मलेसियामा ५० बिगा क्षेत्रफलमा ड्रागन, अगर र पाम तेल प्रजातीको व्यवसाय गर्दै गरेका महाजन कृषी तथा पशुपंक्षी फार्मका संञ्चालक तनहुँका माधव प्रसाद सिग्देल अहिले मोरङ्गको रतुवामाईमा पर्माकल्चर पद्धतीबाट कृषी गर्दै आएका छन् । सिग्देलको अबका योजना के छन् ? पर्माकल्चर पद्धती भनेको के हो यो पद्धती अपनाएर कृषि गर्न चाहानेहरुका लागि अवसर के छ र चुनौति के कस्ता छन् भन्नेबारे चिनारी मिडियाका लागि सिता थापाले गरेको अन्र्तवार्ता यँहा प्रस्तुत गरीएको छ ।
घरजग्गाको कारोवारको कारण जमिन खण्डीकरण हुदै जानु र खेती गर्ने यूवा पनि वैदेशिक रोजगारीमा नै जान थालेपछि एउटै बालि लगाएर खेतीबाट नाफा नहुने अवस्था बन्न थाल्यो । एउटै बालिबाट नाफा लिनका लागि धेरै जमिन चाहिने तर अहिले जमिन सबै खण्डीत भएर टुक्रिइ सकेको र उर्वरा शक्ती समेत ह्रास आएको बेला एउटा चुनौतीका बिच कृर्षिमा केही गर्छु भन्ने संकल्प सहित लागिपरेका छन् तनहुँका माधवप्रसाद सिग्देल ।
एक विगाहा जमिनबाट कसरी २० विगाहा जमिनको जति नाफा कमाउन सकिन्छ भन्ने सोध गर्ने क्रममा उनले फेला पारे पर्माकल्चर पद्धदी । जसमा माटोको उर्वरा शक्ती बढाउदै एक विगा क्षेत्रफलमा पनि १ सय भन्दा बढी जातका फलफुलका बिएरुवा र अन्नको खेती गर्न सकिन्छ भन्ने उनमा बिश्वास जाग्यो । कम जनशक्ती, कम जमिन तर प्रतिफल बढी भएको कारण पछिल्लो समयमा यो खेती प्रणाली प्रतिको आकर्षण बुझेर नै उनले यसलाई अपनाएका हुन । उनले अहिले एक विगाहामा ३८ प्रजातिका फलफुलका विरुवा हुर्काइ सकेका छन । त्यसबाट यो बर्षदेखी फलसमेत फलाउदैछन ।
पर्माकल्चर प्रविधि भनेको हामीले परम्परादेखी गर्दै आएको घुसुवा खेती प्रणाली नै हो । तर अहिले माटोको उर्वरा घटेको कारण पहिले माटोलाई सुधारेर यो खेती गर्नुपर्छ । बढी मात्रामा रसायनिक मलको कारण माटोमा अम्लियपन बढ्नाले अहिले उत्पादकत्वमा ह्रास आएको छ । पर्माकल्चर प्रविधि आम नेपाली यूवा किसानका लागि एउटा बरदान नै हो ।
विस २०३२ सालमा तनहुँको गाँउमा जन्मेका माधवले हजुरबुवाले छोडेर गएका परमाकल्चर सिस्टमलाई बचाउदै प्रकृतीको इकोसिस्टमलाई पनि फाइदा पु¥याउने उदेश्यले उनी कृषिमा लागेका छन् । सन २००१ मानै मलेसियामा ५० बिगा क्षेत्रफलमा ड्रागन, अगर उड र पाम तेल प्रजातीको व्यवसाय गर्दै गरेका सिग्देल सन २०१९ सालबाट मोरङ्गको रतुवामाईमा परमाकल्चर कृषी गर्दैछन् ।
तनहुँमा स्कुल जीवन बिताएका माधव एसएलसीपछि उच्च शिक्षाकालागि होटल म्यानेजमेन्ट पढ्न सिंगापुर गए । होटल म्यानेजमेन्ट अध्ययनमा उनको मन रमाउन सकेन । जीवनको गन्तव्य होटल लाइन हुन नसक्ने ठम्याएपछि उनी कृषि तिर तानिएका हुन ।
मलेसियामा ५० बिगा क्षेत्रफलबाट कृषीको व्यवसाय सामुहिक रुपमा सुरु गरे व्यवसाय गरेको लामो समयको अन्तरालमा फेरी उनले मन परीवर्तन गरे अब जे गर्नु छ आफ्नै देशको माटोमा गर्ने सोच बनाई सन् २०१३ मा नेपाल फर्कीएर व्यवसायिक कृषीमा लागि परेका छन् ।
उनले व्यवसायलाई अगाडी बढाउने क्रममा केही समय एक्लो बिताउनु परेको महसुस गर्छन् । अनि गन्तव्य र ठाँउलाई परिवर्तन नगरेसम्म आँफु एक्लो भइने रहेछ भन्ने थाहा पाएपछि आफ्नो गन्तव्यका निम्ती आफ्नो सानो पुँजीले भ्याउने जग्गा खोज्ने क्रममा २०१९ मा मोरङ्गको रतुवामाईमा पुगे जँहा उनले बन्जर जमिन रोजे । उनले उक्त जग्गामा खरबुजा लगाएर व्यवसायको सुरु गरेका थिए । त्यस्तो रुखो उराठ लाग्दो जग्गामा खेती गर्न लागेको देखेर अरु मानिसहरुले मुर्ख समेत भने तर उनी पछि हटेनन् खरबुजा फलाएरै छाडे ।
उनले यस अघि पनि झापाको काँकडभित्तामा १० कठामा रक्तचन्दन लगायतका थुप्रै बिरुवा लगाएका थिए । उनले अहिलेको फार्म हाउस को नजिकै ५ सय बढि रक्तचन्दन लगाएका छन् । अहिले सुन्दर देखिने यो फार्महाउस भएको ठाँउमा सुरुवातमा मान्छेहरुलेके गर्लाभनेर पत्याउदैनथे । तरमानिस भएर धर्तीमा जन्मेपछि केहि त गर्नै पर्छ भन्ने सोच भएका उनको मेहनत र अध्ययनले उनको लक्ष्य पुरा हुँदै आएको छ । परमाकल्चर सिस्टमको कृषीलाई अँगाल्दै विगत ५ बर्षदेखि मोरङ्गको रतुवामाईमा १ बिगा क्षेत्रफलमा फार्म हाउसको रुपमा विकास गरीरहेका छन् ।
अहिले उनको योजना अनुसार ३५ प्रतिशतमात्रै काम सकिएको छ । बाँकी ६५ प्रतिशतकाम हुनै बाँकि छ । अहिले पनि विभिन्न देशबाट परमाकल्चर सिस्टमको कृषीको अध्ययनका लागि विद्याथीहरु आउन थालिसकेका छन् । मुख्य उदेश्य भनेको कुन तरीकाले स्वस्थ्य जिउन सकिन्छ अनि धर्तीलाई असर नगरी कसरी बाँच्न सकिन्छ कसरी यो धर्तीको साथिको रुपमा बाँच्न सक्छौ भनेर परमाकल्चर भित्र पर्ने भएकाले यो सिस्टमको कृषि रोजेका हुन् । योसंगै आँफुले अध्ययन गरेर सिकेका कुरा अरुलाई पनि सिकाउने उनको उदेश्य छ ।
एकै ठाँउमा धेरै प्रजातीका बिरुवा लगाएका छन् इकोे फ्रेन्डली छ वा छैन उनले आँफै अध्ययन गरेर बिरुवाहरु लगाउँदै आएका छन् । उनको फार्म हाउसमा अहिले १४ प्रजातीका आँप, लिची, २ सय प्रजातीका कागती, नरीवल, ७ प्रजातीका जामुन लगायत ३८ प्रजातीका फलफुलका बिरुवा छन् अबको ५ बर्षमा फलदिने उनको भनाई छ ।
थाइलेण्ड, ब्राजिल, मलेसिया लगायत थुप्रै देशबाट फलफुलका बिउ ल्याएर उनले आँफै बिरुवाको बिकास गर्दै आएका छन् । आफुले गरेको मेहनतको फल देखेर अहिले उनी सन्तुष्ट छन् । विगत ५ बर्ष देखि तनहुँका माधव प्रसाद सिग्देलको बिहानको सुरुवात माटो र बिरुवासंग बोल्दै लुकामारी गर्दै सुरु हन्छ । उनी आफ्नो फार्म हाउसमा बढ्दै गरेका बिरुवाहरुलाई स्पर्श गदै तिमिले बढ्नुपर्छ हेल्दी हुनुपर्छ फल्नुपर्छ भन्दै माया गर्छन् । विरुवाले पनि मायाँ र स्पर्श खोज्छ । विरुवालाई संगित पनि मनपर्छ भन्ने बैज्ञानिक परिक्षण भएका छन । त्यसैले विरुवालाई हुर्कन र राम्रो फल दिनका लागि माया स्पर्श र स्याहार चाहिन्छ ।
संसारिक सुख सुविधा पछि आम मानिसले खोज्ने भनेको शान्ति नै हो । जीवनमा शान्ति प्राप्त भएन भने जतिसुकै ठुलो उपलब्धिको पनि काम छैन । त्यसैले उनीपनि शान्तिपूर्ण जीवन यापनको पक्षमा छन । उनीमात्र होइन उनले सुरु गरेको यो पर्माकल्चर कृर्षि प्रणाली अन्य यूवाहरुले पनि सिकेर गरुन र यसबाट फाईदा लिउन भन्ने उनको उद्येश्य छ ।
उनी संसारमा शान्तिका लागि भौतारि रहेका मानिसहरुलाई प्राकृतिक पर्यावरण मैत्री खेती प्रणाली भित्र नै त्यस्तो वातावरणको सृजना गरेर अध्ययन गर्न आउने, ध्यान गर्न आउने, प्रकृतिसंग घुलमिल भएर दैनिकी गुजारा गर्न आउनेहरुका लागि पनि उपयुक्त थलो निर्माणमा जुटेका छन । यो फार्म हाउस भित्र प्राकृतिक रुपमा नै फलेका फल र अन्नको उपयोग आफ्नै हातले गर्न पाउने गरि नमुनाको रुपमा विकास गरेर अन्यत्र पनि यस्तै किसिमको फार्मीङ सूरुआत गर्ने माधवप्रसाद सिग्देल का योजना छन ।