वैशाख १७,२०८३ / ०१ : ३२ अपरान्ह / 2026-04-30 01:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बहीरा समुदायको मागबारे सरकार मौन छ : शिलु शर्मा तथा निकेतन श्रेष्ठ (भिडियो सहित)

      - ७ वर्ष अगाडि
      भाद्र ५,२०७५

      २१ वर्षदेखि सांकेतिक भाषाको माध्यामबाट बहीरा समुदायको कुरा विचार र भावनाहरुलाई एक अर्कामा सञ्चार गराएर बोल्न नसक्नेहरुको बोली बन्नुभएकी शिलु शर्मा हाल राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालकी अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल टेलिभिजन र एभिन्यूज टेलीभिजन मा कार्यरत हुनुहुन्छ र दोभाषेका रुपमा लामो समय देखि सामाजिक कार्यमा हुनुहुन्छ । त्यसैगरि निकेतन श्रेष्ठ प्राइम टेलीभिजनमा कार्य गर्नुका साथै बहिरा समुदायसगँ सधै नजिक रहेर उनीहरुको सञ्चारको क्षेत्रमा विशेष योगदान गरिरहनु भएको छ । शिला र निकेतन जी सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले गर्नुभएको अन्तवार्तामा आधारित विचारहरुको शाराशं याँहा प्रस्तुत गरिएको छ । 

      राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले के कस्ता कार्यहरु गरिरहेको छ ? 

      शिला शर्मा : यो संस्था २०६७ सालमा स्थापना भएदेखि नै दोभाषेहरु एक भएर आफ्ना समस्याहरु पनि छन् ती समस्याहरुको समस्या समाधान गर्न तथा दोभाषेहरुको समस्या समाधान नभएसम्म बहिरा समुदायको समस्या पनि समाधान  गर्न गारो हुन्छ । त्यसैले ब्यवासायिक रुपमा दोभाषेको पनि विकास होस भन्ने उदेश्य भएकोले यसले यही क्षेत्रमा कार्य गरिरहेको छ । 

      भाषा अनुवाद गर्दा कस्ता कस्ता जटिलताहरु छन् ?

      शिला शर्मा : एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्न त जटिल हुन्छ भने सांकेतिक भाषामा भएका निश्चित शब्दहरुको माध्यामबाट भावहरु ब्यक्त गर्नुपर्ने भएकोले निकै नै जटिल हुन्छ । आजकाल मानिसहरुले अंग्रेजी र नेपाली दुवै भाषाको प्रयोग एकैपटक गर्ने भएकोले पनि यो झनै जटिल छ । 

      तपाइले यो दोभाषेको काम कसरी शुरु गर्नुभयो ?

      निकेतन श्रेष्ठ : एक त बहिरा समुदायकै साथीहरुको भाव बुझेर अर्को चाही दोभाषे साथीहरु मार्फत पनि सिकेर यो काम अघि बढाएको हुँ । कार्यक्रमहरु मार्फत पनि यो काम गर्न सिकेको हुँ । 

      एउटा भाषाको अनुवाद गर्ने र अर्को चाही बहिरा समुदायको मागहरु सम्बन्धीत निकाएमा पठाउने दुइवटा जिम्बेवारी एकै पटक निभाउन कति गाह्रो छ ?

      निकेतन श्रेष्ठ : भाषा बुझेर मात्र अनुवाद गर्न मिल्दैन उहाँहरुको भाव पनि बुझ्नु पर्ने हुदा निकै नै गाह्रो छ ।  तर हामी कुनै पनि कार्यक्रममा जादा उहाहरुको विचार र भाव बुझ्न छलफलहरु गर्छौ । 

      बहिरा समुदायका समस्याहरु आफुले महशुष गर्ने र त्यसलाई सम्बन्धीत ठाँउमा पुर्याउने यो दोहोरो काम कसरी गरिरहनु भएको छ  ? 


      शिलु शर्मा : हामीसगँ अहिले संघ छ । बहिरा संघले पनि हामीलाई सहयोग गरेको छ । अहिले चाही हामीले बहिरा संघ र दोभाषे संघ दुवै एक अर्कामा समन्वय गरेर नै काम गरिरहेका छौ ।  

      सरकारले प्रत्यक्ष रुपमा तपाइहरुको संघलाई कस्तो सहयोग गरेको छ ? 

      शिलु शर्मा : सरकारले अहिले त प्रत्यक्ष रुपमा केही पनि सहयोग गरेको छैन । बहीरा समुदायको मागबारे सरकार मौन छबहिरा संघले नै केही सहयोग गरेर हामीले काम गर्दै आएका छौ । केही वर्ष अगाडि सरकारले विभीन्न जिल्लामा केही रकम पठाएको थियो । जिल्लामा ६० हजार पठाउथ्यो र त्यो मध्ये ५ हजार चाही दोभाषेका लागि छुट्टाएको थियो । यो त अत्यन्तै कम हो । अहिले मन्त्रालयले गर्ने काम पनि स्थानिय तहले गर्ने भनिएकोले धेरै नै अन्योल छ । 

      बालुवाटारले १२ लाख रकम त गाडि सफा गर्न मात्र खर्च गर्छ एक महिनामा, यस्तो अवस्थामा बहिरा समुदायका आवाज अधिकारका लागि खर्च नगर्दा कस्तो लाग्छ ? 

      शिलु शर्मा : यो उदेक लाग्दो कुरा हो साथसाथै यो बिरक्त लाग्ने कुरा हो । कार्यक्रमहरु गर्न खर्च नहुने लगायत धेरै समस्या छन् । सरकारले केही सहयोग गरेको छैन । 

      बहिरा समुदायका खास मागहरु के कस्ता छन्  ?

      निकेतन श्रेष्ठ : मुख्य समस्या भनेको सञ्चारकै हो । मुलतः आफ्ना कुराहरु प्रस्तुत गर्न पाउनु नै उहाहरुको लागि मुख्य कुरा हो यसका साथै शिक्षा तथा अन्य आधारभूत कुराहरु पनि छन् । अहिले स्थानीय निकाएलाई अधिकार दिएको छ तर स्थानीय सरकारलाई यो विषय थाहा नै छैन । बहिरा साथीहरुलाई आफ्नो कुरा राख्न पाउनु नै उनीहरुको मुख्य माग हो जस्तो मलाइ लाग्छ । 

      बहिरा समुदायको अधिकारका लागि आन्दोलनको जरुरी छ जस्तो लाग्छ ? 

      निकेतन श्रेष्ठ : मलाई आन्दोलन नै गनुपर्छ भन्ने चाही लाग्दैन । जनचेतनाकै माध्यामबाट नै यो समस्याको समाधान हुन्छ भन्ने मलाई लाग्छ । जसरी हामीले नेपाली बाहेक अन्य धेरै भाषाहरु सिकेका छौ त्यसमा हामीले बहिराको पनि भाषा सिक्ने र उनीहरुलाइ पनि सम्मान दिने गर्यौ भने उनीहरुको समस्या समाधान हुन्छ । 

      जनचेतनाले मात्र बहिराहरुको समस्या समाधान हुन्छ जस्तो लाग्छ तँपाईलाई ? 

      शिलु शर्मा : केही मात्रामा त त्यो पनि ठिकै हुन्छ । तर त्यतिले मात्र पुग्दैन । यो जिम्वेवारी सरकारले लिनुपर्दछ । केही जिम्वेवारी हाम्रो पनि हो तर मुख्य सरकारले नै पहलकदमी लिनुपर्छ । 

      हाम्रो अदालतमा बहिराको लागि वकिलहरुको व्यवस्था छ की छैन ?

      शिलु शर्मा : त्यस्तो वकिलको नै व्यवस्था चाही छैन । तर अदालत र प्रहरीले आवाश्यकता परेको बेला दोभाषेलाई बोलाउन चाही सक्छ र कहिले काही बोलाइरहेको हुन्छ । 

      बहिरा समुदायको मनको आवाज चाही के होला ?

      निकेतन श्रेष्ठ : उनीहरुको मनको मुख्य कुरा भनेको शिक्षाको गुणस्तर नै हो । गुणस्तरीय शिक्षा पाउने हो भने उनीहरुले पनि राष्ट्रको सेवा गर्न सक्छन् । त्यसैगरि सञ्चारको कुरा सहज होस् भन्ने पनि उनीहरुको आवाज हो । 

      शिलु शर्मा : बहिराहरु व्याक्तिहरुलाई पनि समाजले सम्मान गरोस् भन्ने एउटा उहाँहरुको मनमा छ । बोल्न सक्ने समुदायहरु सगै अगाडि बढौ तथा असमान व्यवहारको अन्त्य होस् भन्ने नै मुख्य चाहाना हो । 

        सम्बन्धित समाचारहरु