भेनेजुएलाको भ्यालेन्सिया शहरमा अवस्थित प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा भएको झडप तथा आगलागीमा परी ६८ जनाको ज्यान गएको छ बीबीसीले जनाएको छ ।
बुधबार जेल तोडेर भाग्नका लागि त्यहाँ राखिएका कैदीहरुले सुत्ने ओछ्यानमा आगो लगाएसँगै त्यहाँ झडप तथा भागदौडको स्थिति सुरु भएको बताइएको छ ।
कैदीहरु राखिएको स्थानमा आगलागी भएको खबर फैलना साथ त्यहाँ सयौंको संख्यामा कैदीका आफन्तहरु पुगेका थिए । त्यसपछि त्यहाँको स्थितस झन् असामान्य बनेको थियो ।
पछिल्लो समय राजनीतिक अस्थिरताले अस्तव्यस्त बनेको ल्याटिन अमेरिकी देश भेनेजुएला फेरी अर्को जटिलतामा फसेको छ । यधपी भेनेजुयलाका महान्यायधिवक्ताले घटनाको निश्पक्ष छानबिन गरिने बताएका छन् ।
भेनेजुयलामा बारम्बार कारागारमा यसअघि पनि कैदीहरु तथा प्रहरीबीच झडपको घटना हुने गरेको थियो








