जेष्ठ ३०,२०८३ / ०५ : ५८ पूर्वान्ह / 2026-06-13 05:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      गाजामा इजरायली आक्रमणमा एक सय १४ को मृत्यु

      - १ वर्ष अगाडि
      जेष्ठ ३,२०८२

      काठमाडौं, हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको हमासले सञ्चालन गरेको नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले बताएका छन् । 

      इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाएर हवाई आक्रमणलाई पनि तीव्रता दिएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । गाजामा बालबालिकाहरू खान नपाएर छटपटाइरहेका छन् भने उनीहरूलाई खुवाउन केही पनि नभएकाले महिलाहरू पीरमा रहेका खबरमा उल्लेख छ । इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ मा युद्ध शुरू भएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d