फागुन १,२०८२ / ०७ : ३६ पूर्वान्ह / 2026-02-13 07:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतको बलरामपुरमा बस दुर्घटना: ३ मृत्यु, १५ घाइते

      - एक हप्ता अगाडि
      मंसिर १६,२०८२

      काठमाडौं, सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किदा उत्तर प्रदेशको बलरामपुरमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए । 

      दुर्घटना बलरामपुरको फुलवारिया बाइपासमा हिजो राति करिब २ बजेतिर भएको थियो । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो ।

      प्रहरीका अनुसार बाँकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । घाइतेहरूलाई पनि उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले आगलागीको कारण अनुसन्धान भइरहेको बताए । स्थानीय र प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका थिए ।

        सम्बन्धित समाचारहरु