जेष्ठ १९,२०८३ / १२ : ५७ पूर्वान्ह / 2026-06-02 12:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      बंगलादेश कारखानामा आगलागी, १६ को मृत्यु

      - २ हप्ता अगाडि
      असोज २९,२०८२

      काठमाडौं, बंगलादेशको राजधानी ढाकाको मिर्पुर क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६  जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

      बंगलादेशको अधिकारीहरूका अनुसार अहिले सम्म फेला परेका १६ शवहरू अत्यधिक जलेका कारण पहिचान गर्न कठिन भएको छ । आगलागी मंगलबार दिउँसो करिब मध्याह्नतिर सुरु भएको थियो र तीन घण्टापछि नियन्त्रणमा आएको बताइएको छ । तर कारखानासँगै रहेको रासायनिक गोदाममा आगो अझै बलिरहेको छ ।

      अधिकारीहरूले कुन भवनमा पहिले आगो लागेको हो भन्ने पत्ता लगाउन सकेका छैनन् । प्रत्यक्षदर्शीहरूले भने रासायनिक गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइडजस्ता पदार्थहरू रहेको बताएका छन्, जसले आगो अझ फैलिन र तीव्र हुन मद्दत गरेको अनुमान गरिएको छ ।

      घटनापछि आफन्तहरू घटनास्थल वरिपरि भेला भई हराइरहेका परिवारका सदस्यहरूको खोजीमा छन् ।

      बंगलादेशमा कमजोर सुरक्षास्तर र पूर्वाधारका कारण यस्ता आगलागीका घटनाहरू बारम्बार हुने गर्द छ । 

        सम्बन्धित समाचारहरु