वैशाख १७,२०८३ / ०१ : २७ अपरान्ह / 2026-04-30 01:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रवासको सिप र पुँजी प्रयोग गरेर युवालाई उद्यमी बनाउन प्रतिबद्द छौ - अशोक दास

      - ६ वर्ष अगाडि
      असार २,२०७६

      प्रवासमा सिकेको सिप र ज्ञानलाई प्रयोग गर्दै नगरवासी युवाहरुलाई उधमी वनाउदै लैजाने रतुवामाई वैदेशिक रोजगार समन्वय समितीको लक्ष्य पछील्लो समय लोकप्रिया बन्दै गएको छ । युवालाई उधमी बनाउन मजबुत संगठन निर्माण अभियानमा सबै समिती मातहतका पदाधिकारी सदस्यहरु लागिरहेका छन। यसैबिच हामीले संगठनको गतिवीधिमा सक्रिय सहसंयोजक अशोक दाससंगको अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ । 

      प्रवासको सिप रपुँजी प्रयोग गर्दै नगरमा उधमी वनाउने तपाईहरुको अभियान कहाँसम्म पुगेको छ ?

      अहिले देखिदै गएको हाम्रो समितीले प्रचार शैली संगै समाजमा स्थापित गर्दै छौ।अहिले युवा जमात र फेसबुकमा हाम्रो काम स्थापित देखिएपनी व्यवहारीक रुपमा समाजमा पुगिसकेको छैन।हाम्रो अधिकतम प्रयास समाजको हरेक क्षेत्रमा पुग्दै सबैको सहयोगले व्यापक अभियान शुरु गर्ने प्रयास हुनेछ।

      युवामा सकारात्मक सन्देश संगै संगठित हुदै जाँदा कतै महत्वकांक्षा बढेर काम गर्न असहज त हुदैन?

       स्वभाविक हो मान्छेमा महत्वकांक्षा देखिन्छ, टकराव हुन्छ।तर हामीले त्यसलाई व्यवस्थापन गरेर जान्छौ।यो मिसनरी समिती हुनाले यहाँ पद र प्रसंसा भन्दा मिसन वमोजिम काम हुन्छ।सवैको व्यक्तित्व र अनुभव वमोजिम ज़िम्मेवारी दिइदै लगिन्छ।हाम्रो समितीमा मिसन प्रमुख व्यक्ती गौड़ हुन्छ।हाम्रो मिसन युवालाई उधमी र स्वरोज़गार वनाउन वाहेक केही हैन।समाजमा नकारात्मक बिषयले बढी महत्व पाउने हुनाले हाम्रो समितीलाई पद वाड्ने समिती भनिदो रहेछ तर वास्तविकता त्यस्तो हैन।म स्वयम सहसंयोजक गोझवु ईन्चार्ज मेरो तत्कालको ज़िम्मेवारी यो भुगोलमा समितीको उद्देश्य प्रचार गर्नु र मजवुत संगठन निर्माण संगै मुलसमिती निती निर्माणमा भुमिका खेल्नु हो।

       संयोजक आफै प्रचारमा रमाउने भन्ने व्यापक जनगुनासो छ यसमा तपाईको के धारणा छ?

      हामी केही गर्न खोजिरहेका प्रवासमा वसेर आउने र प्रवासमा हुनेहरुको भावनालाई एकैचोटी प्रतिनिधित्व गर्दै समितीको अवधारणा संयोजक ज्युवाट आएको हो।समस्त टिमको लिडर र कमिटी परिचालनमा उहाँको महत्वपूर्ण भुमिका छ।उहाँ आफै लामो राजनिती,अध्ययन र अनुभवले पाकेको व्यक्ती हो । उहाले व्यक्तीको क्षमता चिन्ने र ज़िम्मेवारी दिदै नेत्रितव विकास गराउने अद्भुत क्षमता राख्नु हुनेरहेछ। यस्तो व्यक्तीसंगै वसेर काम गर्न पाउदा व्यक्तिगत रुपमा म खुसी छु। सबै नगरवासी युवा उहाको सोच र चिन्तनलाई सकारात्मक प्रयोग गर्न लालायित भएको पाएको छु।

      ज़िम्मेवार पदाधिकारीमध्ये तपाई भुगोलमै रहनुहुने जनमानसमा चाँही कस्तो प्रभाव पाउनुभएको छ?

       शंकाको सुबिधा भनिन्छ नी लगभग त्यस्तै छ।धेरै मानिसमा लामो राजनितीक संक्रमण र आशा गरिएको व्यवस्थामै केही परिवर्तन नभएपछी।यस्ता समितीहरु नामका मात्र हुन भन्ने थियो।तर हाम्रो समितीको कार्ययोजना उधमी वन्न पहिले आत्मनिर्भर वन्नुपर्छ भन्ने सोच।हामी समितीका मान्छेहरुको सार्वजनिक छवी लगायतका बिषयले समाज एकदमै सकारात्मक पाएको छु।निश्चित उद्देश्य भएकोले मजवुत संगठन आवश्यक हुनाले हामीले धेरै युवा समेटेको हौ।अवको केही महिना पछी नै १५ बर्षको किशोरले हामीतिर हेर्दै विदेश जाने सपना त्याग्नेछ।६० बर्ष पुगेका बा ले छोरो विदेश नगएपनी वेकामे छैन उधमी वन्न खोज्दैछ भन्नुहुन्छ।व्यवहार त बाँकी नै छ।

       समितीमा कस्ता व्यक्ती राख्दै हुनुहुन्छ?कार्यक्रम भुगोलमै पनि गर्नु भयो?

      आफ्नो समस्या आफैलाई पहाड भन्छन।व्यवहारिक रुपमा यो समिती निर्माणमा मलाई अलि कठिनाई छ। पहिले त भुगोल मिलेको छैन यो उपसमितीको। त्यसपछी बसोबास मिश्रित छ-पहाडे,तराइवासी ।  यस्तो चुनौतिका बिच अहिलेको समाजमा समिती निर्माण गर्दा पक्कै फलाम चपाए सरह भएको छ।तर मेरो भुगोलको साथिहरुको सकारात्मक साथ र पद नै ठुलो कुरा हैन भन्ने सोचले एकहदसम्म सफल भए जस्तो लाग्छ।

      /pagegallery/2019061788.jpg

        सम्बन्धित समाचारहरु