माघ ६,२०८२ / ०३ : २९ पूर्वान्ह / 2026-01-20 03:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      युद्धविराम गर्न तयार भयो इजरायल

      - ३ हप्ता अगाडि
      असार १०,२०८२

      काठमाडौं, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि १२ दिनदेखि जारी युद्ध रोक्ने घोषणा गरेका छन् । नेतन्याहूले इजरायली सेनाको उद्देश्य पूरा भइसकेको भन्दै युद्धविरामको निर्णय लिएका हुन् । 

      इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहूले ट्रम्पको युद्धविराम घोषणामा सहमति जनाएका छन् । प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार इजरायली सेनाले इरानमा आफ्नो सबै लक्ष्य पूरा गरिसकेको छ । नेतन्याहूले यसबारे आधिकारिक रूपमा मंगलबार साँझ वक्तव्य दिने तयारी गरेका छन् । तर ट्रम्पको युद्धविराम घोषणापछि इरानले अस्वीकारोक्तिसहित इजरायलमा मिसाइल हानेको थियो । 

      इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक मिसाइल आक्रमण ग¥यो । टाइम्स अफ इजरायल अनुसार एक मिसाइल बेरशेभा शहरको भवनमा खसेको थियो। चिकित्सा टोलीका अनुसार उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते छन् ।

      उता इरानको आक्रमणपछि तीन घण्टा बन्द गरिएको इजरायली एयरपोर्ट प्राधिकरणले आपतकालीन उडानका लागि एयर स्पेस खोलिएको जानकारी दिएको छ । ट्रम्पको युद्धविराम घोषणाको केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी अल–उदीद एयर मिलिट्री बेसमा १९ मिसाइल प्रहार गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d