भाद्र १,२०७९ / ०४ : ०० पूर्वान्ह / 2022-08-17 04:00 am

        प्रदेश १ को बजेटका प्राथमिकता, नामाकरण र राजधानी लगायत विषयमा कुसुम श्रेष्ठसगँको संवाद (भिडियो सहित)

        - ४ वर्ष अगाडि
        असार २७,२०७५

        तत्कालीन ने.क.पा. माओवादीबाट प्रदेश नं. १ को प्रदेश सभा सदस्य (संसद) बन्नुभएकी माननीय कुसुम श्रेष्ठ अहिले प्रदेश नं. १ को सार्वजनिक लेखा समिति सदस्य पनि हुनुहुन्छ । खेलकुद परिषदको सदस्यको पनि जिम्वेवारी समालीसक्नु भएकी कुसुम सगँ प्रदेश नं. १ को नयाँ बजेट, बजेटले निर्धारण गरेका र प्राथमिकता दिएका क्षेत्रहरु आदी बारे चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिनुभएको अन्र्तवार्तामा अधिारित 

        प्रदेश १ को बजेट कति हो अहिलेको ?  

        अहिले प्रदेश सरकारले यो आर्थिक बर्षका लागि कुल बजेट ३५ अर्ब छुट्यायको छ ।  

        प्रदेश नं. १ को प्राथमिकतामा कुन कुन क्षेत्र परेका छन् ?

        मुलतः कृषी नै हो । पुरानो तरिकाले गरिरहेको खेती प्रणालीले मात्र विकास हुन सक्दैन भन्ने विश्वासले हामीले कृषीको आधुनिकीकरणका लागि जोड दिएका छौ । कृषीमा धेरै भन्दा धेरै किसानलाई सामेल गराउने र ठाँउ अनुसारको अन्न तथा फलफुल उत्पादन गर्ने योजना छ । जसअनुसार कृषीमा धेरै अनुदानहरुको ब्यवस्था गर्ने काम प्रदेशले गरेको छ । कृषीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य छ । 

        प्रदेश नं. १ मा भएका १४ ओटा जिल्लाहरुको लागि केही बिशेष कार्यक्रम के के छन् ? 

        केही कार्यक्रमहरु छन् । जस्तो की संखुवासभाका लागि रुद्राक्षको बिशेष क्षेत्र बनाउने, इलामको लागि चिया त्यस्तै पहाडी जिल्लाहरुका लागि अलैची तराइका लागि धान तथा अन्य चक्लाबन्दी खेती हरुको लागि अनुदान दिने कार्यक्रम सरकारले ल्याएको छ । 

        कृषीमा आत्मनिर्भर बनाउने जुन योजना छ त्यो प्रदेश नं. १ लाई मात्र बनाउने हो की पुरै देशलाई बनाउने भन्ने योजना हो ?

        अब सक्दा त देशलाई नै आत्मनिर्भर बनाउने गरी उत्पादन गर्ने भन्ने हो तर नसक्दा पनि प्रदेश नं. १ लाइ चाही फलफुल, अन्न लगाएत सबै कृषीका क्षेत्रमा आत्मनिर्भर बनाउने भन्ने हो । र यसबाट जनतामा केही परिवर्तन होस भन्ने हाम्रो चाहाना हो । त्यही रणनीति अनुसार हाम्रो कार्यक्रम छ ।

        पर्यटन प्रर्बद्धनका लागि चाही के के योजना छन् त ?

        कृषी पछाडि प्रदेश नं. को प्राथमिकतामा परेको क्षेत्र चाही पर्यटन हो । पर्यटनमा विकास गरेर मात्र समग्र क्षेत्रको विकास सभंब छ भन्ने विश्वास हामीलाई छ । हाम्रो प्रदेशमा संसारकै सबभन्दा अग्लो चुचुरो सगरमाथा छ । यो लगाएत धेरै हिमालहरु छन् जसलाई आधार मानेर धेरै पर्यटकहरु  भित्र्याउन सकिन्छ । प्रदेश १ का धेरै ठाँउहरु जस्तै धनकुटाको साँगुरी गढी, पटेक डाडा, तेह्रथुमको तिनजुरे, ताप्लेजुङ्गको पाथीभरा लगायत धेरै ठाँउहरु छन् जसलाई प्रर्बद्धन गरेर पर्यटनको विकास गर्न सकिन्छ । 

        http://www.chinaripost.com/pagegallery/2018071131.jpg

        पर्यटनका पुर्वाधारका लागि आधार के के छन् त ?

        अहिले पर्यटनलाई आधार बनाएर मुख्यमन्त्री ग्रामीण सडक को योजना छ । पर्यटक लाई सहज हुने गरी पूर्वाधारको निर्माण गर्ने र यसका साथसाथै पैदल रुटको विकास गरेर पनि पर्यटक बढाउन सकिन्छ भन्ने मेरो मान्यता छ । र यस्तो खालको पर्यटन हाम्रो देशको लागि मौलीक हुन्छ र सफल पनि हुन्छ भन्ने छ । 

        तल्लो बर्गलाई उत्थान गर्ने गरी केही कार्यक्रमहरु छन त ? 

        बिशेष त तल्लो बर्गले पनि खेतीपाती गर्ने हुनाले कृषी क्षेत्रबाटै उनीहरुको पनि उत्थान हुन सक्छ भन्ने हाम्रो मान्यता हो । अन्य तरिकाले पनि उधोग धन्दा चलाएर पनि रोजगारको श्रृजना गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । खेलकुदका क्षेत्रमा पनि यसलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरेर अगाडि लानुपर्छ भन्ने छ । 

        कानुन बनाउने काममा चाही कतिको सफलता मिलिरहेको छ त ? 

        हामीले १४ ओटा कानूनहरु निर्माण गरिसकेका छौ । अन्य केही कानूनहरु पनि निर्माणको क्रममा छन् । कानून निर्माण महत्वपूर्ण भएता पनि हामीले विकास निर्माणलाइ नै पहिलो प्राथमिकता दिएका छौ । तथापी प्रदेश सन्चालन कार्यविधी, स्थानीय निकाएहरु सन्चालनका कार्यविधीहरु आदिहरु निर्माण भइसकेका छन् । राजनीति सगँ सम्बन्धीत भएकाले केही गाह्रो चाही भएको महशुष भएको छ । 

        प्रदेश नं. ६ ले विवादरहित तरिकाले प्रदेशको नामाकरण गर्यो र राजधानी पनि तोक्यो । त्यसैगरी प्रदेश नं. ४ ले पनि केही विवादका बाबजुद नामाकरण टुङ्गायो । प्रदेश १ मा के हुदैछ ? 

        प्रदेश १ ले पनि अब शुरु हुने अधिवेसनबाट नाम र राजधानी टुङ्गाउने भन्ने छ । जनताको विकासका कामलाइ प्राथमिकता दिदाखेरी ढिलो हुन गएको हो अब चाडै नै टुङ्गिन्छ । एकमत हुने नहुने भन्ने अर्को कुरा हो तर यो अब धेरै समय रहदैन । 

        नामाकरणमा विवाद हुने देख्नुहुन्छ ? 

        पक्कै पनि हुन सक्छ । पहिले देखिको थाकथलो मानेर किरात नाम राख्ने भन्नेहरु पनि छन् । लिम्बुवान हुनुपर्छ भन्नेको पनि ठुलै जमात छ । त्यसैगरी सगरमाथा जुन विश्वकै गौरव छ त्यही राख्नुपर्छ भन्ने हरु पनि छन् । सबैलाइ अपनत्व हुने खालको नाम हुनुपर्छ भन्ने मेरो मान्यता हो । सगरमाथा जस्तै नाम उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ किनकी यसले कसैलाई पनि दुःखी बनाउदैन । एउटा जाती बिशेषको नाम राख्दा अर्को उती नै खुशी हुन्छ भन्ने छैन ।

        तपाइ आफै पनि राजधानी धनकुटा बनाउने आन्दोलनमा भाग लिनुभएको थियो ? राजधानी कता होला ?

        हो म आफै पनि राजधानी धनकुटालाई बनाउन लागि परे । हामी सगै थियौ हैन र । हामीले धेरै नेताहरु सगँ गएर माग गर्यौ । धर्ना तथा डेलीगेसन गर्यौ । धनकुटा राणाकाल देखि नै गौडाको रुपमा रहेकोले पनि राजधानी हुनुपर्छ भन्ने हाम्रो बुझाई हो । धनकुटालाइ अहिले अन्याय भएको छ । म सधै नै यसको पक्षमा लडिरहने छु अब हेरौ के हुन्छ ? दुइ तिहाइको कुरा छ कतातिर मत पुग्छ तरपनि भौगोलिक र अन्य हिसाबले धनकुटा नै हुनुपर्छ । 

          सम्बन्धित समाचारहरु