मंसिर २,२०८२ / ०४ : ४५ अपरान्ह / 2025-11-18 04:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एयर इन्डिया दुर्घटना पीडित परिवारद्वारा बोइङविरुद्ध मुद्दा दायर

      - ३ हप्ता अगाडि
      असोज ३,२०८२

      काठमाडौं, एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका २६० जना यात्रुमध्ये चारजनाको परिवारले बोइङविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले जहाज निर्माता कम्पनी बोइङ र एयरोस्पेस कम्पनी हनीवेल विरुद्ध पनि लापरबाहीको आरोपमा मुद्दा दायर गरेका हुन् ।

      सन् २०२५ को जुन महिनामा भएको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले मुद्दा हालेका हुन् । अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको उडान नम्बर १७१ जुन १२ मा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

      उनीहरूले लापरबाही र इन्धन नियन्त्रण गर्ने स्विचमा भएको खराबीका कारण २६० जनाको ज्यान गएको आरोप लगाएका छन् । पीडितहरुले बोइङ र हनीवेललाई यो जोखिमबारे पहिले नै थाहा भएको समेत आरोप लगाएका छन्।

      भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) को प्रारम्भिक प्रतिवेदनले पनि एयर इन्डिया निरीक्षणमा कमजोरी रहेको देखाएको छ । केही पीडित परिवारले अनुसन्धानकर्ता र मिडियाले पाइलटहरूको कमजोरीमा धेरै ध्यान केन्द्रित गरेको भन्दै पनि आलोचना गरेका छन् ।

      यो मुद्दा अमेरिकामा हवाई दुर्घटनासम्बन्धी पहिलो मानिएको छ । यसअघि पनि बोइङले आफनो ७३७ म्याक्स विमानको सन् २०१८ र २०१९ मा भएको दुईवटा दुर्घटनामा कानुनी र अन्य खर्चमा २० अर्ब डलरभन्दा बढी व्यहोरेको थियो । साथै उक्त विमानलाई २० महिनासम्म उडानमा रोक समेत लगाइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d