वैशाख १७,२०८३ / ०१ : ३० अपरान्ह / 2026-04-30 01:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      लच्छा डोरि की गायीका गीतबारे के भन्छिन् ?

      - ७ वर्ष अगाडि
      मंसिर २,२०७५

      काठमान्डौ, भर्खरै रानु निरौलाले गायनमा लच्छा डोरि भन्ने गीत सार्वजनिक भएको छ । उक्त गीतबारे चिनारी पोष्टले राखेका केही प्रश्नहरुको जवाफमा गायीका रानु यसो भन्छिन् । 

      यो कस्तो प्रकारको गीत हो ? 

      प्रेमले भरिपूर्ण गीत हो । प्रेममा डुबेकी एक युवतीले प्रेमीसगँ राखेको चाहाना नै यो गीतको मुख्य कुरा हो । मायाको डोरीले बाध न .... यो जोवान म तिमीलाई नै दिन्छु भन्ने गीतको शब्दले पनि यही भाव बोल्छ । 

      यो गीतमा के चाही फरक छ ताकी दर्शकले यो गीत हेरुन् र सुनुन् ? 

      कसरी रोल प्ले गर्ने भन्ने हो यो माया प्रेम कै गीत हो । प्रेमले भरिपूर्ण गीत भएकोले यो गीतलाई दर्शकले मन पराउनु हुन्छ भन्ने मलाई लाग्छ । 

      यो गीतको भिडियोमा तपाइँ आफै पनि खेल्नुभएको छ ? अरु कलाकार नपाएर हो की ? 

      मुख्य कलाकार हरु हुनुहुन्छ । तर नव गायीका भएको कारण आफ्नो पनि पहिचान स्थापित होस् भन्ने मनशाय बाट मेरो पनि छोटो नाटकीय भूमिका छ । मलाई लाग्छ यस्तो प्रकारको भूमिकामा देखिनु कलाकारको लागि पनि राम्रो हो । 

      समग्रमा यो गीतको कस्तो रेस्पोन्स पाइराख्नु भएको छ ? 

      म सिक्दै छु । गर्दै छु त्यसैले मैले सबैकुरा धेरै राम्रो गरे भन्ने त होइन । तर जे जस्तो प्रतिक्रिया पाइरहेको छु त्यसबाट म खुशी छु । म दर्शक तथा श्रोताको मायाबाट एकदम खुशी छु । भन्नैपर्दा म ९५ प्रतिशत खुशी छु । 

      हेनुहोस् गीतको भिडियो 

        सम्बन्धित समाचारहरु