वैशाख १७,२०८३ / ०१ : ३२ अपरान्ह / 2026-04-30 01:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मैले पासपोर्ट च्यातेर समाजसेवा शुरु गरे : के. पी. किरण शर्मा

      - ७ वर्ष अगाडि
      माघ १,२०७५

      के. पी. किरण शर्मा एक यस्ता सामाजिक अभियन्ता हुन जसले नेपालकै सबैभन्दा सिमान्तकृत समुदायमध्येको चेपाङ्ग समुदायको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । उक्त समुदायको शिक्षाको विकासका लागि गामबेशी चेपाङ्ग संरक्षण केन्द्र (छात्राबास) स्थापना गरि सयौको सङख्यामा चेपाङ्ग बालबालिकाहरुलाई छात्राबासमा राखेर शिक्षा प्रदान गरिरहेका उनै के. पी. किरण सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिनुभएको अन्तवार्ता 

      कमै मान्छे मात्र सामाजिक क्षेत्रमा लाग्छन् तँपाईलाई के ले प्रेरित गर्यो ? 

      मैले सानैमा बुबाले गरिबलाई अन्न बाडेको, बटुवालाई बास बस्न दिएर मानिसको सेवा गरेको देखेको थिएँ । त्यहीबेलाबाट नै मलाई पनि सेवा गर्ने रहर पलाएको थियो । कक्षा १० पढ्दैदेखि म सामाजिक कार्यमा संलग्न हुन थालेको थिएँ । पछि जब हाम्रो गाँउमा चेपाङ्गहरु नाङ्गै आएको देखे त्यसपछि कपडा संकलन गरेर दिने तथा उनीहरुकै लागि केही गर्ने भन्ने लागिरह्यो । त्यसैले मलाई प्रेरित गर्यो । 

      बिदेशबाट फर्किदा पासपोर्ट किन च्यात्नुभयो ? किन बिदेशमा काम गर्न गारो भएर हो ? 

      म पत्रकारिता गर्न चाहान्थे । ५२ ओटा लेख कान्तिपुर पठाउदाँ पनि छापिएन । आफै यो क्षेत्रमा केही गर्ने मन थियो । पैसा थिएन । पैसा कमाउनका लागि बिदेश गएँ । बिदेश गएर क्यामरा लगाएतका सामान जोडे । म प्राय त्याहाँ बस्दा पनि विभिन्न कार्यक्रममा जान्थे गीतहरु गाउथे, आफ्ना भावनाहरु पोख्थेँ । पछि साथीभाइको माया पनि पाएँ मलाई सामाजिक सेवा गर्ने रहर पनि थियो । फर्किदा एयरपोर्टमा राजदुत आफै पुर्याउन आएका थिए । त्यो कुरा ले मलाई निकै गम्भिर बनायो । अब समाज सेवामै लाग्छु भन्ने निधो गरे र पासपोर्ट च्याते । 

      बिदेशबाट फर्कने बित्तिकै यो कार्यमा लाग्नु भएको हो ? 

      म २०६५ साल साउन १८ गते काठमान्डौ फर्किए, १९ गते सित्रै चितवनको सिद्धिको नान्दार गाउँ गएर त्याहाँ रहेका चेपाङ्ग दाजुभाई सगँ भेटेर म तपाइँहरुको लागि केही गर्छु भनेर फर्किए । त्यसको दुइदिन पछि गामबेशीको खबर भन्ने पत्रिका निकाल्न थाले । पत्रीकाबाट बचेको पैसा छात्रवृति दिन थाले तर केही वर्षपछि छात्रवृति खेरा गएको महशुष भयो । 

      /pagegallery/2019011535.jpg

      यो छात्राबासको शुरुवात चाही कसरी गर्नुभयो ?

      २०६८ सालमा गाउँमा गएँ र २६ जना बालबालिकालाई पढाउने विचार गरी चितवन झारे । कुनै पनि तयारी वीना नै झारेको थिएँ । शुरुमा निकै चुनौति थियो । उनीहरुलाई एक सरकारी स्कुलमा राखेर बजारमा खानेकुरा माग्न गएँ एक हप्ता जतिलाई सामान जोडियो । त्यसपछि फेरी बजारमा गएर फेरी पनि अन्नको जोरजामान गर्नेतिर लागे । जब एक डेड महिनालाई पुग्ने सामानहरुको तयार भयो । त्यसपछि विस्तारै बस्ने बासस्थानको ब्यवस्थापन गर्न तिर लागियो । 

      नेपालमा पछि परेका धेरै समुदाय हुदाँहुदै किन चेपाङ्गहरुको सेवामा लाग्नुभयो ? 

      मैले नजिकबाट चिनेको र नेपालको मुलधारमा कहिल्यै नआएका तथा कसैले नचिनेका समुदाय भएकोले मैले केही गनुपर्ने भन्ने लागेको थियो । बास्तवमा उनीहरुको बारेमा धेरैलाई थाहा नै दिएन । मैले गामबेशीको खबरमा धेरै पटक उनीहरुका बारेमा लेखे । जब कान्तिपुरका पत्रकार विमल खतिवडाले यो विषयमा मेरै पहलमा उनीहरुको एउटा फोटो पहिलो पृष्ठमा आयो तब उनीहरुको मुद्धाले देशैभरि चासो पायो । 

      चेपाङ्गका लागि सरकारले केही गरेको छैन ? 

      तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई द्धारा चेपाङ्ग वस्तीको भम्रण भएपश्चात सरकारले गरिबी निवारण कार्यक्रम घोषण गर्यो जसबाट उनीहरुले बाख्रा पालन ब्यवासाय शुरु गरे । उक्त व्यवासायका लागि बाबुराम जी लाई मैले नै सुझाब दिएको थिएँ । अहिले केही वस्तीहरुमा उनीहरुको धेरै राम्रो हुदैछ । त्यो कार्यक्रम शुरु भएको ७ वर्षपछि उनीहरुले एउटै गाउँबाट लगभग ४ करोडको खसीबाख्रा बेच्न सफल भए । 

      यो छात्राबासको खर्च मासिक कति छ र कसरी ब्यवस्थापन गरिरहनुभएको छ ? 

      लगभग ३ लाख महिनाको खर्र्च हुन्छ । पहिला ल्याएका २५ जना विद्यार्थीलाई सिपर्दि ट्रेडिङ्गले जिम्मा लिएर पढाउदैछ । पछि आएका १३२ जना बालबालिकाहरु अहिले हामीसगँ छन् । विभिन्न ब्याक्तिहरु तथा संस्थाहरुले गर्ने सहयोग बाट नै यो सन्चालन भइरहेको छ । म सहयोग गर्न आउने हरुलाई पैसा भन्दा पनि सामान सहयोग गर्न निवेदन गर्छु । उहाँहरुले सामानहरु किनेर सहयोग गर्नुहुन्छ । यो सबै खास सहयोग बाट नै चलेको छ । 

        सम्बन्धित समाचारहरु