काठमाडौँ, भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले ‘अप्रेसन सिन्दूर’ को नामप्रति नै आपत्ति जनाएकी छिन्। पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि गरेको युद्धलाई अप्रेसन सिन्दूरको नाम दिएको थियो ।
बुधबार भारतको राज्यसभालाई सम्बोधन गर्दै जया बच्चनले भारतको प्रतिशोधात्मक कारबाहीलाई अप्रेसन सिन्दूर नामकरण गरिएकोमा प्रश्न उठाएकी हुन् ।
बच्चनले भनिन् – ‘यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राख्नुभयो ? जबकि सिन्दूर त उजाडियो । जो मारिए, जसका पत्नी विधवा भए सिन्दूर त उजाडियो ।’
उनले मोदी सरकारको भरोसा गरेर यात्री कश्मीर जाँदा यति ठुलो घटना भएको भन्दै मोदी सत्तालाई कहिल्यै माफ नगर्ने बताइन् ।








