वैशाख १७,२०८३ / ०१ : ३१ अपरान्ह / 2026-04-30 01:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बालकृष्ण समले नाटकलाई दरबारबाट बाहीर ल्याए : सरीता गिरी, भिडीयो सहित

      - ७ वर्ष अगाडि
      असार ११,२०७५

      सरीता गिरी नेपालको नाटकको क्षेत्रमा सुपरीचीत नाम हो । विद्यालयको अध्ययन सम्पन्न हुने बित्तिकै रङ्गमन्चतिर लाग्नुभएकी सरीता ले २०५७ सालदेखि नै एकल प्रस्तुति दिन थाल्नुभएको हो । उहाँले अभिनय गर्नुभएका सबै नाटकहरुलाई दर्शकले उत्तिकै मन पराएका छन् । उहाँको रङ्गमन्चमा बिशेष योगदान छ । मार्सल आर्टबाट कलाको क्षेत्रमा आउनु भएकी सरीताले धेरै फिल्ममा आफ्नो कला प्रस्तुत गरेर एउटा सफल कलाकार भइसक्नुभएकी सरीता आफुलाई एउटा रङ्गकर्मीकै रुपमा परिचय गराउन चाहानु हुन्छ । उहासगँ नेपालको नाटकका विविध क्षेत्रमा चिनारी पोष्ट का लागि ओम प्रकाश निरौलाले लिएको अन्तवार्ता

      नेपालको नाटकको इतिहासको बारेमा केही बताइदिनुस । 

      नेपालमा शुरु शुरुमा राजाहरुले डबलीमा नाटक गर्न लाउने चलन थियो । आफ्नो मनोरन्जनका लागि कलाकार हरु ल्याउने, पुरुष कलाकारले नै महिलाको भूमिका गर्ने चलन थियो । विस्तारै बालकृष्ण समले नाटकलाई बाहिर दरवारबाट बाहीर ल्याए । उनले नाटकमा महिला कलाकारहरुको पनि सहभागिता गराए ।  जसले नेपालको नाटक क्षेत्रमा एउटा रिभोलुसन पनि ल्यायो । 

      नेपालका धेरै क्षेत्रमा अन्य देशको प्रभाव परेको पाइन्छ । नाटकको क्षेत्रमा चाहीँ के कस्तो प्रभाव परेको छ भन्ने लाग्छ ? 

      हो नाटकको क्षेत्रमा पनि अन्य ठाँउको प्रभाव परेको छ । खास गरी साउथ एसियन देशको वा भनौ भारतको प्रभाव अलि बढि नै परेको पाइन्छ । खासगरी हाम्रो कल्चर मिल्ने भएकोले पनि यस्तो भएको हो तर हामी नाटकको क्षेत्रमा हेर्ने हो भने हामी भारत भन्दा अलि अगाडि छौ । किनभने उनीहरुको नाटक जातीय विभेद तथा बर्गीय विभेद भन्दा माथि उठ्न सकेको छैन । हामीहरु चाही त्यो भन्दा अलि माथि नै छौ । 

      नेपालको मौलिकता चाही के हो त नाटकको क्षेत्रमा ? 

      नेपालको मौलिकता भनेकै हाम्रो सस्कृति हो हाम्रो सास्कृतिक विविधता जसलाई हामी नाटकमा पनि प्रस्तुत गर्छौ त्यसले नै हाम्रो नाटकलाई अन्य ठाउको नाटक भन्दा फरक देखाउछ । हामीले बिभीन्न ठाँउमा नाटक महोत्सवका लागि जादाँ पनि यो कुरा थाहा पाउछौ । हामी अरु भन्दा भिन्न हाम्रो कल्चरका कारणले छौ भन्ने मलाई लाग्छ । 

      विकसित देशहरुका नाटक र हाम्रो नाटकहरुमा के कस्ता फरक पाउनु भएको छ ? 

      विकसित देशहरुमा मुख्य त उनीहरुको प्रविधी नै फरक छ । खासमा भन्नुपर्दा उनीहरु धेरै अगाडि छन् । मैले स्टेजमै जहाज कुदाएको समून्द्र बनाएको देखेको छु । यस्तो कुरा हाम्रोमा छैन । उनीहरुसगँ थिएटर इन्जिनियर हरु नै हुनुहुन्छ । हामी सगँ यो कुराको अभाव छ । हामीसगँ पनि राम्रो राम्रो डिजाइनरहरु त हुनुहुन्छ तर थिएटर इन्जिनियर नै चाही हुनुहुन्न । 

      http://www.chinaripost.com/pagegallery/2018062562.jpg

      अहिलेका नाटकहरु मा चाही के कस्ता कुराहरु हेर्न पाइन्छ ? 

      अहिले समानताका बिषयमा हामी धेरै अगाडि आइसकेका छौ । हामीले भर्खरै एउटा नाटक मन्चन गर्यौ जहाँ १४ जना महिला कलाकार उभिएर भजैनाका बारेमा कुरा गर्यौ । यो सामान्य विषय होइन । जुन कुरा हामी परिवारमा बोेल्न सम्म सक्दैनौ त्यही विषयमा हामीले स्टेजमा रहेर दर्शक सगँ कुरा गर्यौ जसले हामी कति अगाडि छौ भन्ने देखाउछ । अन्य नाटकहरु नी भइराखेका छन् जसमा महिला मात्र पात्र रहेका छन् । यी उदाहरणहरुले देखाउछ की हामी धेरै अगाडि छौ । 

      कलेज स्कूल महिलाको मात्रै हुने नाटक पनि महिलाको मात्रै के महिलाहरु पुरुष भन्दा पनि बढी क्रान्तिकारी हुन् ?

      म यो विषयमा के भन्छु भने म नारीवादी होइन र म पुरुष सगँ सघंर्ष गर्नुपर्छ भन्ने पनि ठान्दिन तर के कुरा चाही हो भने परिवर्तनका हिसावले महिलाको सहभागिता हुनु भनेको सामाजिक सोच र चेतनाको परिवर्तन पनि हो । 

      तपाइलाइ के लाग्छ समाज महिलाका विषयमा साच्चिकै परिवर्तन भएको हो त ? की महिलाको सहभागिता बढेको हो यो क्षेत्रमा ? 

      दुवै हो । फिफ्टी फिफ्टी । केही न केही समाज नी परिवर्तन भएकै हो । म नाटक गर्न जादा बेलुका आफै घर फर्कन सक्छु भन्ने मेरो ममीलाई बिश्वास छ यो परिवर्तन हो यसका साथै महिलाको सहभागिता पनि बढेको छ यो क्षेत्रमा । 

      तपाइ थियटरमा आएपछि यही अनुभव लिनु भयो की अध्ययन गरेर यो क्षेत्रमा आउनु भयो ? 

      म यही क्षेत्रमा आएर अध्ययन तथा अनुभव बटुल्दै आएको हो । एस. एल. सी. पास गरेपछि नै म यो क्षेत्रमा आएको हु । विस्तारै यसै क्षेत्रमा लागेर काम तथा अनुभव गर्दै गर्दै म याहासम्म आएकोे छु । अहिलो त चौध पन्ध्र बर्ष भइसक्यो । नाटकको शिलशिलामा धेरै ठाँउ पनि गएँ देश विदेश धैरैतिर । 

      http://www.chinaripost.com/pagegallery/2018062579.jpg

      तपाइले यो क्षेत्रमा लागेर नाम लगाएत धेरै कुरा पाउनु भएको छ । तपाईले नाटक खेलेर समाज वा राष्ट्रमा के कस्तो योगदान गनुभयो ?

      यो अलि नै जटिल प्रश्न हो मेरो लागि । मैले त्यस्तो त खासै गरेजस्तो लाग्दैन तरपनि म देश बाहिर जहाँ जहाँ जान्छु त्याहाँ म मात्र जान्न मेरो टिम र मेरो देश म सगै गएको हुन्छ । म नेपाली हुँ र म देशको लागि यो क्षेत्रबाट केही गर्दैछु भन्ने लाग्छ । त्यही नै हो खासमा चाही नेपालको पहिचान बाहिर लैजाने काम नै मैले गरेको छु भन्ने लाग्छ । 

      तपाइलाइ मन पर्ने लेखक ? 

      मलाई बि. पी. कोइराला मन पर्छ । हुन त मैले अवार्ड बालकृष्ण समको नाटकमा भूमिका निभाए बापत पाएको छु । तर पनि बि. पी. को लेखन अलि जिवन्त लाग्छ । उहाँलाई पढ्दा म आफै नै त्याहाँ पात्र भएको फिल हुन्छ । 

      नाटकको क्षेत्रमा केही गर्न सकिन्छ की भनेर आउन चाहाने हरुको लागि याहाँको के सन्देश छ ? 

      म आउनुस् नै भन्छु । यो क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ त्यसैले आउनुस भन्छु तर दुइ चार महिनाको लागि याहाँ आएर फेरी अन्त जानेगरी आउनु भन्दा आठ दश बर्ष नै यो क्षेत्रमा कम्तिमा बिताउने गरी आउनुस् भन्ने मेरो सल्लाह छ । अध्ययन पनि हुन्छ केही योगदान पनि गर्न सकिन्छ । 

        सम्बन्धित समाचारहरु