जेष्ठ ४,२०७९ / ०९ : ३१ अपरान्ह / 2022-05-18 09:31 pm

        अभिनय सिकेर कलाकारितामा आउनेलाई पैसा जति पनि छ- कलाकार सरीता गिरी

        - ३ हप्ता अगाडि
        माघ ९,२०७८

        नेपाली नाट्य क्षेत्रमा  बलियो परिचय बनाएको नाम हो सरीता गिरी । विद्यालय  तहको अध्ययन सकिने वित्तिकै रङ्गमन्चतिर लाग्नुभएकी सरीताले एकल प्रस्तुति दिन थाल्नुभएको २०५७ सालदेखि नै हो । त्यस समयदेखि नै नेपाली रङ्गमन्च र अन्य  देशको रङ्गमन्चलाई समेत नियाली रहनुभएकी उहाँले कोरोना नियन्त्रणकालागि  गरिदै आएको प्रतिबन्धका समय अभिनयलाई कसरी जारी राख्नुभयो ? अबका योजना के छन् ? नाट्य क्षेत्रमा प्रवेश गर्न चाहानेहरुकालागि अवसर के  छ ? चुनौति के छन् भन्नेबारे चिनारी पोष्टकालागि लिइएको अन्तवार्ता,  

        अहिले कोरोनाले पारिरहेको असरकाबीच नाट्य क्षेत्रलाई प्रभावकारी बनाई राख्न के योजना छन् तपाईहरुसँग ? 

        उम्म्... हुनत  पहिलो लकडाउन र दोस्रो लकडाउनमा पनि हामीले भर्चुलमाध्यमबाट नाट्य क्षेत्रलाई निरन्तर चलायमान बनाएका थियौं । अहिले पनि भर्चुलमाध्यमबाटै भए पनि  नाटक देखाउने र प्राविधिक पक्ष थप व्यवस्थित गर्न हामीले कोसिस गरिरहेका छौ । हेर्नुस अहिलेपनि नाटक घरमा नाटक मञ्चन त भइनै रहेका छन्, तर त्यही हो सिमित दर्शक राख्नुपर्ने हुन्छ । दुई वर्ष लकडाउनले थला परेको  नाट्य क्षेत्र भर्खर तङ्रिन लागेको थियो । फेरि कोरोनाले गाह्रो पार्ने भयो । तर पनि  हामी व्यक्तिगत रुपमा सबै नाटकलाई निरन्तरता दिन जागरुप भने छौँ । खासमा संस्थागत भन्दापनि व्यक्तिगत प्रयास धेरै हुने गर्छ नाट्य क्षेत्रमा । त्यही त अब मानसिक रुपमा  त करिब  तयार नै छौँ हामी  नाटकलाई कोरोना वा लकडाउनका  समय पनि रोक्नु हुन्न भन्नेमा । 

        लकडाउन भयो भने कसरी अगाडी  बढ्ने भन्ने  आन्तरिक छलफल कतिको हुने गर्छ कलाकारहरुबीच ?    

        हुन्छ त्यस्तो हुन्छ । अब केही  गर्ने भन्ने कुरा त छ  तर के गर्ने नाटक फेस्टिबल गर्ने  भनेको तर हेर्नुन  फेरि ठप्प हुने जस्तो छ । यसरी त कुरामा मात्रै सिमित भयो । औपचारिक रुपमै छलफल बैठक हुने त हुँदैन तर त्यही त मैले भनिहाले नी हामीहरु व्यक्तिगत रुपमा सामान्य एक आपसमा अब के–कसरी गर्ने भन्ने कुरा त हुन्छ । अब कागजी योजना त हुदैन र छैन हामीसँग तर दिमाखमा चाई छन् । साथिहरु  जम्मा हुँदा कुरा हुन्छ  नी  । सबैको व्यक्तिगत योगदानका आधारमा नै काम गर्ने गर्छौ हामी । 

        भर्चुल माध्यमबाट नाटक मञ्चन गर्न सजिलो÷अप्ठ्यारो कस्तो पाउनु भएको छ ? 

        हेर्नु अब सिङ्गल सिङ्गल गर्न त ठिकै ठिकै हो तर प्राविधिक कुरा मिलाउन एकदमै गाह्रो  छ । अब म त रेडी हुँला तर सबैले तीन/चार जना एकै साथ काम गर्न नमान्न सक्छन् । मानी  हालेपनि प्राविधिक पक्ष गाह्रो । एक/दूई जनालाई देखाउने त होइन फेरि मासमा पठाउनु प¥यो । यस्तो बेला समस्या  त धेरै छ नी । 

        हुन त अहिलेको जेनेरेसन थिएटरमा गएर नाटक हेर्ने भन्दा पनि मोबाइलमा नाटक हेर्न रुचाउछ । थिएटर आर्टिस्ट पनि टिकटकमा सक्रिय हुनुहुन्छ ।  तपाईहरु  टिकटकमा सिफ्ट हुन लाग्नु भएको हो ?  

        हाहाहा......! होईन होईन,  नाटक त त्यति सहज छैन । सामान्य आफुले गरेका कामको  प्रमोसनकालागि गर्नसम्म  त त्यहाँ गइन्छ ।  किनकी त्यहाँ लाखौँले हेर्ने गर्छन् । तर नाट्य क्षेत्रलाई नै  त्यहाँ सिफ्ट गर्ने त होइन । 

        /pagegallery/20220123100.jpg

        टिकटक र स्टेज लाइभमा  नाटक गर्नुमा के फरक छ ?  प्रविधिको  प्रयोगले नाटकको वास्तविक मर्मलाई केही प्रभाव पारेको छ जस्तो लाग्छ ? 

        उम्म्... हो नी केही प्रभाव भन्दापनि अभिनयलाई हलुका जस्तो बनाइदिएको अनुभुति हुने गर्छ मलाई । टिकटकबाट धेरै नयाँ कलाकार जन्मिनु भएको छ । यो खुशीको कुरा हो तर एक्टिङको मर्म  गहिरो हुन्छ भन्ने बुझ्नु पनि जरुरी छ । वास्तवमा एक्टिङ  गरेर मात्र होईन क्यारेक्टरलाई न्याय गर्न एक्टिङको सैद्धान्तिक कुरा पनि बुझ्न जरुरी छ  अहिलेको भाई बहिनीले ।  एक्टिङ पढ्ने र गर्ने विषय हो । यसको गहिराईमा जान सुझाव दिन्छु म नयाँ आउदै गरेका भाई बहिनीलाई । 

        तपाई त रिलमा भन्दापनि रियलमा धेरै एक्टिङ गर्दै आउनुभएको कलाकार हो ।  अहिले प्रविधिको जमानामा पनि लाइभ नाटकको महत्व छ  भन्ने लाग्छ ? अनि अडियन्स किन जाने  तपाईहरुको नाटक हेर्न नाटक घरमा ? 

        उम्म्......यो चाई मलाई जहिले पनि एउटै कुरा लाग्छ क्या । जब कोही लाइभ नाटक हेर्छ नी उसले फिल गर्छ के, ओहो ! यो पो हो त भन्ने फिल गर्छ । हामीले आइ कन्ट्रयाक गरिरहेका हुन्छौ डाइरेक्ट । यो लाईभ एक्टिङको नशा नै छुट्टै हुन्छ । हामी कलाकार उहाँहरुसँग प्रत्यक्ष इन्टरएक्ट गछौँ । यो जिवन्त प्रकृया हो । प्रत्यक्ष जोडिने हुँदा अडिएन्सले कथालाई आफुसँग प्रत्यक्ष जोड्छ । त्यसैले पनि रिलको भन्दा रियल एक्टिङ फरक छ । प्रत्यक्ष  हेर्न नाटकको विकल्प हुँदैन । 

        नाट्य क्षेत्रमा यतिका वर्ष विताउनु भयो । सरकारबाट नाटकको संस्कारलाई विकास गर्न कतिको सहयोग गरेको पाउनु भएको छ ? 

        सरकारले नाटकमा पनि ध्यान दिएको छ र ?  छैन । कत्तिपनि दिएको छैन । सबै व्यक्तिगत रुपमा पुस्तान्तरण हुँदै आएको छ । हामी त व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय स्टेजमा पर्फम गर्ने गर्छौ । न कुनै सहयोग छ न केही । एक दुई कही कतै नाटक भएको छ भन्ने सुन्छु । त्यो पनि सकिएपछि । नाटक थ्यो सक्कियो भन्ने सुनिन्छ । सरकारले पनि नीतिगत रुपमा  सहयोग गरिदिएको भए हामी धेरै अगाडी बढ्थ्यौँ होला ।  तर के गर्नु गाह्रो छ  । 

        अभिनय वा नाट्य क्षेत्रमा आउन चाहानेहरुले आर्थिक व्यवस्थापनका बारेमा  पनि जिज्ञासा राखिरहेका हुन्छन् । काठमाडौंभन्दा बाहिरबाट आउनेलाई के छ नाटक गरेरै जिवन धान्न सकिने अवस्था छ की छैन ? 

        हेर्नुस धैर्यता र लगाव हुनुपर्छ नाटकप्रति वा अभिनयप्रति सामान्य जिवन विताउन गाह्रो छैन सुरुमा । अनि रहयो पछि वा भविष्यको कुरा । नाटकमा पैसा र नाम टन्नै छ । कुरा यत्ति हो सहि  स्थान, सहि मान्छे छनोट गर्नुपर्ने हुन्छ । सुरु-सुरुमा त सबै क्षेत्रमा गाह्रो नै हुन्छ नी । अब मलाई नै हेर्नुस । मैलेपनि नाटक नै गरेर ठिक्कको लाइफ स्टाइल विताई रहेकी छु । लकडाउनमा पनि म खालि बसिन । सानो तिनो सुटिङको काम आइरहन्थ्यो । घरमै बसेर सुट गरेरपनि पठाएकी छु मैले । धैर्यता, लगनशिलता र यही क्षेत्रलाई मनदेखि अपनाउने सोच भएकाहरुकालागि नाट्य क्षेत्रमा गाह्रो छैन । कहिले काहि आउने संकट त आइनै रहन्छन् सबैको जीवनमा । 

        तपाईका अबका योजना के छन् त ?  नाटक क्षेत्रमै रहने की रिलको अभिनयमा बढी समय विताउने ? के छ योजना ? 

        म त अब यो लकडाउन  थप कडा  भएन  भने हाम्रो नाटक मञ्चनकै योजना छ । त्यस्तै भयो अवस्था जटिल भयो भने त भर्चुअल माध्याबाट सकेजति  काम गर्ने सोचेकी छु । अनि म्युजिक  भिडियोहरुदेखि प्रविधिमा सुट गरिने कामहरुपनि गरिरहने छु । अहिले  विषम अवस्था छ । अभिनय क्षेत्रमा  जे जस्तो रोल मिल्छ  गर्दै जाने  सोचमा  छु म त । 

        /pagegallery/2022012378.jpg

          सम्बन्धित समाचारहरु