फागुन १,२०८२ / ०७ : २९ पूर्वान्ह / 2026-02-13 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      इरानमा बलात्कार अभियोगमा एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड

      - २ हप्ता अगाडि
      मंसिर १०,२०८२

      काठमाडौँ, इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेका एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । 

      इरानको न्यायपालिकाको आधिकारिक आउटलेट मिजान अनलाइनका अनुसार, सर्वोच्च अदालतले फैसला सदर गरेपछि बास्तम सहरमा मृत्युदण्डको फैसला कार्यान्वयन गरिएको थियो । मिजानका अनुसार, प्रान्तीय न्यायपालिकाका प्रमुख मोहम्मद अकबरीले सर्वोच्च अदालतले सबै कुरा ध्यानपूर्वक जाँचेर अन्तिम फैसला लागू गरेको बताए।

      प्रान्तीय अधिकारीले दुई महिलालाई धोका दिएर बलात्कार गरेको बताएका छन् । उनले पीडितहरूलाई सामाजिक प्रतिष्ठामा हानि पुग्ने डर देखाउँदै धम्की दिएको पनि उल्लेख गरिएको छ । मृत्युदण्ड पाउने व्यक्तिको पहिचान र सजाय सुनाइएको मिति भने तत्काल सार्वजनिक गरिएको छैन ।

      इरानले सामान्यतया जेलभित्रै मृत्युदण्ड दिने गरे पनि, हत्याको अभियोगमा दोषी ठहर एक व्यक्तिलाई सार्वजनिक रूपमा फाँसी दिएको थियो । यो नयाँ मृत्युदण्ड भने दुई सातापछि सार्वजनिक रूपमा कार्यान्वयन गरिएको हो ।
       


        सम्बन्धित समाचारहरु