काठमाडौं, हमासले युद्धविराम प्रस्ताव स्वीकार ग¥यो
प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव स्वीकार गरेको छ। क्षेत्रीय मध्यस्थकर्ताहरूले अघि सारेको पछिल्लो प्रस्तावमा हमासले सहमति जनाएको हो ।
प्रस्ताव अनुसार, प्रारम्भिक ६० दिने युद्धविराम अवधिमा बन्धकहरू दुई चरणमा रिहा गरिनेछ, र स्थायी युद्धविरामका लागि पनि थप वार्ता हुने उल्लेख छ । हमासले इजरायलका बाँकी करिब ५० बन्धकहरूमध्ये २० जना जीवित रहेको हुनसक्ने अनुमान जनाएको छ ।
तर, यो प्रस्तावमा अहिलेसम्म इजरायलले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता भनेको थियो कि इजरायलले सबै बन्धकहरू एकैचोटि मुक्त नगरीकन कुनै सम्झौता स्वीकार नगर्ने ।








