वैशाख ७,२०८१ / १० : ४३ पूर्वान्ह / 2024-04-19 10:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      मन्टेस्वरीमा बालबालिकाको पूर्ण विकास हुन्छ : सबनम थापा (भिडियो सहित)

      - ५ वर्ष अगाडि
      मंसिर २०,२०७५

      ३० वर्ष भन्दा लामो शिक्षण सिकाइको अनुभव भएकी सबनम थापा, मन्टेस्वरी किड्स वल्र्ड बानेश्वरकी प्रिन्सीपलको कार्यभार सम्लाल्दै आएकी छिन् । पूर्ण रुपमा शिक्षाको विविध पक्षहरुलाई समेटेर शिक्षण गराउने विधीमार्फत आफ्नो विद्यालयमा शिक्षण सिकाइ गराउदै आएको मन्टेस्वरीकी प्रिन्सिपल सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले गरेको संवादको सम्पादित अशं 

      शिक्षाको क्षेत्रमा कसरी आउनु भयो ?  

      म सानैदेखि शिक्षीका हुने चाहाना थियो । मैले दार्जिलिङबाट आफ्नो शिक्षा हासिल गरेपश्चात काठमान्डौमा आएर शिक्षण पेशामा संग्लग्न भए । लामो समय यो क्षेत्रमा रहेपछि यही क्षेत्रमै केही गर्ने मनशायले यो मन्टेस्वरी किड्स वल्र्ड चलाएर बसेको छु । यो क्षेत्र मेरो हब्बी पनि हो । 

      अहिले धेरै अभिभावकहरु मन्टेस्वरी प्रति आकर्षित हुनुको खास कारण के होला ? 

      अहिले धेरै अभिभावकहरु मन्टेस्वरी पढाउन चाहानुहुन्छ । यसको खास कारण के हो भने बैज्ञानिक विधी प्रयोग गरेर बच्चालाई सिकाइ गराउने पद्धती हो । यस पद्धतिमा इटालिकी डा. मारिया मन्टेस्वरीले भनेजस्तै बच्चालाई खेलायर, एउटा कोजी बातावरणमा एउटा कन्क्रीट ज्ञान दिने तरिका हो । किताब बिना नै बच्चालाई पढाउने तरिका हो । हामी बच्चालाई पूर्ण माया दिएर, राम्रो बातावरण दिएर पढाउछौ । बच्चाका सामाजिक, शारिरीक, मानसिक लगाएत सबै विकास गराउनको लागि यो विधी धेरै उपयूक्त हुन्छ । 

      मन्टेस्वरी खास गरि कति उमेरका बच्चाहरुका लागि राम्रो हो ? 

      बच्चाको सिकाइ त आमाको गर्भबाटै शुरु हुन्छ तर खास गरि यो २ वर्ष देखि ६ वर्ष सम्मको बच्चालाई हामी मन्टेस्वरीमा राख्छौ । उनीहरुको सम्पुर्ण विकासका लागि उनीहरुलाई प्लेवे मेथडबाट हामी सिकाइ गराउछौ । 

      /pagegallery/2018120687.jpg

      तपाइको विधालयका मुख्य विशेषता के के हुन् त ? 

      पढाइको अलवा हाम्रो धेरै नै भ्रमणहरु छन् हामीले एक वर्षमा ३२ ओटा भ्रमणमा बच्चाहरुलाई लाने गरेको छौ । यसका साथै हामी थिममा आधारित भएर कक्षा सन्चालन गर्छौ । किताबको प्रयोग नगरी कना पढाउछौ । बच्चालाई खेलाएर, माया गरेर हामी सिकाउछौ । प्रत्येका कक्षामा दक्ष शिक्षकहरु छन् । आयाहरु छन् । बच्चाहरुलाई खानपिन देखि लिएर सबै कुराको केयर हुन्छ । हामी बच्चाहरुलाई नरम बोल्छौ । हामी अभिभावकहरुलाई जुनसुकै बेला पनि भेट्ने बातावरण मिलाई दिन्छौ । 

      मन्टेस्वरी अलि महंगो भयो भन्ने कुरा छ नी ? 

      मलाई त्यस्तो लाग्दैन । यसमा प्रयोग हुने मेटरियल हरु नै महंगो हुन्छन् । भ्रमणको खर्च लाग्छ । कतिपय सामानहरु विदेशबाट ल्याउनु पर्ने हुन्छ त्यही भएर पनि त्यस्तो लागेको होला तर यसको सुविधा अनुसार यो महंगो छैन । 

      के कस्ता कार्यक्रमहरु गरिरहनु भएको छ ? 

      हामीले भर्खरै शैक्षिक भ्रमणमा लग्यौ । अब शनिबार हाम्रो ग्रान्डप्यारेन्ट्स डे मनाउदैछौ । यो दिनमा हामी बच्चाको हजुरबुबा र हजुरआमाहरुलाई उहाँहरुले गरेको योगदानलाई बच्चालाई बुझाउनका लागि सहयोग गर्छौ । उनीहरुको योगदानलाई बच्चाले अहिले देखि नै केही सिकोस भन्ने हाम्रो चाहाना हो । यसका साथै हामी बच्चाहरुलाई ठुलो मान्छे बन्न भन्दा पनि असल मान्छे बन्न सिकाउछौ । 

        सम्बन्धित समाचारहरु