फागुन २८,२०८२ / ०७ : १७ पूर्वान्ह / 2026-03-12 07:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला

      - ३ हप्ता अगाडि
      मंसिर १,२०८२

      काठमाडौं, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

      बंगलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।

      अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल समेतलाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ ।

      गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको हो । सोही विद्रोहका कारण हसिना सत्ताच्यूत भएकी थिइन् ।

      अगस्ट २०२४ मा  हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन् ।

      बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d