जेष्ठ २,२०८१ / ०८ : ०२ अपरान्ह / 2024-05-15 08:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      युनिसेफको चेतावनीे, शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिल

      - ५ वर्ष अगाडि
      भाद्र ७,२०७५

      काठमाडौं, युनिसेफको चेतावनीे, शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिलसंयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी हेर्ने निकाय युनिसेफले बंगलादेशमा रहेका रोहिंज्या शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिल गरेको छ ।

       बंगलादेशमा रहेका पाँचलाख भन्दा बढी रोहिंज्या शरणार्थी बालबालिकालाई तत्कालै उनीहरूको शिक्षामा लगानी नगरे उनीहरूको एउटा पुस्ता नै शिक्षाको उज्यालोबाट वञ्चित हुने खतरा रहेको युनिसेफले चेतावनी दिएको छ । युनिसेफले जम्मा १ लाख ४० हजार मात्रै बालबालिकाको विद्यालयमा पहुँच भएको जनाएको छ । पछिल्लो एउटा प्रतिवेदनमा युनिसेफले बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरहरूमा एकदमै सामान्य सुविधाहरू मात्रै रहेको उल्लेख गरेको छ । 

      म्यानमारको रखाईन राज्यमा फैलिएको हिंसापछि लाखौंको संख्यामा भएको रोहिंज्या मुसलमानहरूको विस्थापनसँगै बालबालिका हरु पनि शिविरमै बस्ने गरेका छन् । ती शरणार्थीहरू फर्काउने योजनामा अहिलेसम्म कुनै सहमति नभएकोले युनिसेफले गुणस्तरीय शिक्षाका लागि लगानी गर्न तत्काल आवश्यक भइसकेको जनाएको छ ।

        सम्बन्धित समाचारहरु