नेपालको फिल्म क्षेत्रमा साउन्ड एसिस्टेन्ट हुदै छिरेर सहायक मेक अप म्यानको रुपमा आफ्नो नया करियर शुरु गरी यही क्षेत्रमा लगभग दुइ दशक विताउनु भएका अमृत मरहठ्ठा जो अहिले नेपालमा टप मेकअप मेनको रुपमा हुनुहुन्छ । उहासगँ नेपाली पिल्मी क्षेत्रले भोगेका समस्या तथा यसको विकासक्रमका बारेमा नालीबेली छ । सामान्य मेक अप देखि हुदै माक्स मेकअफ सम्म नेपाली मेक अप लाईनको विकास भइसकेको यो परिस्थितिमा अमृत मरहठ्ठा सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौला ले गर्नुभएको अन्तवार्तामा आधारित
नेपालमा भएको मेक अपको इतिहास तथा यसको विकासक्रम के कस्तो छ ?
मेक अपको इतिहास हेर्ने हो भने त यो पूर्विय दर्शन अनुसार देवी देवताकै पालादेखि चलि आएको हो । त्यो बेला पनि अप्सराहरु मेकअप गर्थे । उर्वसी कति राम्री भन्ने हुन्थ्यो । अहिले आएर पनि मेक अप भइरहेको छ । यो कसरी राम्रो हुने भन्ने मानव चाहानाले उब्जाएको कुरा हो । राणाहरुको वेलामा पनि ओट्स हरु र अन्य प्राकृतिक चीजहरु लाई पिसेर चिउरा जस्तो बनाएर मेक अप का सामान बनाइन्थ्यो । हाम्रा हजुरआमाका पालामा पनि फूलहरुबाट मेकअप बनाइन्थ्यो । अहिले आएर सबै कुरा प्याकेटमा पाइन्छ ।
अहिले मेकअपको टेन्ड बद्लियो हैन त त्यसो भए ?
हो अहिले त धेरै फरक भएको छ । अहिले पछिल्लो बीस बर्षको बीचको समय हेर्ने हो भने पनि धेरै फरक भइसकेको छ । फिल्म लाइनमा हेर्ने हो भने पनि पहिला कलाकारहरुलाई हामीले आफ्नो तरिकाले मेक अप गर्दथ्यौ अहिले आएर कलाकार हरु आफ्नो इच्छा अनुसारको मेकअप गर्न लगाउनु हुन्छ ।

हलीउड, बलीउड तथा हाम्रो मेकअप गर्ने अहिलेको तरिकामा कस्तो फरक छ त ?
बलिउड सगँ त हाम्रो लगभग समान नै छ तर हलिउड चाही हामी भन्दा प्रविधीका हिसावले निकै नी अघि छ । तर अहिलेको अवस्थामा हामीले हलिउडलाई नै टक्कर दिन सक्छौ । किनभने मैले मेकअप गर्दा जुन प्यानस्टिक प्रयोग गर्थे अहिले पनि त्यही प्रयोग गर्छु । अहिले हलिउडले अर्कै सामानले गर्ने काम हामी त्यही सामानले गर्छौ । र हामीले फिल्म लाइनमा गर्नुपर्ने न्याय गरिरहेका छौ ।
हामीलाई सामान्य वालहरुमा कलर लगाउदा त रमाइलो लाग्छ तपाइ त राम्रा राम्रा नायीकाहरुलाई मेकअप गर्नुहुन्छ । तपाइलाई पहिलो पटक कुन नायीकालाई मेकअप गर्दा रमाइलो भएको थियो ?
(हास्दै) रमाइलो भन्दा पनि शुरु शुरुमा डर नै लाग्छ । अहिले पनि नयाँ कलाकार सगँ काम गर्न डर नै लाग्छ मलाई । पहिलो पटक हिरोइनलाई पफ मार्दा खेरी अति नै रमाइलो लाग्यो । यति सम्म की म राती पनि निदाइन होला । यस्तो कलाकारलाई मैले छुन पाएँ भन्ने लागिरह्यो ।
तपाइ यो लाइनमा आउन के बाट प्रेरित हुनुभयो ?
म खासमा साउन्ड एसिस्टेन्ट भएर छिरेको हो । मैले जब फिल्म लाइनमा लागेर काम गर्न थाले पछि मलाई अलि मेकअप को काम चाही भद्दा भएको हो जस्तो लागिरह्यो । सबै कुरा मिलेर पनि केही नमिलेको त्यही भएर म यो लाइनमा केही गरौ भनेर नै आएको हुँ ।

मेकअप गर्दा के कुरालाइ ख्याल गर्नुपर्छ ? एउटा सामान्य मान्छेले बुझ्ने गरी बताइदिनुस न ।
सामान्य हिसाबले भन्नु पर्दा यो ठाँउ अनुसार फरक हुन्छ । सनब्लक ले मात्रै पनि मेकअप को काम गर्छ । त्यसपछि फेसटोल वा फेसको रगं अनुसार पाउडर लगाउनु पर्छ । कसैको सेतो फेस हुन्छ कसैको ब्राउन हुन्छ त्यसैले फेस अनुसारको लगाउनु पर्छ । र सामान्यतया मेकअप गरेजस्तो नदेखीने गरी प्राकृतिक अनुहार देखिने गरि हलुका ब्राइट हुने गरि लगाउन पर्छ ।
तपाइ फिल्म लाइनमा चर्चित नै हुनुहुन्छ, कतिको फोन नं. हरु माग्ने गर्छन ?
चिन्नेहरुले माग्छन् । सुटिङ्गकै क्रममा पनि नम्बर माग्नेहरु छन् खासगरी केटीहरुले नै बढी नम्बर मागिरहेका हुन्छन् । कोही कोहीले अब तपाइलाई मेरो विवाहमा बोलाउछु आउनु पर्छ नम्बर दिनुस् भनेर लान्छन् । थाहा पाएपछि र चिनेपछि माग्छन् ।
तपाइको मेकअप सम्बन्धी एउटा किताब आउने कुरा छ कहिले आउछ ?
हुन त यो कुरा मैले खासै सेयर गरेको छैन । तरपनि म एउटा बुकको तयारी गरिरहेको छु । मैले केही लेखेको छु । केही अध्ययन पनि थप गर्ने विचार छ त्यो सबै मिलाएर शायद अर्को वर्ष सम्म आउछ होला ।








