वैशाख १७,२०८३ / ०१ : ३० अपरान्ह / 2026-04-30 01:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      डाक्टर इन्जिनियर छोडेर विज्ञापनको अध्ययन गर्दा हुन्छ : निर्मल राज पौडेल (भिडियो सहित)

      - ७ वर्ष अगाडि
      मंसिर १६,२०७५

      नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. का प्रबन्ध निर्देशक निर्मल राज पौडेल आनको स्थापना कालदेखि नै नेपाली विज्ञापन व्यवसायमा मात्र नभई नेपाली मिडिया जगतको दीर्घकालिन समुन्नतिको लागि क्रियाशिल छन् । पौडेल नेपालकै एक मात्र बिज्ञापन क्षेत्रको हस्ती हुनुहुन्छ । उहाँ आफैले पाचँ सय भन्दा बढी बिज्ञापन निर्माण गरिसक्नुभएको छ । उहाँको योगदानलाई कदर गर्दै नेपाल सरकारले एड गुरुको पदवी पनि उहाँलाई प्रदान गरेको छ । विज्ञापन निर्माण गर्ने देखि, विभीन्न इभेन्टहरुको मेनेजमेन्ट तथा क्लीन फीडको अभियानको सुरुवातकर्ता हुँदै निर्मललाई विज्ञापन क्षेत्रको एकमात्र विज्ञको रुपमा लिन सकिन्छ । नेपालको विज्ञापन क्षेत्रका एकमात्र नायक निर्मलसँग चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिएको भिडियो अन्तरवार्ताको सम्पादित अंश :

      /pagegallery/2018090118.jpg

      /pagegallery/2018090168.jpg

      एड गुरुका रुपमा यूवा माझ रोमान्टिक हिरोको रुपमा छाउँनुभएको छ । कस्तो लाग्छ ? 

      मैले २७, २८ वर्षदेखि यो क्षेत्रमा काम गरिरहेको छु । मैले पाचँ सयभन्दा बढी एड फिल्मसहरु निर्माण गरेको छु । मैले गरेको कामको सही मूल्याङ्कन गर्दै चलचित्र प्राविधिक सघंले मलाई हङ्गकङ्गमा बोलाएर एड गुरुको नाममा सम्मान दिएको थियो । त्यसकै निरन्तरता स्वरुप नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र सघंले एड गुरुका रुपमा सम्मान गर्यो । आधिकारिक रुपमा म एड गुरु भएँ । त्यसकै कारण मेरा लेखहरु पत्रपत्रिकामा आउँछन् । साथै विभिन्न कलेजहरुमा गएर प्रस्तुतिहरु दिने गरिरहेको छु । यो मेरो निम्ती गौरवको विषय हो । आजकाल खासगरि मेरो फलोअरहरु पनि यूवा नै छन् । खासगरि एमबीए पढ्नेहरुले मलाई बढी नै फलो गर्छन् । 

      /pagegallery/201809017.jpg

      विज्ञापन निर्माताका रुपमा तपाईँको अन्तराष्ट्रिय सहभागिता कस्तो रहेको छ ? 

      म विज्ञापन संघको उपाध्यक्ष हुदाँ हामीले आफा भन्ने एशियन एडर्भटाइजिङ्ग फेडेरेशनको सदस्यता लिएका थियौँ । त्यसकै कारणले सन २००३ मा एड एशिया भन्ने भारतको जयपुरमा भाग लियौँ । त्यसपछि २००५ मा सिंगापुरमा भाग लियौँ । त्यसयता यो क्रम बढीरहेको छ । 

      नेपालमा बन्ने विज्ञापनहरु कत्तिको सृजनात्मक छन् ? 

      सबभन्दा पहिला त नेपालको बजार सानो छ जसका कारण बजार हेरेर हामीले एड बनाउनु पर्ने हुन्छ । हाम्रा अवधारणा अनुसार हामी एड बनाउन सक्दैनौँ । हामीले यहाँ अनुसन्धान गरेर एड बनाउने लगायतका कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । तर पनि कृति अवार्डको स्थापना भएपछि हाम्रो नेपाली एडका क्षेत्रमा हाम्रो क्रियटिभिटी निकै नै उत्कृष्ट बन्दै गएको छ । एउटा उदाहरण म दिन चाहान्छु, २००४ मा हामी एभी अवार्ड मुम्बइमा भाग लिन गएका थियौ । त्यहाँ मैले नै बनाएको एउटा चाउचाउको विज्ञापन थियो । जोजो चाउचाउ खायो भने दशै तिहारमा नयाँ लुगा लगाएर खसी कुखुरा खान पाइन्छ भन्ने एड थियो । त्यहाँका एकमात्र विज्ञापन गुरु पियूस पाण्डेले त्यो एडको चर्चा गरेपछि त्यो एकदमै चर्चामा रहयो । कानूनी कारणले त्यसले अवार्ड जितेन तथापी अवार्ड पाए भन्दा पनि बढी चर्चा भयो । यस्तो खालको सृजनात्मकता जुन स्थानीय अवधारणालाई मिसाएर बनाइन्छ, यस्तो कुरामा हामी अगाडि देखियौँ । अर्को कुरा जगदम्बा स्टिल नेपालको सबभन्दा ठूलो कम्पनी छ यो पनि हाम्रो क्रियटिभिटी कै कारणले नै हो ।  

      तपाई आफैले क्लिन फिडको अभियान पनि चलाउनु भयो । के प्रगति भएको छ ? 

      केही समय अगाडि भएको कृति अवार्डमा सञ्चार मन्त्रीले अब यो नीति कार्यन्वयन हुन्छ भन्नुभएको छ । आशा गरौँ राम्रै हुन्छहोला । यदि यो मात्र हुने हो भने हाम्रो व्यापार १४, १५ अर्वको सजिलै पुग्नेछ । यदि यो नीति लागु हुने हो भने भारतमा हालेको विज्ञापनले यहाँ पनि काम गर्छ भन्ने परम्पराको अन्त्य हुन्थ्यो । मल्टिनेशनल कम्पनीहरुले बाध्य भएर नेपालमा विज्ञापन बजाउनु पर्ने थियो । उनीहरुले शुन्य दशमलब ५ प्रतिशत मात्र लगानी गर्दा पनि अरबौँको कारोबार बढ्ने निश्चित छ । तथापी अर्कोतिर हेर्दा विज्ञापन क्षेत्रलाई सरकारले बुझ्न थालेको छ । यो पनि ठुलै उपलव्ब्धि हो । हिजोसम्म सरकारले यो क्षेत्रलाई चिन्दैनथ्यो । केपी ओलीकै पालामा सरकारले यसको नीति निर्माण गर्यो । यो सकारात्मक कदम हो । कार्यान्वयन हुन्छ भन्ने विश्वास छ ।   

      तपाईको विज्ञापन एजेन्सी वेल्कम ग्रुपले चाही के कस्तो कामहरु गरिरहेको छ ? 

      पहिले मेरो नाममा नै विज्ञापन कम्पनी दर्ता भएको हो । पूर्ण रुपमा विज्ञापनको क्षेत्रमा काम गर्ने कम्पनी हो यो । अहिले यसले विज्ञापन निर्माण गर्ने, अडियो र भिज्ूयल दुवै एड बनाउने, रेडियो टेलीभिजनमा एड दिने, होर्डिङ्ग बोर्डहरुमा एड राख्ने, यसका साथै विभिन्न इभेन्टहरु मेनेजमेन्ट गर्ने हुनाले हामी पूर्ण कालिन कम्पनीका रुपमा काम गरिरहेका छौँ । हाम्रो एउटा वेडिङ्ग मेनेजमेन्ट गर्ने कम्पनी पनि छ । रवि लामिछानेको सबभन्दा लामो टक शो पनि हामीले गर्यौँ । नेपालमा वेडिङ्ग मेनेजमेन्ट गर्नलाई मेरो मिसेजले वेडिङ्ग मेनेजमेन्ट गर्नुहुन्छ । यसको साथै ट्याबलोइट म्यागजीन पनि छ जुन ¥याङ्किकमा एक नम्बरमा छ । 

      विज्ञापन सम्बन्धी यूवाको चाख कस्तो पाउनु हुन्छ ? 

      विशेषतः विज्ञापन सम्बन्धी चासो भएको विद्यार्थीहरुले विज्ञापन सम्बन्धी जानकारी लिने अध्ययन गर्ने, त्यसपछि विज्ञापन इन्डष्ट्रिमा छिर्ने हो भने धेरै सम्भावना छ । यो क्षेत्रले दिने जति पैसा बैँकिाङ्क क्षेत्रले पनि दिदैन । यस क्षेत्रमा अभाव भनेको दक्ष जनशक्तिको हो । त्यसैले अहिलेका यूवाहरुलाई म के भन्न चाहान्छु भने यूवाहरुले डक्टर इन्जिनियर पढ्नु पर्दैन । विज्ञापनको क्षेत्रमा दक्ष भएर आउनुस अन्य सबै क्षेत्रमा भन्दा बढी तलब बढी फेसीलिटिज हुन्छ तथा यो क्षेत्रमा भविष्य सुन्दर छ । 

      /pagegallery/201809018.jpg

      /pagegallery/2018090114.jpg

        सम्बन्धित समाचारहरु