काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सदनको अनुमति बिना भेनेजुएलामा सैन्य कारबाही गर्न नपाउने भनी ल्याइएको प्रस्तावबाट तत्कालका लागि राहत पाएका छन् ।
डेमोक्रेटिक पार्टीका सांसदहरूले पेश गरेको उक्त प्रस्ताव रिपब्लिकन सांसदहरूको समर्थन नपाउँदा सदनमै अड्किएको रुसी विश्व च्यानल आरटीले जनाएको छ । आरटीका अनुसार प्रस्तावको पक्ष र विपक्षमा समान २१५–२१५ सांसद उभिएपछि प्रस्ताव स्वतः असफल भएको हो ।
जनवरीको पहिलो हप्तामै संसद्को स्वीकृति नलिई भेनेजुएलामा कारबाही गरिएको भन्दै डेमोक्रेटिक सांसदहरू ट्रम्प प्रशासनप्रति आक्रोशित छन् । यो घटनाले अमेरिकी राजनीतिमा कार्यपालिका र विधायिकाबीचको शक्ति संघर्ष फेरि सतहमा ल्याएको विश्लेषकहरूको भनाइ छ ।








