मंसिर २,२०८२ / ०४ : ४० अपरान्ह / 2025-11-18 04:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फ्रान्समा बजेट कटौतीविरुद्ध प्रदर्शन, ८० हजार प्रहरी परिचालन

      - ३ हप्ता अगाडि
      असोज ३,२०८२

      काठमाडौं, फ्रान्समा सारकारले पेश गरेको बजेट कटौतीलाई लिएर धेरै संख्यामा विरोध प्रदर्शन भइरहेका छ ।

      फ्रान्स सरकारले सन् २०२६ को बजेटमा करिब ५२ अर्ब डलर कटौती गर्ने योजना बनाएको छ जसमा मा पेन्सन स्थगित गर्ने, स्वास्थ्य र शिक्षामा खर्च घटाउने, बेरोजगारी भत्ता कम गर्ने र दुई राष्ट्रिय बिदा हटाउने प्रस्तावहरु समावेश गरिएको छ । सरकारको भनाइ अनुसार देशको घाटा युरोपेली यूनियनको ३ प्रतिशत मापदण्डको दोब्बर छ र ऋण जीडीपीको ११४ प्रतिशत पुगेको छ जसलाई जनताले धनीहरूलाई राहत र गरीबहरूलाई बोझको रूपमा लिएका छन् ।

      सरकारले खर्च कटौती कमी गरेर आर्थिक सुधार लागू गरेको छ, जसले मध्यम वर्ग र श्रमिक वर्गमा दबाब बढाएको छ । यसैकारण फ्रान्समा विभिन्न ठाउँहरुमा प्रदर्शन भएको हो ।

      सरकारी तथ्यांकअनुसार यी प्रदर्शनमा ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् भने यूनियनहरूले यो संख्या १० लाख रहेको दाबी गरेका छन् ।

      सुरक्षा व्यवस्थाका लागि देशभर ८० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् र प्रदर्शनमा सहभागी १४१ भन्दा बढी पक्राउ भईसकेका छन् ।

      केही स्थानमा ढुंगामुढा र अश्रुग्याँस प्रयोग भएको छ तर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेका छन् । कतिपय स्थानमा विद्यार्थीहरूले समेत राजमार्ग अवरुद्ध गरेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d