काठमाडौं, बंगलादेशको गोपालगञ्जमा राष्ट्रिय नागरिक पार्टी (एनसीपी)को ¥यालीमा भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन्।
अन्तरिम सरकारले एक विज्ञप्ति जारी गर्दै हिंसामा संलग्न जो कोहीलाई पनि कानुन अनुसार कारबाही गरिने बताएको बीबीसी बंगलमा उल्लेख छ ।
यसैबीच एनसीपीका संयोजक नाहिद इस्लामले २४ घण्टा भित्र हिंसामा संलग्नलाई पक्राउ गर्न माग गरेकी छन् । नेकपाले बिहीबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ
परिस्थितिलाई ध्यानमा राख्दै गोपालगञ्जमा बिहीबार साँझ ६ बजेसम्म कफ्र्यू लगाइएको छ। सुरक्षाकर्मीले सहरमा गस्ती गरिरहेका छन् ।








