वैशाख १९,२०८३ / ०४ : ५१ पूर्वान्ह / 2026-05-02 04:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      झण्डै दुई हप्तापछि वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

      - ८ वर्ष अगाडि
      चैत १८,२०७४
      क्याम्ब्रीज, बेलायत,  चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको निधन भएको झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको  छ । 

      बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उहाँले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गर्नु भएको थियो । 

      निजी रुपमा गरिएको उहाँको अन्त्येष्टि समारोहमा उहाँका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए । उहाँका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उहाँप्रति श्रद्धान्जलि व्यक्त गर्नु भएका सबैलाई कृतज्ञता प्रकट गरिएको छ । 

      यही मार्च १४ का दिन उहाँको निधन भएपनि झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । १९४२ जनवरी ८ मा जन्मनु भएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो । 

      १९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उहाँलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए । शारीरिक अवस्था एकदम कमजोर भए पनि उहाँको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उहाँलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ । 


        सम्बन्धित समाचारहरु