मंसिर १९,२०७६ / ०९ : ४८ अपरान्ह / 2019-12-05 09:48 pm

        ट्रम्प प्रशासनको आप्रवासी नीतिलाई अदालतको अनुमति

        - ३ हप्ता अगाडि
        भाद्र २६,२०७६

        अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको  आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने योजनालाई अनुमति दिएको छ । आदेश अनुसार तेस्रो देश हुँदै आएका आप्रवासीले सबैभन्दा पहिला जुन देश हुँदै आएका हुन् त्यही देशमा आश्रय दाबी गर्नुपर्ने  छ । अझैपनि यसविरुद्धमा कानुनी चुनौती कायम रहे पनि प्रारम्भिक आदेशले भने अब सरकारले यो प्रक्रिया अगाडि बढाउन सक्नेछ ।

        अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिकी सर्वोच्च अदालतको फैसलाको प्रशंसा गरेका छन् ।  अमेरिकामा आउन चाहने आप्रवासीलाई रोक्न अमेरिकी राष्ट्रपतिले यस अघिदेखि नै कडा कदम चाल्दै आएका थिए ।  पछिल्लो आप्रवासी नीतिलाई सर्वोच्चले रोकेको भए उनलाई काम गर्न अप्ठेरो हुने अवस्था रहेपनि अब सजिलो बनाइदिएको छ । (बीबीसी)

          सम्बन्धित समाचारहरु