मंसिर २१,२०८२ / ०८ : ४६ अपरान्ह / 2025-12-07 08:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रुसमा विमान बेपत्ता, खोजी कार्य तिव्र

      - एक हप्ता अगाडि
      श्रावण ९,२०८२

      काठमाडौं, रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ ।

      ४९ जना यात्रु भएको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा बेपत्ता भएको हो । आमुर क्षेत्र चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो ।

      ‘एङ्गारा एयरलाइन्स’ द्वारा सङ्चालित एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको हो । हराएको विमानको खोजी कार्य भइरहेको छ ।

      गभर्नर भासिली ओरलोभले विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताएका छन् भने आपतकालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

      मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।

        सम्बन्धित समाचारहरु