वैशाख १७,२०८३ / ०१ : ३२ अपरान्ह / 2026-04-30 01:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      यो देश नै भाङ्ग खाएर मातिरहेकोे छ संगितको कुरा के गर्नु : मदन गोपाल (भिडियो सहित)

      - ७ वर्ष अगाडि
      श्रावण १०,२०७५

      मदन गोपाल नेपाली गीत र संगीतको क्षेत्रमा एउटा सुपरिचित नाम हो । मोरङ्गको सिजुवामा जन्मेर आफ्नो कर्मथलो काठमान्डौ बनाउनुभएका मदन ले हालसम्म पचासको हाराहारीमा गीतहरु बजारमा ल्याइसकेका छन् । उनका आधुनिक, लोक पप लगाएतका गीतहरु हामी सुन्न पाउछौ । थोरै गीत गाएपनि कालजयी गीतहरु गाएर नेपाली श्रोता दर्शक माझ लोकप्रिय रहेका गाएक मदन सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौला ले गर्नुभएको अन्तवार्तामा आधारित 

      नेपाली गीत तथा संगीतको इतिहास र यसको विकासक्रमका विषयमा के भन्नुहुन्छ ? 

      नेपालको गीत रेकर्डिङ्गको इतिहास लगभग ११० वर्षको छ । पहिलो रेकर्डिङ्ग गीत शायद सेतुराम  ले गाउनुभएको थियो होला । शुरुवाती चरण निकै गाह्रो थियो । गीत रेकर्ड गर्न कलकत्ता जानु पथ्र्यो । जब २००७ सालमा आएर रेडियो नेपालको स्थापना भयो । त्यसपछि भने चालिसको दशक सम्म स्वर्णिम यूगको रुपमा रह्यो । त्यसबेला बनेका गीतहरु उत्कृष्ट थिए । गीतकार संगीतकार गाएक सबै सगै भएर काम गर्ने चलन थियो सबैको आत्मा र विवेक मिल्ने हुनाले गीत राम्रो हुन्थ्यो । गीत पनि पुरै रेकर्ड गर्नुपर्दथ्यो त्यसैले सबैको राम्रो संयोजन हुने हुनाले गीतहरु राम्रा र उत्कृष्ट थिए । अहिले हेर्ने हो भने गाएक र संगीतकारको भेट नहुन सक्ने, गीतकारले पनि मेलबाट फेसबुकबाट गीत पठाउने आदि इत्यादि कारणले सबैको संयोजन नहुने हुनाले राम्रो गीतहरु कम पाइन्छ । 


      नेपाली गीत शास्त्रिय बाट आधुनिक हुदै पप बाट –याप सम्म आइपुग्दा के गीतको स्तर घटेको हो ? 

      Madan Gopal singe

      नेपाली राजनीतिमा विभीन्न समुदायले पहिचान खोजे जस्तै संगीतमा पनि धेरै प्रकारका गीतहरु आए । पश्चिमीहरुको प्रभाव परेता पनि यो त्यति नराम्रो चाही होइन । किनकी यो श्रोताहरुले आ आफ्नो टेष्ट हुने भएकोले सबै खालका गीतहरुको आफ्नै विशेषता छन् । 

      तपाई प्रशिक्षक पनि हुनुहुन्छ । तपाइलाई गाउन र सिकाउन कुन कुरामा आनन्द  आउछ ? 

      शुरुमा गीत गाएक बन्नलाई सिकेको हो मैले । जब मैले संगीत सिक्नु भनेको निकै गहिरो कुरा हो भन्ने थाहा भयो तथा संगीत प्रतिको बुझाइ बदल्नका लागि पनि मैले खास संगीतको प्रशिक्षण गर्न थालेको हो । यो देश नै भाङ्ग खाएर मातिरहेको बेला देश भित्रका जनता पनि भाङ्ग खाएर मातिरहेका छन् र मिडियालाइ पनि भाङ्ग लागेको छ । जुनदिन भाङ्गको नशा छाड्छ र मिडियालाई पनि भाङ्ग लाग्न छोडेपछि राम्रो सगँ संगीतको विकास हुन्छ भन्ने लाग्छ तब भाइरल बाहेकका अरु गीत पनि सुन्न थाल्छन् । 

      तपाइको हेलिकप्टर भन्ने गीत लोक र पप दुवैको मिश्रण छ तर म्यूजीक भिडियोमा अलि मोर्डन मात्र देखिन्छ । किन यस्तो भयो ? 

      एउटै गीतमा सबै कुरा देखाउन नसकेर पनि हो । यो गीतको कुरा गर्दा यो गीतबाट एउटा कल्चर एक्सचेन्जको कुरा गर्न खोजिएको छ । यो पाकिस्तानी संगीतकारले संगीत गरेको गीत हो । यसमा नेपाली टिपीकल शब्दहरु छन् । यसलाई अहिलेको यूवाहरुलाई पनि होस र नेपाली गीत अन्तराष्ट्रिय हिसाबले पनि जाओस भनेर पनि हो । 

      संगीत लाइनमा धेरै आदर हुन्छ तथापी तपाइलाई चेलाहरुबाट कहिल्यै प्रेम प्रस्ताव आएको छ ? 

      अहिलेसम्म मेरो कलासमा आएको छैन । विविध उमेरका मान्छेहरु हुनुहुन्छ । म आफु त प्रेमको बारेमा सोच्दिन र मलाई पनि त्यस्तो आएको छैन । मेरो कक्षा एउटा फेमीली जस्तो छ । र प्रेम प्रस्ताव राख्ने आटँ कसैले गर्दैनन् । 

      कुनै विद्यार्थी पहिलो पटक आउदा वा उ तपाइको विद्यार्थी नहुदै गर्दा त्यस्तो नजरले हेर्नुभएको छ की छैन ? 

      Madan Gopalशुरुमा त मलाई गुरु जस्तो नै ठान्दैनन् तर जब कक्षा लिन थाल्छन् तब त्यस्तो सोच आउदैन आएको भए पनि हराउछ । मेरो कक्षाको बातावरणले यो सबै हराउछ । तर म उनीहरुलाई फेसबुकमा म्यासेजहरु पठाउछु । 

      यो संगीतको महासागरमा आफ्नै बिद्यार्थी लाई संगीत सिकिसकेपछिको अवस्थामा आफ्नो लामो यात्रामा सगै लिएर जाउ जस्तो लागेको छैन ?

      अहिले सम्म छैन । तर मेरो कलासमा पढेलेखेका मान्छेहरु नी आउनु हुन्छ सबै खालका आउनुहुन्छ कुनै बेला त्यस्तो मनमा आएछ र सम्मानीत तरिकाले कुरा आयो भने नाइ भन्न नसकियला (हासो)

      त्यसो भए अहिलेसम्म मदन गोपाल पग्लिएको छैन ? 

      हाहाहा । त्यस्तो हुदैन । भइहाल्यो भने सम्मानित तरिकाले हुन्छ । हुदै हुदैन भन्ने चाही हुदैन । 

      चिन्तन गर्नेहरुले लामो दारी पाल्ने चलन थियो तपाइको लामो कपाल र दारीको कुनै खास कारण छ की ?

      यो चाहाना नै हो । गाएक भएपछि यो अवसर पनि हो । कपालले भिडभाडमा अलि फरक पनि देखाउछ त्यो पनि एउटा कारण होला । दारी चाही एउटा म्यूजिक भिडियोमा सुरज सिहं ठकुरीले तपाइलाई दारी राम्रो देखिन्छ भनेपछि पाल्न थालेको हो ।  

      तपाइलाई मन पर्ने नेपाली नायीका ?

      रेखा थापा । किनकी उहा जे कुरा पनि बोल्ड भएर गर्नुहुन्छ । 

      अंग्रजी भाषामा गीत गाउन मन छ की ? 

      त्यस्तो अंग्रजीमै गाउन चाही मन छैन त्यसमा टङ्गको पनि कुरा हुन्छ नेपाली गीत नै बाहिरको श्रोता दर्शकलाई पुर्याउने मन चाही छ । 

        सम्बन्धित समाचारहरु