वैशाख १७,२०८३ / ०१ : २९ अपरान्ह / 2026-04-30 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विहेपछि पनि मनको कुरा पुरा गर्न सकिन्छ : सबिना थापा श्रेष्ठ (भिडियो सहित)

      - ७ वर्ष अगाडि
      असोज १२,२०७५

      सानै देखि स्टेजमा गएर बोल्ने, केही कुरा ब्यक्त गर्ने रुची भएकी सबिनालाई समयले नर्सिङ्गको विद्यार्थी बनाइदियो ।  पि सी एल नर्सिङ्गको अध्ययन सकेर ग्लामर क्षेत्रमा आउनका लागि मिसेज यूनिभर्सल नेपालमा उनले अडिसन दिइन र यसमा सफलता प्राप्त गर्दै अहिले ग्लाम वल्र्ड इन्टरनेशनलबाट प्रशिक्षण लिइरहेकी सबिनासगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिएको अन्तवार्तामा आधारीत संवाद याहाँ प्रस्तुत गरिएको छ ।

      नेपालको पूर्वबाट एक्लै यो प्रतिष्पर्धामा आउनुभएको छ, कस्तो लागिरहेको छ ? 

      म एकदमै खुशी छु । मैले जब यो प्रतिष्पर्धामा आउन चाहे मेरो श्रीमानले हुन्छ भन्नुभयो अनि म आए । 

      यो मिसेज यूनिभर्सलमा आइसकेपछि प्रशिक्षण पनि लिइराख्नु भएको छ के के कुरा सिक्दै हुनुहुन्छ ? 

      यो कन्टेष्टमा आइसकेपछि हामीलाई ग्रुमिङ्ग गर्न, त्यस्तै ब्याक्तित्व निर्माण गर्न लिडरसीप मेनेजमेन्ट लगाएतका विषयमा प्रशिक्षण भइरहेको छ । र यसबाट धेरै कुरा सिक्ने मौका पाइरहेकी छु ।  

      ट्रेनिङ्ग पछाडि र अगाडिमा के फरक पाउनु भएको छ ? 

      धेरै फरक पाएकी छु । सानैदेखि म बोल्ने केही गर्ने कुरामा रुचि थियो । पछि नसिङ्ग पढ्न थालेपछि पनि मैले केही अवसरहरु पाएँ । कलेजका कार्यक्रमहरु सन्चालन गर्ने काम गरे । जसले गर्दा केही फरक त भएको थियो तर याहाँ आएपछि जुन मेरो कन्फिडेन्ट लेभल थियो त्यो चाही पक्कै माथि गएको छ भन्ने लाग्छ । 

      विवाह पछि तपाइ यो क्षेत्रमा आउनु भयो ? कस्तो सपोर्ट छ परिवारबाट ?

      सबभन्दा पहिला त मैले म यस्तो प्रतिष्पर्धामा जान चाहान्छु भनेर श्रीमानलाई भने उहाँले तिमीलाई राम्रो हुन्छ भने जाऊ भन्नुभयो । त्यसैगरि सासु ससुराले पनि तिमीलाई राम्रो हुन्छ तिम्रो विकास हुन्छ भने जादा हुन्छ भन्नु भयो त्यही भएर म यो प्रतिष्पर्धामा आएँ । यता माइतीमा पनि ममी र दिदीहरुले शुरुमा अलि असजिलो मान्दै हुनुहुन्थ्यो तर जब म सेलेक्ट भए तब यसमा पनि केही रहेछ भन्ने थाहा पाउनु भयो अनि उहाँहरुले पनि सपोर्ट गर्नुभयो । 

      धेरै महिलाहरु बिबाह भएपछि पारिवारिक बन्धनमा बाधीइन्छ र केही गर्न सकिदैन भन्छन् त्यस्ता महिलाहरुका लागि के भन्न चाहानुहुन्छ ? 

      पहिलो कुरा भनेको तपाइको मनमा म केही गर्छु भन्ने हुनुपर्यो त्यसपछि मात्र पारिवारिक सहयोगको कुरा हुन्छ । अहिलेको समयमा आएर केही गर्न खोज्दा परिवारले सहयोग गर्नुहुन्छ भन्ने नै लाग्छ । वास्तवमा धेरै कुरा आफुमै भर पर्छ तर तपाइृ केही गर्न चाहानु हुन्छ भने अवस्य गर्न सक्नुहुन्छ विवाहले तपाइलाई छेक्छ जस्तो मलाई लाग्दैन । 

      यो कन्टेष्ट जित्नुभयो भने के गर्ने विचारमा हुनुहुन्छ ?

      (हास्दै) यो कुरा चाही जितेपछि नै भनौला । अहिले चाही केही नभनौ होला । 

      यदि तपाई यो कन्टेष्ट जितेपछि विदेश जादाँ नेपालको कसरी प्रतिनिधित्व गर्नुहुन्छ ? 

      सर्वप्रथम त म नेपाली भएर जन्मन पाएकोमा एकदमै गौरवान्वित छु । यस्तो सुन्दर देश छ यो देशको सुन्दरतालाई प्रचार गर्ने नै मेरो मुख्य उदेश्य हुनेछ । नेपालका महिला पनि सक्षम छन् भन्ने सन्देश दिनु मेरो अर्को कार्य हुनेछ । 

      पछि गएर के गर्ने विचार छ ? 

      नेपाली सबै विशेष गरि महिलाहरु शिक्षीत नभएका हुनाले शिक्षाको क्षेत्रमा केही गर्ने रहर छ यसका साथै स्वास्थ्यका क्षेत्रमा पनि केही गर्ने विचार छ । 

      अन्त्यमा के भन्न चाहानुहुन्छ ? 

      मलाई यो कार्यक्रममा जिताउनका लागि दर्शक, पाठकले भोट गर्न सक्नु हुनेछ ।  मलाई भोट गर्नका लागि  MUN space 14 टाइप गरि 33001 मा पठाउनुहोला । धन्यवाद । 

       

        सम्बन्धित समाचारहरु