काठमाडौं, अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा गोली प्रहार भएको छ । गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवक थिए र उनले आफैंलाई पनि गोली हानेका छन् ।
प्रहरीले सार्वजनिक गरेको फोटोमा उनले लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए । सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए ।
प्रहरी अधिकारीहरु त्यहाँ किन थिए भन्ने पूर्ण जानकारी आइसकेको छैन तर प्रहरी आयुक्त जेसिका टिसका अनुसार त्यहाँ दुई जना प्रहरीहरु ‘पेड डिटेल’ मा नियुक्त भएका थिए । ‘पेड डिटेल’ कार्यक्रम अन्तर्गत निजी कम्पनीहरुले थप सुरक्षाका लागि युनिफर्मसहितका प्रहरीलाई भाडामा लिन सक्दछन् ।
गोली चलाउनुको कारण अझै स्पष्ट भइसकेको छैन ।
उनीसँग एम–फोर राइफल र एक रिभल्बर पनि थियो । उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन पनि फेला परेको छ ।








