मंसिर २,२०८२ / ०३ : ४४ अपरान्ह / 2025-11-18 03:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भूकम्पले अफगान गाउँ ध्वस्त, ६२२ भन्दा बढीको मृत्यु

      - २ हप्ता अगाडि
      भाद्र १६,२०८२

      काठमाडौं, अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या यो समचार बनाउदा सम्ममा ६२२ पुगेको छ । ६.१ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो । 

      खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ । भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो । उक्त भुकम्प पहाडी क्ष्ोत्रमा गएको हुँदा मृत्यु र घाइते हुनेका संख्या अझै बढ्न सक्ने अनुमान गरएिको छ । भूकम्पबाट प्रभावित क्षेत्र भन्दा करिब २०० किमि टाढा अफगानिस्तानको राजधानी काबुल र करिब ४०० किमि टाढा पाकिस्तानको राजधानी इस्लामाबादलाई  समेत भूकम्पले केहि समयको लागि हल्लाएको थियो ।

       तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d