फागुन १,२०८२ / ०६ : ४७ पूर्वान्ह / 2026-02-13 06:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      हसिनाको मृत्युदण्डप्रति आपत्ति, देशभर आन्दोलन शुरु हुने

      - २ हप्ता अगाडि
      मंसिर १०,२०८२

      काठमाडौं, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिएपछि त्यस्को विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।

      उनको पार्टी अवामी लिगले आज देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको छ । पार्टीले उनलाई दिएको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।

      नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराध गरेको आरोपमा फाँसीको सजाय सुनाएको थियो । दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो ।

      गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको जुलाई विद्रोह नामको हिंसात्मक विरोध प्रदर्शनले शेख हसिनाको अवामी लिग सरकारलाई ढालेको थियो । गत वर्ष जुलाई १५ देखि अगस्ट १५ बीचमा भएको आन्दोलनमा लगभग १४ सय मानिस मारिएका थिए ।

        सम्बन्धित समाचारहरु