वैशाख १७,२०८३ / ०१ : ३० अपरान्ह / 2026-04-30 01:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अब कुनै पनि कुरामा विमतिको छिद्र खोज्न सकिदैन : पौडेल

      - ७ वर्ष अगाडि
      जेष्ठ ५,२०७५
      लामो समयको प्रयासपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । दुवै दलका नेताहरु एकतावद्ध भएर नयाँ दल गठन गरेपछि जनता पनि उत्साहित छन् । यद्यपी एकीकृत दल अझै पूर्ण र परिपक्क हुन बाँकी नै छ । एकतापछि अब नयाँ दल कसरी अगाडि बढ्छ त ? यिनै विषयमा नेकपा सचिवालयका महासचिव विष्णु पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

      दुई दल मिलाएर नयाँ गठन गर्दा जनता उत्साहित छन् । तर तपाईहरुलाई चुनौति पनि धेरै छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?
      सबैखाले चुनौतिको सामना गरेर देशलाई समृद्धिको दिशामा लैजाने कुरामा हामी सचेत छाँै । प्रतिपक्षमा रहेका सबै दललाई पनि समेटेर अगाडि बढ्छौँ ।

      केन्द्रमा त एकता भयो । अब तल्लो तहसम्मको एकता कसरी गराउनुहुन्छ ?
      पार्टीका सबै तहका संरचनालाई तीन महिनाभित्र एकतावद्ध गर्छौँ । पार्टी निकटका जनवर्गीय संगठनहरुलाई पनि एकता गर्छौँ ।

      सबैलाई व्यवस्थापन गर्न त ठूलै चुनौति छ नि ?
      नेताहरुकाबीचमा विमतिका कुरा खोज्ने, कार्यकर्ताकाबीचमा विमतिका कुरा खोज्ने काम अब छोडौँ । अब विमतिको खोजी गर्ने चरण पार गरिसकेका छौँ । अब एउटै पार्टी हो । दुईवटा धार वा विचार भन्ने कुराको नै समाप्त भएको छ ।

      वैचारिक रुपमा महाधिवेशनअघि नै सहमति त गर्न सक्नुभएन नि ? विमति त बाँकी नै छ ।
      अब राजनीतिक, सैद्धान्तिक र वैचारिक विमतिका कुरा पनि छाड्नुपर्छ । हामी राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपमा एकतावद्ध भइसकेका छौँ । भावनात्मक रुमपा नै मिलिसकेपछि अरु कुनै विमतिका कुरा रहदैन ।

      जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको माओवादको विवादमा त अझै समाधान खोज्नुभएको छैन नि ।
      हिजोको दिनसम्म आइपुग्दा एउटा निष्कर्ष निकालेका छौँ । लोकतन्त्रका विश्वव्यापी मान्यताप्रति हामी प्रतिवद्ध छौँ । जनवाद र समाजवादी अर्थतन्त्रको बाटोमा हिँड्नेछौँ । समाजवादउन्मुख जनताको जनवादलाई हामीले स्विकार गरिसकेका छौँ । त्यसैले अब कुनै पनि कुरामा विमतिको छिद्र खोज्न सकिदैन । हामीले विमतिको चरण पार गरिसकेका छौँ ।

      त्यसोभए अब कुनै पनि विषयमा विवाद हुँदैन ?
      यो एउटा जिवन्त कम्युनिष्ट पार्टी हो । बहस र छलफललाई जहिले पनि प्रोत्साहित गर्छौँ । त्यसका लागि अनुकूल वातावरण खोज्छौँ । तर विवादको वातावरण बनाउदैनौँ । विवादको अवस्था विल्कुलै आउँदैन ।

      महाधिवेशनमा अध्यक्षद्धय केपी ओली र प्रचण्डबीचको कुरा मिल्छ त ?
      केपी ओली र प्रचण्डबीचको कुरा त मिल्छ मिल्छ । सिङ्गो पार्टी्भित्रै कुरा मिल्छ ।

      अहिले त दुईजना नै अध्यक्ष हुनुहुन्छ । महाधिवेशले त एकजना बनाउँछ । त्यतिबेला कसरी कुरा मिल्छ ?
      कुरा मिल्छ । कुनै विवाद हुँदैन ।

      महाधिवेशन कहिले हुन्छ ?
      अब तयारी गर्नुपर्छ । दुई वर्ष्भित्रमा महाधिवेशनमा जान सकिने अनुमान गरिएको छ ।

      तपाईको नेतृत्वमा गठन भएको नौ सदस्यीय सचिवालयले केके काम गर्छ ?
      सचिवालयले पार्टीका निर्णयको कार्यान्वयन गर्छ । पार्टीको बैठकमा हुनुपर्ने छलफलका विषयमा तयारी गर्ने काम हुन्छ ।

      तपाईको राजनीतिक फड्कोले हाइट बढायो हैन ?
      यो कुनै व्यक्तिको फड्को होइन । समग्र राजनीतिक आन्दोलनको फड्को हो । देश र जनताले नै फड्को मारेका छन् ।

      एकतापछि तपाईहरुमा घमण्ड देखिन्छ कि भन्ने आशंका कतिपयले गरेका छन् । तपाई कसरी आश्वस्त पार्नुहुन्छ ?
      यो मात, उत्तेजना, आवेश घमण्डको विषय होइन । एकता जिम्मेवारीवोधको विषय हो । देश र जनताप्रतिको जिम्मेवारीप्रति हामी सचेत छौँ । कर्तव्यवोधका साथ अगाडि बढ्छौँ ।

      अबका दिनमा सरकार कसरी अगाडि बढ्छ ?
      हिजोदेखि संयुक्त सरकार रहेन । अब नेपाल कम्युनिष्ट पार्टीको एकल सरकार हो । बहुमत प्राप्त सरकार, दुई तिहाईभन्दा बढिको समर्थन छ । सरकारलाई समर्थन गर्ने र प्रतिपक्षमा रहने सबै दललाई अगाडि लिएर अगाडि बढ्छौँ । अब हामी समाजवादतर्फको यात्रा गर्छौँ ।

        सम्बन्धित समाचारहरु