फागुन १,२०८२ / ०६ : १५ पूर्वान्ह / 2026-02-13 06:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      हङकङमा भीषण आगलागी, ४४ को मृत्यु र सयौँ बेपत्ता

      - २ हप्ता अगाडि
      मंसिर ११,२०८२

      काठमाडौं, हङकङको ताई पो क्षेत्रमा रहेको वाङ फुक कोर्ट नामक ठूलो आवासीय भवनमा बुधबार स्थानिय समय अनुसार दिउँसो २ः५१ बजे ठूलो आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता छन् । आगो लागेपछि हजारौँ बासिन्दा घरबाट भाग्न बाध्य भएका छन् र करिब ९०० जना अहिले अस्थायी आश्रय केन्द्रमा बसेका छन् ।

      वाङ फुक कोर्टमा आठवटा ३१ तल्ले भवन छन्, जसमा मर्मतकाम चलिरहेको थियो । भवनको बाहिरी भाग बाँसको भर्याङजस्तो बनावट र हरियो जालीले ढाकिएको थियो, जसले आगो झन् छिटो फैलिन मद्दत गरेको देखिन्छ ।

      भवनका बासिन्दाअरुले आगो लाग्दा फायर अलार्म नै नबजेको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा झ्याल वरिपरि प्रयोग गरिएको स्टाइरोफोमजस्तो सजिलै बल्ने पदार्थले आगो असामान्य रूपमा फैलिएको देखिएको छ ।

      अत्यधिक तापका कारण दमकलकर्मीहरू भवनभित्र छिर्न नसकेको र माथिल्ला तलासम्म पानी पु¥याउन समस्या आएको अधिकारीहरूले जनाएका छन् । आगोलाई हङकङले दिने सबैभन्दा उच्च स्तर लेवल–फाइभ अलार्म घोषित गरिएको छ ।

      आगो नियन्त्रणका लागि ७६७ दमकलकर्मी, १२८ दमकल गाडी, ५७ एम्बुलेन्स र ४०० भन्दा बढी प्रहरी खटिएका छन् । यसैबीच, प्रहरीले मर्मतको काममा संलग्न निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ कन्सल्टेन्टसहित तीन जनालाई मानवहत्या आरोपमा पक्राउ गरेको छ । भवन बाहिर प्रयोग भएका केही सामग्री अग्निरोधक नभएको र त्यसले आगो फैलिन सहयोग गरेको आशंकामा प्रहरी अनुसन्धान गर्दैछ ।

      आगो सुरु हुनुको कारण अझै खुलेको छैन, तर बाहिरी बाँसको संरचना र सजिलै बल्ने सामग्रीका कारण आगो एक भवनबाट अर्को भवनसम्म तीव्र गतिमा फैलिएको देखिएको छ ।

        सम्बन्धित समाचारहरु