श्रीमद्भागवतको विद्यार्थी हु भनेर आफुलाई चिनाउन चाहाने र लामो समय देखि ज्योतिष पेशामा सम्बद्ध हुनुभएका ज्योतिष तुलसी खनालले आफु अब्बल ज्योतिष हुँ भनेर कहिले पनि घमण्ड गरेनन् । आफ्नो पेशाप्रति सधै कर्तव्यनिष्ठ उनले सयौ मानिसहरुको चिना बनाउने र उनीहरुको चिना हेर्ने र भविष्यवाणी गरेका छन् र उनले गरेको भविष्यवाणी (फलादेश) प्राय सधै नै सम्बन्धीत मान्छेको जीवनसगँ मेल खाएको छ । मध्यबानेश्वरको कात्यायानी चोकमा कात्यानी ज्योतिष परामर्श नामको सेवा केन्द्र खोलेर सेवा दिइरहनु भएका ज्योतिष तुलसी खनाल सगँ चिनारी पोष्टका लागि तीजका बारेमा ओम प्रकाश निरौला ले लिनुभएको अन्तवार्तामा आधारित ।
तीजलाई हामीले कसरी बुझ्दा राम्रो हुन्छ ?
सबैले तीजलाई सामान्यतया महादेव पति पाउँ भनि गरेको ब्रतलाई आधार मानेर तीज मनाइदै आइएको छ । तर तीजलाई केवल हरितालिकाको विशेष दिनको रुपमा मात्र बुझेर हुदैन । यो कुशे औंशी बाट शुरु भएर ऋषिपञ्चमीको दिनसम्म चल्दछ । खासमा कुशे औंशी चाही पृतृकारकका रुपमा लिइन्छ । रोकिएका श्रादहरु प्नि औशीका दिन गर्ने गरिन्छ । पिताकै बीजका माध्यामबाट हाम्रो जन्म हुन्छ । आमाले ९ महिना पेटमा राखेर जन्म दिनुहुन्छ जुनबेला हाम्रो शरिर बनिन्छ । पिताबाट हामीले चुनौति, विश्वास, प्राप्त गर्छौ भने आमाबाट हामीले ममता, स्नेह प्राप्त गर्छौ । शरिर प्राप्त गरेपछि चुनौतिलाई सामना गर्दै परआत्मालाई प्राप्त गर्ने माध्याम हो तीज । खासमा तीज भनेको परआत्मालाई प्राप्त गर्ने साधनका रुपमा लिनु पर्ने हुन्छ ।
तीजका ब्रतालुहरुले साच्ची नै परआत्मा प्राप्त गर्न सक्छन त ?
अवस्य सक्छन् । परआत्मालाई प्राप्त गर्ने धेरै माध्यामहरु मध्ये तीज पनि एउटा माध्याम हो । ब्रतमार्फत पनि यो प्राप्त गर्न सकिन्छ । यस सबन्धि धेरै विधीहरु पनि छन् । जसमध्ये एउटा निराहार ब्रत बस्ने, वा पानी मात्र खाएर बस्ने वा घिउ वा दुध मात्र खाएर ब्रत बस्ने वा फलफूल खाएर ब्रत बस्ने आदि माध्यामबाट ब्रत बस्न सकिन्छ ।
कसरी ब्रत गर्दा चाही इश्वर प्राप्त गर्न सकिन्छ त ?
परमेश्वरलाई प्राप्त गर्ने भनेको निराहार वा फलाहार सहित ब्रत बसेर होइन । यो चाही खासमा भाव मार्फत पाउने कुरा हो । कति भावसहित ब्रत बस्न सकिन्छ भन्ने कुराले यो फरक पार्छ । निष्ठा महत्वपूर्ण कुरा हो । एउटा भनाइ म उल्लेख गर्न चाहान्छु
भावको भोको हु म भाव नै सब सार भो
तीजको ब्रत चाही विवाहितले गर्दा राम्रो की अविवाहितले गर्दा राम्रो हुन्छ ?
दुवैलाई यो उतिकै फलदायी छ । ब्रतले हाम्रो परिवारको खुशी, सम्बृद्धि, सन्तान सबैको भलो हुने कुरा हुन्छ । हामीले चाहाने ऐश्वर्य नै तीजको ब्रतबाट सम्भव छ । यो धार्मिक मान्यता हो । निष्ठामा बसेर गर्नुपर्छ ।
ब्रतालुहरुले कस्तो दर खानुपर्छ र किन दर खाइन्छ ?
दर खाने भनेको खास ब्रत बस्दा आलस्यता नआओस भनेर खाने हो । शारिरक शुद्धिकरणका लागि आवाश्यक खानेकुरा खाने गनुपर्छ । सात्विक खाना खानु पर्दछ । सात्विक खाना भन्नाले शुद्ध खानेकुरा हरु हुन् जस्तो लसुन प्याज नभएको, मदिरा नभएको, मांसआहार बाहेकका खानेकुराहरु आदि ।
तीजका अन्य पक्षको बारेमा के भन्नुहुन्छ ?
हरितालिकाको भोलिपल्ट गणेश चतुर्थी भयो त्यसको भोलिपल्ट पञ्चमी पर्छ । पार्वती र शिवलाई उपमाको रुपमा विश्वास र श्रदाको रुपको रुपमा लिएको पाइन्छ । श्रीमान र श्रीमती को श्रदा र विश्वास भयो भने गणेशको जन्म हुन्छ । त्यो भनेको ज्ञान प्राप्त गर्नु हो । परमात्माको ज्ञान हो ।
यो जीवन जिउने कला सगँ पनि सम्बन्धित कुरा हो ?
हो । यो जीवन जिउने कला सगँ प्रत्यक्ष सबन्धित हुन्छ । यसका साथै पञ्चमी भनेको ऋषिको नाम मात्र जानेर हुदैन । हाम्रा शरिरका पाचवटा चक्रलाई पञ्चमीले प्रतिनिधित्व गर्छ । यो भन्दा माथिको आज्ञा चक्र र ब्रह्म रन्द्र चाही ऋषिको ज्ञानबाट सिकेर हामीले अघि बढ्नुपर्छ भन्ने यसले सिकाउछ । यसरी तीजलाई राम्ररी बुझेर अघि बढ्यौ भने साच्चै नै भगवान प्राप्त गर्न सक्दछौ । र जीवन पनि जिउन सक्छौ ।








