काठमाडौं, श्रीलंकामा यो हप्ता परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ । अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो घटनामा २१ जना बेपत्ता भएका छन् ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बाढीले घरहरू बगाएको देखिन्छ ।
प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू पनि स्थापना गरिएका छन् ।








