वैशाख १७,२०८३ / ०१ : २८ अपरान्ह / 2026-04-30 01:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली सरकारले जनतालाई अत्याउने कामगर्न थाल्यो, अब ढल्छ : गोपालमानश्रेष्ठ

      - ७ वर्ष अगाडि
      असार ३१,२०७५

      सरकार र प्रमुखप्रतिपक्षीदल नेपालीकांग्रेसबीचको दुरी बढिरहेको छ । डा. गोविन्द केसीको मागका सन्दर्भमा सत्तारुढ दल नेकपा र कांग्रेसको कुरा बाँझिएको छ । कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्तिअहिलेको सरकाले बदर गरेपछि मतभेद झनै बढेको छ । नेपालीकांग्रेसले केपीओली नेतृत्वको सरकार अधिनायकवादीबन्नखोजिरहेको आरोप लगाएको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषिधमलाले नेपालीकांग्रेसका नेतागोपालमानश्रेष्ठसँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादितअंशयहाँ प्रस्तुतगरिएको छ । 

      गोपालमानश्रेष्ठ, नेता नेपालीकांग्रेस

      नेपालीकांग्रेस अबअसफलभएकै हो त ?

      विहानीले दिनको संकेत गर्छ भने झैँ अहिलेको सरकार असफलहुने संकेत देखिएको छ । प्रधानमन्त्री केपीओलीको बोली, प्रतिवद्धता असफलहुँदै गएको छ । त्यसैले नेपालीकांग्रेसले अन्तमागोल हानेरै छाड्छ । 

      प्रधानमन्त्रीओलीले त सरकार सफलभएरै छाड्ने दाबी गरेका छन् नि?

      बोलेर मात्रै हुँदैन । अहिलेको सरकार अधिनायकवादतिर गइरहेको छ । उखान टुक्काले मात्रै देशविकास हुँदैन । मुलुकबनाउनलाई नेपालीजनतालाई स्वतन्त्रता दिनुपर्छ । न्यायालयमाथिको हस्तक्षेप रोक्नुपर्छ । 

      नेपालीकांग्रेस कमजोर भइरहेको अवस्थामा सरकार त बलियो हुँदै गएको छ नि?

      नेपालीकांग्रेस कमजोर छैन । कांग्रेसलाई साथदिनेहरु बढिरहेका छन् । पाँचवर्षपछिको चुनावमाकांग्रेस अगाडि त आउँछ नै, तर अहिलेको सरकारको प्रवृत्ति हेर्दा पाँचवर्ष पनिकुर्नु नपर्ने अवस्था देखिएको छ । पूर्व सरकारले गरेका सबै निर्णय र नियुक्तिबदर गरेर सरकारले गल्ती गरेको छ । 

      पूर्व सरकारको निर्णय त विगतमातपाईहरुले पनि उल्ट्याउनुभएको थियो नि?

      एउटा,दुईवटा निर्णय उल्ट्याउने भनेको सामान्यहो । तर अहिलेको सरकारले राम्रा निर्णय पनि उल्ट्याएको छ । भूकम्प पीडितलाई एक लाख रुपैयाँदिने निर्णय, ६५ वर्ष पुगेकालाई भत्तादिने निर्णय, दिर्घ रोगीलाई भत्तादिने निर्णय जस्ता जनताको हितमागरिएका निर्णय पनि उल्ट्याइएको छ । 

      निर्वाचनआचारसंहिता लागुभएपछि गरिएका निर्णय उल्ट्याइएको हो । यसलाई त सामान्य रुपमालिनुपर्ने होइन?

      आचारसंहिता लागुभएपछि भएको गलतकामको विषयमा त निर्वाचनआयोगले बोल्नुपर्ने हो नि । त्यसबेलाको सरकारले निर्वाचनआयोगको स्विकृति लिएर आवश्यकताअनुसार निर्णय गरेको हो । पाँचवर्षकालागिबनेको सरकारले यस्तो दम्भ देखाउनु जरुरी छैन । 

      तर अब कम्युनिष्ट सरकार वर्षौँसम्मलम्बिने सम्भावना छ नि?

      संसारबाटै अस्ताएको कम्युनिष्ट नेपालमाउदाएको छ । यो धेरै लामो समय टिक्दैन । 

      तपाईशिक्षामन्त्रीहुँदाल्याएको चिकित्साशिक्षासम्बन्धीअध्यादेश त असफलभयो नि?

      मैले त्यसबेला सबै पक्षसँग सल्लाह गरेर अध्यादेश ल्याएको थिएँ । ससंद नभएको बेलाभएकाले नियमबनाउनपाइएन । माथेमाप्रतिवेदनकाबारेमा सबैले सकारात्मक टिप्पणी र सुझाब दिएपछि त्यसलाई स्थापितगर्नकालागि मैले अध्यादेश ल्याएको थिएँ । त्यसलाई अहिले जस्ताको तस्तै पास गर्नुपथ्र्यो । तर बङ्ग्याएर विधेकय पास गर्न खोजिएको छ । दुईतिहाई बहुमतभएकाले यो सरकार अराजकबन्दै गएको हो । 

      डा. गोविन्द केसी नेपालीकांग्रेसको नेताभन्ने आरोप लागेको छ नि?

      डा. केसीकांग्रेसको मान्छे भएको भए त उहाँले नेपालीकांग्रेसको सरकार हुँदाअनशन बस्नुहुन्थेन नि । उहाँले त शुशीलकोइरालाप्रधानमन्त्रीहुँदादेखि नै सत्याग्रह सुरु गर्नुभएको हो । शेरबहादुर देउवाप्रधानमन्त्रीहुँदापनि तीनपटक अनशन बस्नुभयो । हामीले उहाँलाई सम्मानगर्यौँ । उहाँले भनेअनुसारको अध्यादेश ल्यायौँ । तर अहिलेको सरकारले अनेक आरोप लगाएर नेकपाका नेताको मेडिकल कलेजलाई छुट दिनखोजिरहेको छ । 

      अहिलेको सरकार विकास र समृद्धिको एजेण्ड बोकेर हिँडेको छ । नेपालीकांग्रेस चाँहीबाधकमात्रै देखियो नि?किनअस्थिरता सृजनागर्दैहुनुहुन्छ ?

      स्थिरता भन्दैमा साराको कुराको दमनगर्न त भएननि । हरेक स्वतन्त्रताको हननगर्ने, अनावश्यक ठाउँमा निषेधित क्षेत्र तोक्ने, यसरी नि स्थिरता हुन्छ । यो त राणा शाषन जस्तै भयो । एउटा प्राज्ञ विदेशजानलाग्दा समातेर वालुवाटारमाथुन्ने जस्ता मनलाग्दीगर्न त पाइदैन । सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भनेर संविधानमा लेख्दा लेख्नै पनि बल मिच्याईँ गरिएको छ । ज्यानमारेर अदालतले जेल पठाएकालाई छोड्ने, यस्ता कामगर्न थालेपछि त यो सरकारको दिनगन्ती सुरु भइहाल्छनि ।

      उसो भए केपीओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको हो त ?

      यहीतरिकाले सरकार चलाउने हो भने, तीन करोड जनतालाई अत्याउने कामगर्ने हो भने अबकोहीपनिचुपलागेर बस्दैन । 

      जनमतसहितदुई तिहाई बहुमतपाएको सरकारलाई तपाईहरुले ढाल्न सक्नुहुन्छ र ?

      जनमतपाएकै हुन् । जनताहरु धेरै आशावादीपनिथिए ।जुनआशाले उहाँहरुलाई भोट हाले, त्यो सबै आशातुहिदै गएको छ । यो कुरा जनताले बुझ्दै गएका छन् ।

        सम्बन्धित समाचारहरु