भएनी चाडो भएनी । मिडियाको स्तरोन्नतिको लागि , हामी सबैको प्रगतिको लागि हामीले एउटै मुद्दा उठाउदै आएका छौ । यो अफ्ठ्यारो छ भने यसलाई सबै बसेर मिलेर अगाडि बढ्नु पर्याे । एउटा कुरा तपाईं भन्नु न , हामी निर्वाध रुपमा विदेशी विज्ञापन किन हेर्ने ? हामी त भनिरहेकै छौ नि , जनताको अधिकार कुन्ठित हुनु भएन । सम्पूर्ण खेलाडिहरुले स्पोर्टस च्यानलहरु देखी लिएर अन्यले विविध इन्टर्टेन्मेन्ट च्यानलहरु जुनसुकै आओस तर विज्ञापन हेर्न वाध्य नबनाईयोस ।   

        केवल टिभी प्रदायकहरुले आन्दोलन झन शसक्त बनाउदै गए भने सरकार पछि हट्न सक्ला भन्न पनि सकिन्छ नी ? जसरी गुठी विधेयक फिर्ता भयो ?

        यो त्यस्तो हट्न पर्ने अवस्था र जनताको मासलाई असर गर्ने जस्तो अवस्था नआउला  किनभने यसमा सिङ्गो मिडिया इण्डस्ट्रीलाई माथि लान्छ सिङ्गो कलाकार, प्राविधिक क्षेत्र देखि लिएर सम्पूर्ण सेक्टरका मान्छेहरुलाई स्तर उन्नती गराउँछ । 

          सम्बन्धित समाचारहरु