वैशाख १७,२०८३ / ०१ : ३१ अपरान्ह / 2026-04-30 01:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मैले त्यसो गरेको भिडियो कसैसँग छ भने सबै बजाए हुन्छ : संचारमन्त्री गोकुल बास्कोटा

      - ७ वर्ष अगाडि
      असोज २१,२०७५

      मैले त्यसो गरेको भिडियो कसैसँग छ भने सबै बजाए हुन्छ : गोकुल बास्कोटा, मन्त्री, सुचना संचार तथा प्रविधि 

      तपाईले विकास समितिमा के बोल्नुभएको थियो ? अहिले चौतर्फी विरोध भयो नि ? 

      विरोध भयो होला । कहिले बुझेर कहिले स्वार्थका लागि विरोध गर्ने गरिन्छ । मैले खासै केही पनि बोलेको छैन । 

      पत्रकार र संचारमाध्यमलाई अपमान गर्नुभयो भन्ने आरोप छ नि ? 

      मैले त्यसो गरेको भिडियो कसैसँग छ भने सबै बजाए हुन्छ । अनि मात्रै श्रोता र दर्शकले फैसला गर्छन् । 

      तपाईले के भन्नुभएको थियो ? 

      मैले आफ्नो कुरा स्पष्टसँग राखेको हुँ । 

      विकास समितिको निर्णय नै उल्ट्याउनुभयो रे ? 

      मैले त कानुनमै भएको कुरालाई समितिले किन निर्देशन दिनुपर्यो भनेको हुँ । कसले कहाँ पत्रिका पढेर आउने अनि जे मन लाग्छ त्यही भनेर हुँदैन नि । म विनम्रतापूर्वक फेरी भन्न चाहन्छु, समितिले दिएको निर्देशन कुन कानुनअन्तरगत लागु हुन्छ ? केका आधारमा सरकारले लागु गर्न सक्छ भन्ने नै स्पष्ट छैन । 

      तर तपाईले समितिको निर्णयमाथि हस्तक्षेप गर्नु गलत भयो भन्ने धेरै छन् नि ? कुतर्क गर्नेले जे पनि भन्न सक्छन् । आरोप जति पनि लगाउन सकिन्छ । तर जब तथ्यहरु अगाडि सारिन्छ त्यसपछि कुतर्कहरु आफैँ हराउँछन् । 

        सम्बन्धित समाचारहरु