मंसिर २,२०८२ / ०४ : ०३ अपरान्ह / 2025-11-18 04:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ह्वाइट हाउसमा शान्ति पहल, जेलेन्स्कीले पुटिनसँग वार्तामा चासो देखाए

      - ३ हप्ता अगाडि
      भाद्र ३,२०८२

      काठमाडौं, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय छलफल अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् ।  नले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि तयार रहेको जान्कारी दिएकाछन् ।

      बैठकमा यूरोपेली संघ, जर्मनी, फ्रान्स, बेलायत, इटाली, फिनल्याण्ड, र नाटो लगायतका प्रतिनिधिहरू सहभागी थिए । बैठकमा सहभागी प्रतिनिधिहरूले युद्धविराम, सुरक्षा प्रत्याभूति र युक्रेनको सार्वभौमिकताको विषयमा जोड दिएका थिए ।

      बेलायती प्रधानमन्त्री कियर स्टारमरका अनुसार आजको छलफलले नेताहरूबीचको  एकता को संकेत दिएको छ ।

      नाटो महासचिव मार्क रुट्टेले ट्रम्पलाई व्यवहारिक शान्तिकर्ता भनेर प्रशंसा गरेकाछन् ।

      भेटका क्रममा जेलेन्स्कीले आफ्नी पत्नी ओलेना जेलेन्स्काले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवाद सन्देश समावेश गरिएको पत्र हस्तान्तरण गरेकाथिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d