भाद्र १,२०७९ / ०३ : ५३ पूर्वान्ह / 2022-08-17 03:53 am

        जापानमा शिक्षा र काम दुवै राम्रो छ : मुना ढुंगेल

        - ३ वर्ष अगाडि
        पौष १५,२०७५

        जापानको लामो बसाइपछि नेपाल फर्किएर जापानीज भाषाको अध्यापनका साथै आइसीसी कन्सल्टेन्ट, अद्धेतमार्ग बागबजारको संस्थापनमा समेत रहेर काम गर्दै आउनुभएकी मुना ढुंगेल सगँ जापानीज भाषा अध्यापन लगाएत विविध विषयमा चिनारी पोष्टका तर्फबाट ओम प्रकाश निरौलाले लिएको अन्तवार्तामा आाधारित 

        लामो समयदेखि जापानीज भाषा अध्यापन गराइरहनुभएको छ । यो भाषा सिकाइका विभीन्न आयामहरु बारे तपाइको धारणा के छ ?

        स्वभावैले अन्य देशको भाषा सिक्न सजिलो छैन । जापानीज भाषा पनि त्यति सजिलो छैन । तर पनि पढ्ने विद्यार्थीले मैले पढ्नु पर्छ भन्ने अडान राखेर वा सोच राखेर अध्ययन गर्ने हो भने यो भाषा पनि सिक्न सकिन्छ । कुनै पनि कुरा वा काम मानिसले पहिल्यै जानेर आएको हुदैन सबै पछि नै सिक्दै जाने हो । जापानीज भाषामा हिरागाना, काताकाना र खान्जी तीनओटा भाषाहरु पढ्नु पर्छ । हामी नेपालीहरुको हकमा भन्नुपर्दा हिरागाना, काताकाना भन्दा खान्जी अलि गाह्रै हुन्छ । तरपनि खान्जीलाई पनि फोकस गरेर पढ्ने हो भने यो सजिलै पढ्न सकिन्छ । अभ्यासले यो भाषा पनि सहजीकरण हुदै जान्छ । 

        नेपाली विद्यार्थीको अवस्था कस्तो छ जापानमा ? 

        नेपाली विद्यार्थीहरु फरक फरक लक्ष्य र सोचका साथ जापान गएका हुन्छन् । कसैले पढाइ सगँ सगैँ कमाइको पनि सोच राख्छन् भने कसैका काम र दामको मात्र सोच राखेका हुन्छन् । प्रायः जसो नेपालीहरुको मुख्य टार्गेट भनेको पैसा कमाउनु नै हुन्छ । अध्ययन गर्नेको लागि जापानमा पढाइ राम्रो छ । कामको बारेमा कुरा गर्ने हो भने त्याहाँ सानो ठूलो काम भन्ने छैन वा काममा भेदभाव छैन । काम गरे बापतको आम्दानी पनि सन्तोषजनक नै छ । 

        जापानमा नेपाली विद्यार्थीको लागि राम्रो पक्ष भनेको कामको सम्मान नै हो । काम पाउने र काममा सम्मान हुने हुदाँ नेपाली विद्यार्थी लाई राम्रै छ । 

        जापानले नेपाली कामदार लैजाने कुरा चलिरहेको छ । यसबारे तपाइको धारणा के छ ? 

        जापानले नेपाली कामदार लैजाने भन्ने विषयमा नेपाल सरकार र जापान सरकार बीच भर्खरै सम्झौता भएको छ । कसरी लाने कुन तरिकाले लैजाने भन्ने विषयको निर्धारण हुन बाँकी छ । अहिले भनिएको जी टु जी पद्धतिबाट नेपालीहरु श्रमिकको रुपमा जापान जानु भनेको नेपाली हरुको लागि ठूलो अवसर हो । यसमा न त धेरै लगानी गर्नुपर्छ न त यसमा दलालबाट ठगिने संभावना छ । यस प्रकृयाबाट जापान जादाँ नेपाली कामदारले पैसा सगँसगै सीप पनि हासिल गर्न सक्ने र पछि नेपालमा फर्किएर नेपालको विकासमा पनि टेवा पुर्याउन सक्दछन् । 

        जापानमा कामदारको रुपमा जान थालेपछि अध्ययनका लागि जानेहरुको सङख्यामा केही फरक आउछ की ? 

        पक्कै पनि आउछ । यसमा दुइमत नै छैन । किनकी ५ देखि १० प्रतिशत नेपालीहरु मात्र पढ्नैका लागि भनेर जापान गइरहेका हुन्छन् बाकी सबै काम र अध्ययनका लागि जाने हुन् । अहिले जापान जाने सजिलो माध्याम स्टुडेन्ट भीसा भएकोले गएका हुन् कामदारको रुपमा जान थालेपछि पढ्न जाने कम हुन्छन् । 

        आइसीसीको सस्थापक तथा भाषा प्राध्यापन पनि गरिरहनु भएको छ यसबारे केही बताइदिनुस् न । 

        आइसीसी एकदमै सरल र स्पष्ट तरिकाले काम गर्ने संस्था हो । यस सस्थाले विश्वसनिय तबरले काम गर्छ । यत्रो लामो कामको दौरानमा विद्यार्थीहरुबाट कुनै गुनासो आएको छैन । मैले जापानबाट फर्किएपछि जापानीज भाषा पढाइरहेको छु । मेरो विद्यार्थीहरु म बाट खुशी मात्र हैन की उनीहरुले आफ्नो रिजल्ट पनि राम्रो पाइरहेका छन् । आइसीसीको र मेरो सेवाग्राहीलाई सधै कसरी सन्तुष्ट राख्ने भन्ने नै लक्ष्य हुन्छ । 

          सम्बन्धित समाचारहरु